IME Life
Beema Board

‘पूँजी नभए पनि पैसा कमाउन विदेशिनु पर्दैन, बीमा पेशाले चाहे जति दिने रहेछ: सिटिजन लाइफकी एजेन्सी म्यानेजर गीता रायमाझी

SPIL
NIC ASIA

काठमाडौं । छोटो समयमा बीमा क्षेत्रमा सफलता पाउने सफल एजेन्सी म्यानेजरमा गनिन्छिन्, ‘गीता रायमाझी’ । हाल सिटिजन लाइफमा आबद्ध रहेकी गीताले बीमा क्षेत्रको यात्रा तीन वर्ष अघि शुरु गरेकी थिईन् । राजधानीस्थित गोकर्णेश्वर ७ की उनी स्थायी बासिन्दा हुन् । बीमा क्षेत्रले नै उनको आत्मविश्वास बढाउनेदेखि विभिन्न नयाँ ठाउँ चिनाउन पनि मद्दत गर्दै आएको उनको अनुभव छ । विगतमा नजिकैका एक ठाउँबाट अर्को ठाउँ जान पनि हिच्किचाउने उनमा अहिले बीमा पेशाले दिएको आत्मविश्वासले नै देशको धेरै ठाउँ पुर्याएको छ ।

उनको अनुभवमा बीमा क्षेत्रमा लाग्नु अघि बीमा प्रतिको दृष्टिकोण यही पेशाले परिवर्तन गरिदिएको छ । सिटिजन लाइफकी एजेन्सी म्यानेजर रायमाझीले इन्स्योरेन्स खबरसँग भनिन्,‘बीमामा लाग्नु अघि बीमा बारे थोरै पनि जानकारी थिएन । शुरुवातमा मेरो सोचाईमा के थियो भने, बीमा भनेको त मरेपछि मात्र पैसा पाइने हो, मृत्युपछि मात्र पाइन्छ भन्ने सोचले बीमाप्रति मलाई नकारात्मक बनायो । तर, पछि जब मैले बीमाको महत्व थाहा पाए, तब त्यति बेलाबाटै मलाई यसको बारेमा अरुले पनि जानकारी राख्नु पर्छ भन्ने लाग्यो र म यो अभियानमा कस्सिए।’

Prabhu
Crest

आठ वर्षको शिक्षण पेशा छोडेर बीमामा आबद्ध
लगातार आठ वर्षदेखि शिक्षण पेशामा आबद्ध रहेको उनले बीमा क्षेत्रमा बिस्तारित वृत्ती विकास गर्ने अवसर पाइन् । शिक्षण पेशामा आबद्ध भएकै बेलामा आफ्नो एकजना साथीले अर्को साथीलाई बीमाको बारेमा बुझाएको सुन्दा उनले पनि त्यसैबाट प्रभावित भएर बीमा क्षेत्र रोजेको सुनाइन् । विगतमा बीमामा कसैले लगानी गर्ने कुरा गर्दा उनले बीमामाले हाल्ने पैसा बैंक, सहकारी राख्नुपर्छ भन्ने ठान्थिन् । बीमा प्रति त्यस्तो धारणा भएको उनलाई बीमाले आफ्नो लगानीलाई डबल, तेब्बर पनि बनाउन मद्दत गर्छ भन्ने उनले जान्ने मौका पाइन् । बीमाको अरु कुनै पक्ष थाहा नभए पनि आर्थिक लाभ हुन्छ भनेर आफ्नो बीमा गराएकी एजेन्सी म्यानेजर रायमाझी आफैं  बीमा पेशामा आबद्ध हुन पुगिन् । हाल उनले बीमा गराएका बीमितहरुको संख्या सय भन्दा धेरै छ । आफ्नो बीमा गराएका एकजना अभिकर्ताको असल व्यवहार देखेर उनले बीमा रोजेकी थिइन् । शिक्षण पेशामा सन्तुष्टै रहे पनि उनले सो पेशाले एउटा कक्षा कोठामा मात्रै राख्ने भए पनि बीमाले भने धेरै ठाउँमा घुम्ने अवसर दिएको उनको भोगाई छ ।

धेरै थरीका अनुभव सुन्न र सुनाउन पाइयो
बीमा पेशामा नलागेको भए धेरै जनाका कतिपय महत्वपूर्ण अनुभव सुन्ने र सुनाउने अवसरबाट शायद वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ । हाल उनले बीमा पेशाकै माध्यमले एकै ठाउँमा सयौंजना भएको ठाउँमा पनि आफूलाई लागेका कुराहरु निर्धक्कसँग सुनाउने गरेको बताईन् । उनले बीमाकै कारण बजारीकरणको कला, आत्मविश्वास, व्यक्तित्व विकास, जन सम्पर्क लगायत विभिन्न किसिमका अनुभव हासिल गर्ने मौका पाएको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

त्यस्तै कुनै पनि व्यक्तिको जीवनमा आर्थिक पाटोका साथ साथै मानसिक सुख पनि उतिकै आवश्यक हुने भएकाले बीमाले दुबै दिएको अनुभव उनीसँग छ । स्नातक तहको अध्ययन पुरा गरेकी उनले बीमा पेशालाई कतिपयले छोटो समयको मात्रै पेशाको रुपमा बुझ्ने गरेकाले त्यस्तो भ्रम हटाउन समेत आग्रह गरेकी छिन् । उनले बीमामा नलाग्दा त्यस्ता सोचाई आउने सामान्य भए पनि बीमा क्षेत्रले व्यक्तिको आर्थिक स्तरको उन्नती गर्न सघाउने र त्यसबाट व्यक्तीको जीवन स्तर पनि उकास्सिने बताउँछिन् ।

बीमालाई नबुझेर यसबाट पर भाग्दै गर्दा बीमाको महत्व थाहा पाएपछि यही पेशा अपनाएको व्यक्तीको उदाहरण एउटा आफू स्वयम् बन्न पुगेको पनि उनले खुलाएकी छिन् । उमेरका हिसाबले ३० वर्ष मुनी भएकाले पनि अधिकांश सभा समारोहमा जाँदा उनले धेरै पटक बीमामा लागेको कान्छी सदस्य बन्ने मौका पाएकी छिन् । त्यस्तो बेलामा कतिपय साथीहरुले उनलाई बेलैमा बीमामा लाग्नु भएछ राम्रो गर्नु भयो, भन्ने सुन्दा निकै खुशी लाग्ने गरेको सुनाउँछिन् ।

के का लागि जानु विदेश ? पैसा यही छरिएको छ
बीमा अभियानमा लाग्नु अघि रायमाझीले विदेश जाने तयारी गरिन् । अन्य आम यूवाहरु जस्तै उनको पनि सपना थियो जापान जाने अनि मनग्ये पैसा कमाउने । तर, अहिले उनकोे विचारमा ठूलो परिवर्तन् आएको छ । कुनै दिन जापान जानको लागि जापनिज भाषा पढ्ने विद्यार्थीहरुको लाइनमा उभिएकी उनी अहिले बीमितहरुको हुलमा उभिन पुगेकि छिन् । त्यो पनि स्वदेशमा भएको पैसा, स्वदेशमै लगानी गर्ने अनि भविष्यमा हुन सक्ने भवितव्यको जोखिम बहन गर्ने पेशामा । अहिले त रायमाझी भन्छिन्,‘के का लागि जानु विदेश पैसा यही छरिएको छ, टिप्न पो जान्नु पर्छ, बीमाले टिप्न पनि सिकाउँछ ।’

बीमासँग जोडिएको रोचक घटना
तीन वर्ष अघि एकजना दिदीको बीमा गराएकी थिइन् । बीमा गर्ने बेलासम्म पनि ती बीमित दिदीलाई बीमाले पैसा दिन्छ भन्ने धेरै विश्वास थिएन । तर, अहिले आफ्नो छोरा विदेश जाने बेलामा कसैले ऋण पत्याएनन् । त्यति बेलामा बीमालेख धितो राखेर उनले सहजै ऋण पनि निकालिन् । अहिले ती बीमितले पनि बीमालाई हेर्ने दृष्टिकोण बदलिएको छ । उक्त घटना एजेन्सी म्यानेजर रायमाझीका लागि बीमासँग जोडिएको यादगार घटना समेत बन्न पुगेको छ । संकटको बेलामा बीमाले कर्जा दिएको भन्दै धेरै बीमितहरु खुशी हुने गरेको उनले सुनाईन् ।
आफूले अवसर नपाएको बेलामा बीमामा काम गर्दा केही अग्रजहरुले बाटो देखाईदिएकोमा उनले धन्यवाद दिन चाहेकी छिन् ।

बीमितलाई सन्देश, २० रुपैयाँ जोगाएर बीमा गरौं
जम्मा १७ प्रतिशतको हाराहारीमा मात्रै बीमा भएको तथ्यांकमा देखिने अनि राजधानीभित्रै धेरैजना बीमाको पहुँच बाहिर रहेको उनले देखेकी छिन् । यस्तो अवस्थामा जम्मा दैनिक २० रुपैयाँ कसैले बचत गर्न सक्छ भने त्यस्ता व्यक्तिले पनि बीमामा जोडिन सक्ने जानकारी समेत दिएकी छिन् । जागिर र बीमालाई तुलना गर्दा जागिरले कहिल्यै भोको नराख्ने र छिट्टै प्रगती नहुने भए पनि बीमामा छोटो समयमा अरु जागिरले भन्दा धेरै पैसा कमाउन सकिन्छ भन्छिन् उनी।

शिक्षण पेशामा आठ वर्षसम्म लाग्दा समेत उनीसँग बैंक खातामा एक लाख रुपैयाँसम्म पनि बचत भएको थिएन । त्यस्तै, सोही बिचमा विदेश जाने योजना सफल नभए पनि उनलाई अहिले बीमामा लागेर निकै राम्रो गरेछु जस्तो लाग्ने गरेको छ । अहिले उनी आफ्नो खातामा रहेको बचतमा सन्तुष्टछिन । आम यूवाहरुलाई राम्रो मोबाईल किन्न, मोटर साईकल चढ्न, नयाँ ल्यापटप चलाउन, विभिन्न ठाउँ घुम्न, नयाँ नयाँ मान्छे भेट्न, बाईकबाट कार चढ्न बीमाले सघाउने भएकाले नहिच्किाएर यो पेशामा लाग्न सुझाव समेत दिन चाहन्छिन् । यूवाअवस्थामा त्यस्ता सामाग्रीहरु चलाउन सबैलाई मन लाग्ने भएकाले त्यस्तो इच्छा पुरा गर्न भने बीमाले मद्दत गर्ने उनको अनुभव छ ।
उनले बीमाका तालिम संचालन गर्दा पनि राम्रो रेष्टुरेण्टमा खान, राम्रो लुगा लगाउन, जग्गा किन्न पनि बीमा पेशाको रोजगारी काफी हुने सन्देश दिएकी छिन् । २० वर्ष जागिर खानु भन्दा पाँच वर्षमा बीमामा खटेर काम गर्दा बीमाले नै जित्ने उनले बताईन् ।

अभिकर्ता पेशामा सफल हुन चाहिने गुण
अभिकर्ता पेशाको सफलताको शुत्र के हो भन्ने जिज्ञासामा रायमाझीले साटेको अनुभव बीमा पेशामा सफल हुन पहिलो कुरा ज्ञान हुनुपर्यो । दोस्रो कुरा भनेको कसरी पस्किने भन्ने शीप,शैली अनि बोलीव्यवहारमा विनम्रता हो । तेस्रो कुरा भनेको लगानशिलता हो । त्यस्तै, चौथो र महत्वपूर्ण पक्ष भनेको बीमितको समय अनुसार काम चल्न सक्नुपर्छ ।

घरमा आफ्नो दाईले समेत बीमामा काम गर्ने भन्दा शुरुमा सकारात्मक संकेत नदिएको उनले सुनाईन् । बीमामा काम गर्दा दुःख धेरै हुने, पैसा आर्जन हुन समय लाग्ने तथा .यो पेशा कहिलेसम्म गर्ने भन्ने भर नहुने भन्ने उनको आफ्नै दाजुको बुझाई रहेको थियो । त्यति हुँदा हुँदै पनि उनले बीमामा एकपटक लाग्ने निर्णय गरिन् । छोटो समयमा धेरैजना बीमितको बीमा गराउन पनि सफल भइन् भने दाई लगायत धेरै जनाको बीमा प्रतिको नजर नै परिवर्तन गर्न समेत सफल भईन् । अझ यसमा अरुको लागि भन्दा पनि उनी आफ्नै लागि जीवनमा बीमाले धेरै कुरा दिएको महशुस हुने गर्छ । उनले आफ्ना अन्य भाई, बहिनी वा कुनै पनि इस्टमित्रलाई बीमामा लाग्नुस् भन्ने सल्लाह निर्धक्क दिनसक्ने पनि सुनाएकी छिन् । उनले बीमाको नजिक हुनेले लाभ, प्रतिफल पाउने र त्यो पनि दुःख, संकटको घडीमा पाइने भएकाले बीमाको महत्व व्यक्ति व्यक्तिमा रहेको उनले आफ्नो अनुभवबाट पनि भनेकी छिन् ।

बीमामा पेशामा लाग्दै गर्दा सिटिजन लाइफको सहायक महाप्रबन्धक मुरली भण्डारी र शाखा प्रबन्धक दिपक पोखरेलले दिएको हौंसला र साथका कारण पनि आज आफू यो स्थानमा पुग्न सफल भएको उनले बताएकी छिन् । त्यस्तै, बिना लगानी नाफा पाइने पेशादेखि थोरै लगानी गर्दा धेरै वर्षको जोखिम कभर हुने कुनै पेशा छ भने त्यस्तो राम्रो पेशा बीमा मात्रै रहेको सिटिजन लाइफकी एजेन्सी म्यानेजर रायमाझीको अनुभव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS