IME Life
Beema Board

आगलागीका कारण डेढ महिनामै ५० जनाको ज्यान गयो, हजारौं हेक्टर वन क्षेत्र नष्ट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुख्खा हावाहुरीका कारण गत चैत १ यता देशको विभिन्न जिल्लामा भएको डढेलो र आगलागीमा परी ५० जनाको अकालमै मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार अन्य १४९ जना घाइते भएका छन् । आगलागीबाट हजारौं हेक्टर क्षेत्रफल वन क्षेत्र नष्ट भएको छ। वन्यजन्तु मरेका छन् । यसवर्ष वन डढेलो निक्कै बढेकाले सुरक्षाकर्मीहरुले आफूसँग उपलब्ध साधनश्रोतबाट नियन्त्रणमा ल्याउन सकेको अवस्था छैन । सुरक्षाकर्मीहरुले आगलागी निभाउन हवाई दमकल आवश्यक पर्ने बताई रहेका छन् ।

डढेलोका कारण पछिल्लो समय वायु प्रदूषण पनि उच्च भएको छ । मौसमविदका अनुसार वर्षात् नहुँदासम्म वायू प्रदूषण तत्काल हट्ने संभावना छैन । २०८० वैशाखदेखि ८१ वैशाख २० गतेसम्ममा आगलागी र डढेलोको विपत्‌बाट एक अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको आँकलन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

Prabhu
Crest

गृह मन्त्रालयका अनुसार पछिल्लो दश वर्षमा विपत्‌बाट ४१ अर्ब ६० करोड रुपैयाँको क्षति भएको छ । त्यस्तै दश वर्षको अवधिमा २२ हजार ८२२ जनाको सडक दुर्घटनामा मृत्यु भएको र ४८ हजार ६१६ जना घाइते भएका छन् । २०७९ सालमा देशभरको तीन हजार दुई सय १४ ठाउँमा आगलागी, डढेलो हुँदा एक सय १० जनाको मृत्यु भएको थियो । तीन सय ९५ जना घाइते भएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS