IME Life
Beema Board

‘नगद लगानी बिनै नाफा पाइने व्यस्त चोकको पसल रहेछ बीमा’, सिटिजन लाइफकी एजेन्सी म्यानेजर कमला चापागाई

SPIL
NIC ASIA

काठमाडौं । ‘कमला चापागाई’, सिटिजन लाइफ इन्स्योरेस कम्पनीको एजेन्सी म्यानेजर हुन् । उनको अभिकर्ता पेशा यात्रा सिटिजन लाइफको स्थापना कालदेखि नै शुरु भएको हो । बीमामा लागेपछि यो पेशा भिन्न देखे, निरन्तरता दिए, सिनियर एजेन्सी म्यानेजर चापागाईले अभिकर्ता पेशामा आफ्नो यात्राबारे स्मरण गर्दै इन्स्योरेन्स खबरसँग भनिन्,‘ मैले शिक्षा विषयमा स्नातक तहको शिक्षा हासिल गरेकाले शिक्षण लाइसेन्स परिक्षाको पनि तयारी गरेको थिएँ । तर, त्यही बिचमा पाँचथरको हिलियामा मेरो विवाह हुन पुग्यो । म पाँचथरकै फिदिममा हो मेरो माइती । विवाहपछि श्रीमान्सँगै झापामा जुत्ता पसलमा व्यस्त रहँदा त्यही शिलशिलामा बहिनीले सिटिजन लाइफमा आबद्ध गराएकी हुन् । ६ वर्ष भयो, यो अभिकर्ता पेशालाई निरन्तरता दिइ रहेकी छु ।

स्वास्थ्य बीमा बोर्डमा पनि आबद्ध हुने अवसर
जीवन बीमा पेशामा सिटिजन लाइफमार्फत् पहिलो पटक जोडिए पनि स्वास्थ बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रममा आबद्धताका कारण उनी थोर बहुत भएपनि बीमासँग परिचित भइसकेकी थिइन् । स्वास्थ्य बीमामा आबद्ध भएका कतिपय सम्बन्धहरुले पनि जीवन बीमाको यात्रामा पनि उनलाई सहज बनाएको छ । जुत्ता पसलभन्दा बीमा अभिकर्ताको पेशाबाटै मनग्ये आम्दानी, सामाजिक सम्बन्ध र प्रतिष्ठा हासिल हुन थालेपछि पसल बेचेर उनी फुल टाइमर अभिकर्तामा परिणत भएको सुनाइन् । फुल टाइमर चापागाईंले हालसम्म चार सयभन्दा बढीको जीवन बीमा गराएकी छिन् । सौभाग्यवश कुनै पनि बीमितको तर्फबाट मृत्यु दाबी वा घातक रोग उपचार सुविधाका लागी दाबी गर्नुपरेको छैन ।

Prabhu
Crest

जुत्ता बेच्दा एउटा सटरमा सिमित, बीमाले चारैतिर फैलायो
जुत्ता व्यवसाय गर्दा आफूलाई एउटा सटरमा सिमित भएको उनलाई लाग्ने गर्थो । बीमामा लागेसँगै सरकारी राजश्वमा योगदान दिएरै पनि मनग्ये नगद आमदानीका साथसाथै ठूलो जनसम्पर्क उनलाई बीमाले दिएको अमूल्य उपहार जस्तो लाग्छ । कर तिरेको पैसा कमाउन पाइने स्वतन्त्र खुल्ला पेशा बीमा रहेको उनले बताईन । सामाजिक काम गर्न पाइने भएकाले उनलाई बीमा बिना लगानीको व्यस्त चोकको व्यापार गर्ने थलो जस्तो लाग्ने गरेको बताएकी छिन् । अन्य जागिर खाँदा समय सिमाको बन्धन हुने तथा सिमित तलब हुने भए पनि बीमामा भने जति धेरै जनालाई बीमामा आवद्ध गराउन सक्यो त्यति नै धेरै आम्दानी हुने पक्ष उनलाई रोचक लाग्ने गरेको छ ।

बोल्ने कलाको विकासमा ठूलो मद्दत पुग्योे
कुनै बेला बीमा पेशामा लाग्दै गर्दा उनलाई कुनै समूहको अगाडी गएर आफ्नो परिचय दिंदा ओठ कामे जस्तो हुन्थ्यो,विगत सम्झदैं उनले भनिन्,अहिले आफ्ना कुरा जहाँसुकै राख्न सक्ने आत्मविश्वास बीमाले दिएको छ ।

श्रीमान् पनि बीमा अभिकर्ता
निम्न माद्यमीक विद्यालयमा अध्यापन गराउँदै आएका उनेका श्रीमान् भुवन सेढाई पनि श्रीमतिको उपलब्धीबाट प्रभावित भए । मिहिनेत अनुसारको प्रतिफल र प्रतिष्ठा दुबै पाइने भएपनि उनी पछि शिक्षण पेशा छोडेर यतै तिर लागेका छन् । अहिले यो दम्पत्तिको परिचयमा जीवन बीमकको एजेन्सी म्यानेजरको परिचय पनि थपिएको छ । आफूलाई स्थापित गर्न आफ्ना बीमितहरुको माया पनि निक्कै अमूल्य भएको अनुभव सुनाउँदै चापागाईंले बीमितसँग बीमाका लागी मात्र नभएर दैनिक जीवनका अन्य सेवा सल्लाहका लागी पनि निरन्तर सम्पर्कमा रही रहनुपर्ने बताइन् । जीवन बीमाबाट प्राप्त हुने प्रतिफलले सामान्य परिवारमा जन्मेको बच्चालाई पनि राजेको जस्तो उच्च शिक्षा हासिल गर्नका लागी सबल बनाउँछ ।

बीमा क्षेत्र रोज्न दुई पटक सोच्नु पर्दैन
नेपालमा अवसर छैन भन्ने कतिपय यूवाले विदेशी मरुभूमीमा, तातो घाममा खटिरहेको तितो यथार्थ बारे हामी सबै जानकार छौं । विश्वको एउटा स्वतन्त्र पेशा, सम्मानजनक पेशाको रुपमा स्थापित बीमा अभिकर्ता पेशाको बारेमा भने धेरैलाई जानकारी नरहेकोे उनको अनुभव छ ।
एकजनाको बीमा गराउने धेरै सम्झाई, बुझाई पनि गर्नुपर्ने र त्यस्तो बेलामा नागरिकहरु दिक्क मानेर भाग्ने गरेको पनि उनले सम्झिईन । तर, बीमा भनेको हरेक नागरिक र राष्ट्रलाई समृद्ध बनाउने पेशा रहेको यसले देशको आर्थिक पाटो मजबुत बनाउन सघाउने उनी सुनाउँछिन् ।

बीमा पेशालाई सरकारले पनि राम्रो नीति लिएर जीवन बीमा कम्पनीहरुको पाँच अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याएकाले लगानीको जोखिम कम भएको अवस्था छ । बीमामा लागेर चाँडै पलायन हुने जनशक्तीभन्दा पनि लामो समय यही पेशामा जीवन बिताउनेले नै सफलता पाएको अवस्था छ । सिनियर एजेन्सी म्यानेजर चापागाईले आफूमा विश्वास गरेकाअभिकर्ताले जीवन बीमामा राम्रो उन्नती गरेकाे आफूले पाएकाे बताइन् । थोरै समयका लागी सकृय भएजस्तो गर्ने अनि पलायन हुने प्रवृत्ती बोकेको व्यक्तिले कुनै पनि पेशामा सफलता हात पार्न मुस्किल हुन्छ । बीमामा कमाई राम्रो भएकाले यूवाहरुले आफ्नो श्रम विदेशमा बेचेर भन्दा पनि आफ्नै घर, आँगनमा अवसर पाउने सुझाव दिएकी छिन् ।
चापागाईको तर्फबाट आम बीमितलाई सन्देश, आर्थिक सुरक्षाको छाता सबैलाई आवश्यक छ।

आर्थिक सुुरक्षाको छाता सबैलाई आवश्यक हुने भएकाले नै अन्तराष्ट्रिय रुपमा बीमा सेवाको सुरु भएको उनलाई लाग्ने गरेको छ । बैंक, सहकारीहरुमा पैसा राख्दा ब्याज मात्रै पाइने भएकाले आफ्नो कमाईको केही प्रतिशत बीमामा लगानी गर्नु पर्ने उनको सल्लाह छ । त्यस्तै, आफूलाई रोग लागि हालेको अवस्थामा पनि आर्थिक पाटो निकै महत्वपूर्ण हुने भएको रोग लाग्ने बित्तीकै बीमाले पैसा दिन्छ भन्ने कुरा भुल्न नहुने उनी सम्झाउछिन् ।

चन्दा मागरेर हिड्नु पर्ने, परिवार सडकमा पुग्नु पर्ने, रोगकै कारण परिवारले दुख पाउने अवस्था बीमाले रोक्ने उनी बताउँछिन् । त्यस्तै, बीमामा जोडिन पनि गाह्रो नहुने भएकाले यसमा आवश्यकता अनुसारको बीमा सबै नागरिकले गर्नु पर्ने उनको अनुभवले बताएको छ । बीमा बुझ्नै पर्ने कुरा मात्र नभई बीमा जो कोहीले गर्नु पर्ने र बीमा गरेपछि त्यसको बारेमा अरुलाई पनि जानकारी गराएर लाभ लिनु पर्ने एजेन्सी म्यानेजर चापागाई बताउँछिन् ।

बीमाको जरुरी सबैलाई छ
उनले हरेक नागरिकलाई बीमा जरुरी रहेको बताएकी छिन् । बीमा यही कम्पनीमा गर्नुपर्छ भन्ने छैन । त्यसैले बीमा कुन कम्पनीमा गरेको छ ? भन्दा पनि बीमा गरेको छ कि छैन ? भन्ने कुरा अझ बढी महत्वपूर्ण हुने र त्यसपछि मात्रै कम्पनीहरु छनोटका कुराहरु आउने उनले बताउँछिन् । बीमा नबुझ्दा यसको महत्व थाहा नभए पनि बीमाको बारेमा जान्ने इच्छा मात्रै गरे पनि यसको बारेमा धेरै कुरा थाहा पाइने उनले बताएकी छिन् । त्यस्तै बीमा भनेको आवश्यकतासँग पनि जोडिने भएकाले आफ्नो जोखिमको प्रकृति हेरेर पनि बीमा पोलिसी दिने बानी बसाल्न उनको सुझाव छ ।

अन्त्यमा उनले भनिन,‘म बीमाको बारेमा समयमै बुझेर बीमा गर्नु पर्ने सुझाव सबैलाई दिन चाहान्छु । बीमाको नजिक भएमा बीमाले हामीलाई धेरै चिज दिने रहेछ भन्ने चाहिँ मेरो व्यक्तिगत अनुभव पनि हो । बीमा गराएपछि एकजनाले जुन ढुक्कसँग हिड्न पाउनु हुन्छ सायदै त्यो आनन्द अरु पेशाले देला । त्यसैले म सबैलाई बीमा पेशामा आबद्ध भएर यसको वास्तविक आनन्द, अनुभव लिन पनि सुझाव दिन्छु ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

13%

अचम्मित

38%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS