Connect IPS
IME Life
Beema Board

उमेशको नजरमा बीमा दुःखको सहारा, भन्छन्ः अभिकर्ता पेसा आम्दानीको गतिलो स्रोत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ‘बीमा सर’ले आफ्नो परिचय बनाउन सफल उमेशकुमार यादव पेसाले अभिकर्ता हुन् । उमेश सिटिजन लाइफ लाहान शाखाका सिनियर एजेन्सी म्यानेजर हुन् । कामप्रति निकै लगाव भएका उमेश जुझारु व्यक्तित्व हुन् । उनी बीमा जागरण अभियानमा व्यस्त हुन्छन् । बीमा बुझाउनका लागि उमेश हरपल लागिरहन्छन् । बीमा शिक्षा जति बाँड्न सक्यो, त्यति बीमाप्रतिको बुर्झा बढ्ने धारणा बोकेर उमेश बीमा शिक्षा फैलाउँदै पोलिसी बिक्री गर्दै हिँड्ने गरेका छन् ।

उमेश २०४७ सालमा मिर्चौया नगरपालिका–११ सीतापुरमा जन्मिएका हुन् । समान्य परिवारमा जन्मिएका उमेशले बीएडसम्मको अध्ययन पूरा गरेका छन् । उमेशले आफ्नो जन्मथलोबाट नै आफ्नो अध्ययन पूरा गरेको बताउँछन् । अत्यन्तै मेहनती उमेशले आर्थिक आम्दानी गर्नका लागि के मात्रै गरेनन् रु उनले कपडा पसल, नेटवर्क मार्केटिङलगायतका साना–तिना थुप्रै काम गरे ।

Prabhu
Crest

जुन व्यवसाय गरेर दीर्घकालीन हुँदैन तर काम गर्दा फरक–फरक स्वाद पाइने उनको भनाइ छ । सुरुमा साविक प्राइम लाइफमा ६ महिनाजति काम गरेका उमेशले राम्रो व्यापार गर्न भने सकेनन् । त्यसमा उनलाई कुनै दुःख छैन । किनकि त्यसबेला उमेशको आफ्नै व्यापार थियो, कपडा पसल । कपडा पसल सुरु गरेका उमेश पुजि अभावको कारणले गर्दा पसल बन्द गरेपछि उनले बिदेश जाने सोच पनि बनाइसकेका थिए ।त्यसपछि उनले नेटवर्क मार्केटिङको काम गर्न सुरु गरे । धेरै समय दिएर पनि खासै आर्थिक रुपमा सबल नभएको उमेशले बताए ।नेटवर्क मार्केटिङमा खासै उप्लब्धी गर्न नस्केका उमेशले त्यसबाट धेरै कुरा सिकेका बताए ।बिना लगानीको प्यासिप इनकम गर्ने अठोट बनाइसकेका थिये । त्यसै समय बिमा अभिकर्ताका बारेमा पनि सोच आइरहेको थियो ।

यसरी बने अभिकर्ता
नेटवर्क मार्केटिङको जागिरे जीवन बिताइरहेका उमेशलाई पनि आर्थिक रुपमा अलि सहज हुने पेसा गर्न पाए हुन्थ्यो भन्ने सोच मनमा गुम्सिरहेको थियो । बीमा र अभिकर्ता राम्रोसँग बुझेका उमेशले पहिला साविक प्राइम लाइफमा काम गर्न खोजेका थिए । तर, त्यहाँ हुँदा उमेशको आफ्नो बिजनेस भएका कारण खासै चासो गरेनन् । राम्रो कम्पनीमा अभिकर्ता बनेर काम गर्न पाए हुन्थ्यो भन्ने मनसाय बोकेका उमेशलाई ‘ढुंगा खोज्दा देउता मिलेको’ भनेझैँ सिटिजन लाइफका लहान शाखाका ब्रान्च म्यानेजर गंगाराम यादवसँग एउटा पसलमा भेट भयो। यसअघि पनि उमेशसँग ती गंगाराम सरको चिनजान भने पहिला नै थियो । तर, उमेशको मनमा अभिकर्ता बन्न पाए हुन्थ्यो भन्ने समयमा गंगाराम सरसँगको भेट नै उमेशका लागि टर्निङ प्वइन्ट बन्न पुग्यो । त्यसपछि उमेशको खुसीको सीमा रहेन । ती ब्रान्च म्यानेजर गंगाराम सरले ‘प्रयास गर्नुस्, प्रयास नै ठूलो कुरा हो । कामप्रति मेहनत गरे अवश्य पनि सफल भइन्छ । भोलि नै मलाई डकुमेन्ट पठाउनुस्’ भनेपछि उमेशले सबै प्रक्रिया पूरा गरी अन्ततः २०७७ सालमा लाइसेन्स लिई काम गर्न थाले । फलस्वरुप उमेशलाई आज यो सफलतासम्म ल्याइपुर्यायो ।

सुरुमा आफ्नै दाइबाट बीमा गराएको हुनाले खासै गाह्रो नभएको उमेश बताउँछन् । त्यसपछि त उमेशले राम्रो व्यापार गर्न थाले । व्यापारसँगै कम्पनीले टार्गेट पूरा गरेबापत दिने अवार्डहरुले उमेशलाई कामप्रति झनै हौसला मिल्दै गयो । उनले आफ्नो टिम नै बनाएर काम गर्दै जाँदा राम्रो व्यापार गर्न सफल भए । हालसम्म उनले १०० भन्दा बढी पोलिसी बिक्री गरिसकेका छन् । आफ्नो कोडमा भन्दा पनि टिमलाई बढी फोकस गर्ने भएकाले एमडीआरटीसम्म नपुगेको उमेश बताउँछन् ।

फेरिदियो उमेशको जीवनशैली
यो पेसाले जीवनमा धेरै परिवर्तन ल्याएको उमेशको भनाइ छ । यही पेसाबाट बालबच्चाको शिक्षादीक्षा, लालनपोषण, घरपरिवार सबैको आर्थिक भारलाई कभरेज गर्न सफल भएका छन्, उनी । यही पेसाले गर्दा उमेशको जीवनमा धेरै परिवर्तन आए । आर्थिक रुपमा सबल नभएका उमेशलाई यो पेसाले आर्थिक रुपमा सबल बनाएको छ । उनी यही कारण पनि खुसी र सन्तुष्टि छन् । दुःखको क्षण सम्झिँदै उमेश भन्छन्, ‘कुनै समय १ रुपैयाँ नहुने म अहिले आर्थिक रुपमा सबल भएको छु । घरपरिवारले पैसा माग्दा दिने सक्ने क्षमता बनेको छ । समाजले हेर्ने दृष्टिकोण बद्लिएको छ । पहिला थोरै मानिसले चिन्थे, अहिले ‘बीमाको सर’ भनेर मलाई मेरो समाजले भन्ने गरेको छ । सबैसामु ‘बीमाको सर’ नामले चिनिन पाउँदा धेरै गर्व लाग्छ । सबैको माझमा बोल्न सक्ने भएको छु । हरेक मान्छेसँग भेट्ने मौका पाएँ ।’

बीमाको महत्व
‘बीमा मानव जीवनका लागि धेरै आवश्यक छ । बीमा भविष्यको सहारा हो । बीमा बचत पनि हो । बीमाले बचत गर्न सिकाउँछ । प्रत्येक नेपाली बीमाको दायरामा हुनुपर्छ । बीमा हरेक व्यक्ति, तह र तप्काका मानिसका लागि एकदमै महत्वपूर्ण कुरा हो । जीवन बीमा व्यक्तिगत लाभ, सुरक्षा तथा राष्ट्रको आर्थिक समृद्धिका लागि पुँजी निर्माण गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । बीमा भनेको बचत गर्ने बानीको विकास गर्ने एउटा हतियार पनि हो । बीमा गर्नु जोसुकैलाई पनि आवश्यक छ । जीवनमा होस् वा भौतिक सम्पत्तिमा आउने भइपरी होस्, जुनसुकै जोखिमलाई पनि सामना गर्न बीमाले सहयोग गर्दछ । ’

बीमाप्रति अझै पनि मानिसको बुझाइ साँघुरो
बीमा गराउन सर्वसाधारणकोमा पुग्दा उमेशले बीमाको गलत बुझाइ रहेको पाएका छन् । बीमा मरेपछि मात्रै पाइने मानिसहरुको बुझाइप्रति उमेश दुःख व्यक्त गर्दछन् । ‘तर, बीमा भनेको त बीमित हुँदा पनि पाइने र बीमित नहुँदा पनि पाइने एक किसमको सहारा हो’, उनी भन्छन्, ‘मानिसको जीवनमा घटेको घटनालाई सहज बनाउने, बूढेसकालमा साथी, अभावमा परिपूर्ति, घाउमा मलम लगाउने भनेको नै बीमाले हो। बीमाबारे राम्रो बुझाइ भएका मानिस पाउन अझै पनि गाह्रो छ ।’

बीमाबारे शिक्षा र जनचेतना अझै बढी दिन जरुरी रहेको उमेशको भनाइ छ । उनले भने, ‘म गाउँघरमा बीमा प्रस्ताव लिएर जाँदा बीमाबारे साझै अस्वीकार गर्ने व्यक्तिहरु पनि भटेको छु । त्यसकारण बीमामा चेतनाको स्तर वृद्धि गर्ने हो भने बीमा बुझाइ फराकिलो हुन्छ ।’ उनले बीमा प्राधिकरणलाई आग्रह गर्दै भने, ‘बीमाको जागरण बढाउनुपर्छ । बीमा आफ्नो स्रोत र आयआम्दानी गर्नुपर्छ भन्ने चेतनाको पनि ज्ञान बाँड्नुपर्छ ।

नवप्रवेशीलाई उमेशको यस्तो आग्रह
बीमा अभिकर्ता पेसा धेरै उत्कृष्ट पेसा रहेको भन्दै उमेशले अभिकर्ता पेसामा लाग्न सबैलाई आग्रह गरे । ‘कुनै नोकरी गर्दा सीमित आम्दानी हुन्छ तर अभिकर्ता पेसामा मेहनत गरे असीमित आम्दानी हुन्छ’, उनले भने, ‘आर्थिक रुपमा सबल हुने पेसा भएकाले अभिकर्ता पेसा राम्रो छ । आफ्नै समयमा चल्न सकिन्छ । साइड जबका रुपमा लिन सकिने पेसा हो । जोश, जाँगर र आँट लिएर म समाजको सेवा गर्छु भन्ने हिसाबले यो पेसामा आउँदा नाम र दाम दुवै कमाउन सकिन्छ ।’

अभिकर्तामा हुनुपर्ने गुणहरु
एक सफल बीमा अभिकर्तामा धेरै खालका सकारात्मक गुण हुन आवश्यक रहेको उमेशको भनाइ छ । बीमा ज्ञान, कम्पनीका योजनाका बारेमा जानकारी, पोलिसीमा रहेको सेवा–सुविधाका बारेमा पनि ज्ञान हुनु जरुरी रहेको उमेशको भोगाइ छ । उनले भने, ‘मेहनती, इमान्दार, सहनशीलता र बीमा बुझाउन सक्ने गुण हुनु आवश्यक हुन्छ ।’

उमेशले बीमा पेसामा आफू र आफ्नो परिवार सन्तुष्ट रहेको बताउँछन् । बीमा पेसा मेरा लागि उत्कृष्ट पेसा हो । ‘आफ्नो समयमा धेरै आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘सिटिजन लाइफ आफैँमा पनि एउटा राम्रो कम्पनी भएका करणले मैले पनि सफलता पाएको हुँ ।’
यो पेसालाई निरन्तर रुपमा अगाडि बढाउने उमेशको प्रतिबद्धता पनि छ । यस पेसाले आफूलाई सबै थोक दिएकोमा आभारी रहेको उनी बताउँछन् ।

कम्पनीले दिने हरेक टार्गेट मिट गर्न उमेश मेहनत गर्छन् । उनले विभिन्न अवार्डसमेत पाएका छन् । कम्पनीले दिने टार्गेट मिट गरेर विभिन्न ठाउँमा घुम्ने मौका पाएका छन् । उनले हिरो अफ द मन्थ, हिरो अफ द डे, क्लब मेम्बरलगायतका विभिन्न अवार्डसमेत हात पार्न सफल भएका छन् ।

अन्तिममा उमेशले सबैलाई बीमा गर्न आग्रह गरेका छन् । ‘तपाइँहरुकै बीमा गराएर भविष्य सुरक्षित र सुनिश्चित गर्नका लागि अभिकर्ता आएका हुन्छन्’, उनले भने। अभिकर्ता पेसाप्रति सकारात्मक सोच्नसमेत उमेशले आग्रह गरे । सानो भए पनि सबैले बीमा गरेमा आफू र आफ्नो परिवार सुरक्षित रहन्छ भन्दै उमेशले बीमाको दायरामा सबै समेटिनुपर्ने बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS