IME Life
Beema Board

जीवन बीमा र यसको महत्व : सूर्य सुमन थापाको लेख

SPIL
NIC ASIA

हाम्रो देशलाई बिभिन्न कुराहरुले सम्पन्न बनाएको महसुस हामी गर्न सक्दछौं । जस्तैः बिबिध भौगोलिक अबस्थिती ( तराई,पहाड, र हिमाल ), बहुजाती–बहुभाषी जनता,धार्मीक सहिष्णुता, तथा अलग्गै पहिचान बोकेको सम्प्रदाय आदी । यतिधेरै सम्पदाले भरिपूर्ण हुँदाहुँदै पनि हामीले गरीबिको सामना गरिरहनु परेको सत्यता लाई नकार्न सकिंदैन ।यद्यपि जीवन यापनलाई सजिलो बनाउनका लागी देशमा बिद्यमान कानूनलाई अङ्गीकार गरी ल्याइएका नीति नियमको सहि पालनाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

नेपाली जन जीवनको स्तर उकास्नको लागि पनि बीमाले धेरै सहयोग गरेको पाइन्छ । हुनत बीमा भन्ने बित्तिकै खर्च सम्झने हामी नेपालीले वास्तबमा यसको अर्थ र महत्व बुझ्न र बुझाउन सक्ने हो भने देशमा बिद्यमान बेरोजगारीतालाई पनि घटाउन सहयोग गर्ने कुरामा कुनै दुइ मत नहोला । नेपालमा बीमाको इतिहास तेती पुरानो नभय पनि देशको आर्थीक उन्नतीमा यसले खेलेको भूमिकालाई सरहानिय ठान्नु पर्दछ । बोली चालिको भाषामा भन्ने हो भने हुने खाने र पैसावालहरुले मात्रै बीमा गर्ने चलन चलेको पाइन्छ ,तर हामीले यसको स्वरुपलाई ठम्याउन सक्यौ भने जीवनमा आईपर्ने बिपत्ती (घटना, दुर्घटना तथा घातक रोगहरु ) हरुको डटेर सामना गर्न सक्ने दृढता जगाउन मद्दत गर्दछ ।

Prabhu
Crest

हालको तथ्याङ्कको (आ .व २०७८/७९ ) बिबरण अनुसार कुल ग्राहस्थ उत्पादनमा ३.६०% योगदान जीवन बीमाको रहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३ लाख ब्यक्तिहरुले रोजगारी प्राप्त गर्न सकेका छन् । बीमाले पैसाको बचत तथा जीबन जोखिम ( घटना–दुर्घटना,घातक रोग ,कम उमेर तथा बढी उमेरले जीबनमा आइपर्ने समस्याहरु ) को बहन गर्दछ । सानो सानो रकम संकलन गरेर बीमाशुल्क भुक्तानी गर्दा धेरै गुणा बढिको बीमालेख प्राप्त गरी योजना अनुरुप सेवा सुबिधामा संलग्न हुने अवसर पनि मिल्दछ ।

बीमा गर्दा धेरै फाइदाहरु छन् ।यद्यपि जनचेतनाको कमिले होला सायद जनमानसमा धेरै गुनासाहरु पनि कुन्ठित रहेको पाइन्छ । प्रतिस्प्रधात्मक बजारको बजारीकरणले गर्दा बीमालाई पनि अस्वस्थ्य प्रतिस्प्रधात्मकको शिकार हुनु परेको छ । यस्तो परिस्थितिमा पनि नियमन कारीको भूमिका निर्वाह गरेको तत्कालीन बीमा समिति(हलको नेपाल बीमा प्राधिकरणले बीमाको क्षेत्रलाई बिगतमा भन्दा धेरै नै बिस्तार गरेको पाईन्छ ।अझ भन्नु पर्दा नेपालमा बीमाको बारेमा औपचारिक शिक्षा सुरु भएको धेरै समय नै कहाँ भएको छ र ?

बि .सं. २०२९ देखी शुरु भएको जीवन बीमाको बजारमा आजको दिन सम्म आइपुग्दा १४ वटा कम्पनीहरुले आ–आफ्नै बीमाका योजनाहरु द्वारा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेका छन् । बीमाको पहुँचलाई सर्वसुलभ बनाउनको लागि सरकारले पनि आफ्नो नीतिमा परिवर्तन गरी तत्कालीन बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा रुपान्तरण गरेको छ । प्राधिकरण भए पश्चात् बीमाको बजारमा राम्रै हलचल मच्चीएको छ । बीमा कम्पनीहरुको चुक्ता पुजीँ पनि २ अर्बबाट बढेर ५ अर्व पुगेको छ । साथै बीमामा भएका हरेक बेथितिहरुलाई सकरात्मक ढङ्गले अगाडी बढाउन पनि प्राधिकरणले ठूलो भूमिका खेलेको छ । यसै सिलसिलामा बीमा कम्पनीहरुले आफ्ना योजनाहरुलाई बिभिन्न तरिकाले बजारमा बजारीकरण गर्दै आइरहेका छन् ।

यीनै मध्ये, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बजारमा छुट्टै अनि सकरात्मक छाप दिलाउदै आफ्ना हरेक परी सुचकहरुलाई अब्बल बनाउन सफल भएको छ । बिभिन्न उमेर समुह, रोजगारीको प्रकृती तथा परिवारको आर्थीक श्रोतलाई मध्यनजर गर्दै १४ प्रकारका बीमा योजनाहरुलाई ग्राहक सामु प्रस्तुत गरेको छ ।

अझ बीमालेखसगैं थप सुबिधाको रुपमा उपलब्ध हुने ६ किसिमका संपुरक करारहरुले ADB,CI,MIB,PDB,PWB,HCB  झन् रिलायबलको बीमालेखहरुमा वृद्धि गरेका छन् । बीमालेखका आधारमा छोटो समयमानै सबै भन्दा धेरै ग्राहकहरु बनाउन सफल भई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ले समग्र जीवन बीमा क्षेत्रमा नै अतुलनिय सहयोग गरेको छ, भन्न सकिन्छ । कुल बीमालेख सङ्ख्याको २६ प्रतिशत हिस्सा ओगटेको रिलायबल नेपाल लाईफको  बजारीकरणको आफ्नै रणनीति छ । गएको भदौ १५ गते छैटौं बर्ष पुरा गरी सातौं स्थापना दिवस मनाउने क्रममा बिबिध सामाजिक उत्तरदायीत्वको जिम्मेवारीलाई पुरा गर्दै अगाडी बढिरहेको छ ।

स्मरण रहोस , रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि .सर्वाधिक बीमालेखहरु बिक्री गर्ने, सर्वाधिक नाफा कमाउने बीमा इतिहासमा हाल सम्मकै सर्वाधिक प्रीमियममा शेयर जारी गर्ने र अहिलेसम्मकै नेपालको जीवन बीमाको इतिहासमा सबैभन्दा धेरै रकमको दाबी ( मृत्यु दाबी रकम रु. ४,००,००,००० अक्षरमा रुपैंयाँ चार करोड ) भुक्तानी गर्ने कम्पनीको रुपमा पनि बजारमा परिचित छ ।
 (सूर्य सुमन थापा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाका प्रमुख हुन् ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

20%

अचम्मित

60%

उत्साहित

0%

आक्रोशित

सूर्य सुमन थापा
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS