IME Life
Beema Board

‘कमाउन सबै पेशाले साथ दिन्छ तर बचाउन सिकाउने बीमा रहेछ’, सिटिजन लाइफकी सिनियर एजेन्सी म्यानेजर पाण्डे

SPIL
NIC ASIA

काठमाडौं । ‘विष्णु पाण्डे, (पूरी)’, सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर हुन् भने बीमा क्षेत्रमा उनको यात्रा वि.स. २०७६ साल कातिकबाट आरम्भ भएको हो । पाण्डे सामाजिक काममा पनि अग्रसर हुँदै आएकी छिन् । उद्योग वाणिज्य संघ सुनवलमा उनी संस्थापक कार्य समितिमा समेत रहेकी छिन् । सक्रियताले नै बीमा पैशामा स्थापित  गराएको उनले बताएकी छिन् ।

नवलपरासीको राधाचुली गा.वि.स.मा उनको जन्म भएको थियो भने हाल नवलपरासीकै सुनवल नगरपालिका क्षेत्र नम्बर एकमा उनको बसोबास रहदै आएको छ । पाण्डेले बीमा क्षेत्रमा अन्य कम्पनीहरुबाट पनि आफूलाई विभिन्न किसिमको अफर आएको बताउँदै राम्रो काम गर्ने जो कोहीलाई बीमा क्षेत्रमा सुनौलो अवसर रहेकोमा जोड दिन्छिन् । उनले मेहनत गर्दै जाँदा र सीपको विकास गरेपछि बीमा क्षेत्रमा एउटा व्यक्तिले नसोचेको अवसरहरु पाउने अनुभव पनि साटेकी छिन् । सिटिजन लाइफका ब्राण्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको आवद्धताले पनि बीमामा धेरै जनताको ध्यान खिचेको उनलाई लाग्दै आएको छ । सिटिजन लाइफले राम्रो सेवा सुविधा दिँदै आएको र यहाँ आवद्ध हुने कर्मचारीहरुले पनि खुशी साथ काम गर्दै आएका छन् ।

Prabhu
Crest

सिनियर एजेन्सी म्यानेजर पाण्डेले इन्स्योरेन्स खबरसँग भनिन्,‘बीमामा लागेपछि नेपालका ठूला ठूला साथीहरुसँग चिनजान बढ्यो, पर्सनालिटीमा परिवर्तन आयो, आम्दानीको स्रोत सुध्रिदै गयो, सायद यस्तै कुराहरुले होला मैले लगातार बीमामा काम गरिरहेको छु ।’

बीमामा लागेपछि थाहा भयो महत्व
उनले बीमामा लाग्नु अघि र बीमा क्षेत्रमा प्रवेश गरेपछि बीमालाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन भएको बताईन । उनले बीमामा आफू प्रवेश गर्नु अघि बीमा क्षेत्रमा लाग्ने अभिकर्ताहरुले केवल आफ्नो फाइदाका लागि बीमा गर्ने हो कि ? भन्ने भ्रम पनि परिवर्तन भएको अनुभव सुनाईन । पहिले त्यस्तो सोचाई भए पनि अहिले आफ्नो लागि मात्र नभई आम नागरिकहरुको लागि काम गर्ने बीमा अभिकर्ताहरुको मेहनत कम नभएको होइन । अहिले बीमा अभिकर्ताहरुले बीमितलाई गर्ने आदर र बीमित तथा उनका आफन्तहरुले समेत बीमा अभिकर्ताहरुलाई गरेको आदर सत्कार देख्ने शुभ अवसर आफूलाई प्राप्त भएको उनको भनाई छ ।

बीमाकै लागि एसएलसी दिने मौका मिल्यो
अरुणखोला पूर्वी नवलपरासीबाट एसएलसी परिक्षा दिएकी उनले केही विशेष कारण आफू शिक्षाबाट पर भएको बताईन । तर, त्यसरी पढाई छाडे पनि आफूले वि.स.२०७२ सालमा एलएलसी परिक्षा दिएर उत्तिर्ण गर्न सफल भएको अनुभव सुनाएकी छिन् । बीमा क्षेत्रमा अभिकर्ता बन्न एसएलसीको प्रमाण पत्र आवश्यक हुन्छ । सोही कारण पनि बीमाले आफूलाई पढ्ने प्रेरणा दिएको उनले सुनाईन । उनले प्राइभेट एसएलसी दिएकी थिइन । उनले सौन्दर्य शिक्षामा भने औपचारिक अध्ययन पूरा गरेको बताईन ।

कस्मेटीक र बीमा व्यवसाय दुवैलाई एकसाथ हाँक्छिन्
सिनियर एजेन्सी म्यानेजर पाण्डे बीमा व्यसायसँगै आफू सौन्दर्यकला (व्यूटीशियन) रहेको खुलाएकी छिन् । व्यूटीशियनको भूमिकामा रहदा व्यक्तिलाई बाहिरी आवरणमा सजिएर हिड्नु पर्छ भन्ने सन्देश दिने उनले त्यसको साथ साथै बीमामार्फत देख्दै नदेखिने जोखिमको लागि पनि लगानी गर्नु पर्ने सन्देश दिइरहेकी छिन् । उनले आफ्नो पसलमा आउने अधिकांश ग्राहकहरुलाई बीमाको बारेमा जानकारी गराउने गरेको उनले बताईन । त्यस्तै, मेक अप गर्न आएका ग्राहकले बीमा पनि गर्न रुचाएमा मेकअपमा समेत ठूलो छुट दिने गरेकी छिन् । उनले एक घर एक सिटिजन भन्ने लक्ष्य राखेर आफूले बीमा गराउदै आएको बताईन।

बीमितबाट पाएको धन्यवाद 
सिनियर एजेन्सी म्यानेजर पाण्डेले आफ्नो बीमासँग जोडिएको अविस्मरणीय घटना सुनाउँदै भनिन्,‘मैले बीमा गर्न मन नगर्नु भएका एक छिमेकीलाई बीमा गर्नुस् भने । उहाँले त्यसलाई अलि हलुका रुपमा लिनु भयो । उहाँलाई मैले तीन दिन रेगुलर गएर दुई वर्ष अघि फोर्स गरेर बीमा गराए । उहाँको उमेर ३७ वर्ष भएको छ भने उहाँलाई गएको ६ महिना अघि घातक रोग लाग्यो। दीर्घ रोग देखिसकेपछि मैले उहाँको सबै कागजपत्रहरु कम्पनीमा पेश गरे अनि पाँच लाख रुपैयाँ दिलाउन सफल भए । त्यही कामबाट पनि उहाँहरुले मलाई धेरै धन्यवाद दिनु भयो । साथ साथै घरमै पैसा पुर्याउन गएकोमा सिटिजन लाइफलाई पनि धेरै धन्यवाद दिनु भयो । २८ हजार सात सय १३ रुपैयाँ तिरेर पाँच लाख पाएको बेलामा उहाँको खुशी देख्दा आफैलाई पनि अचम्म लागेको थियो । मैले के भनेर बीमा गराएको थिए होला, मेरा कुन शब्दले उहाँलाई साह्रै छोएको थियो होला, आखिर मैले पनि त यति राम्रो काम गरेको रहेछु जस्तो लाग्यो । त्यति बेला मैले आफै पनि बीमा पेशालाई राम्रोसँग बुझ्ने मौका पाए । आज मैले त्यही बुझेको ज्ञान अरुलाई बाढ्ने गर्छु । यसमा मलाई पनि धेरै खुशी मिल्ने गरेको छ ।’

बीमा जागिर मात्रै होइन
कमाउन सबै पेशाले साथ दिन्छ तर बचाउन सिकाउने बीमा रहेछ । यसको मतलब कमाई हरेक पेशामा हुन्छ तर बीमाले कमाएको पैसालाई सहि ठाउँमा लगानी गर्न पनि सिकाउने उनले बताईन । अहिले घरजग्गा भनेको बेलामा नबिक्ने भए पनि बीमा भनेको आवश्यकतामा काम लाग्ने भन्दै उनले लगानी गर्ने ठाउँ खोज्न पनि अब भौतारिनु नपर्ने उनको सुझाव छ । बीमा क्षेत्रमा लागेको छोटै समयमा पनि उनले सय हाराहारीको संख्यामा बीमितहरुको जीवन बीमा गराई सकेकी छिन् ।

बीमामा लाग्न सुझाव
यो एउटा राम्रो रोजगार रहेको र घरमा बसेरै काम गर्न सकिने भएकाले बीमामा लाग्न उनले सुझाव दिइकी छिन् । बीना लगानीमा बीमामा रोजगारी पाईने र सोही रोजगारीको माध्यमबाट आफ्ना मान्छेहरु, आफूले चिनेका र नचिनेका मानिसहरुलाई सुरक्षणको दायरामा ल्याउन सक्नु बीमाको सुन्दर पक्ष रहेको उनी सुनाउँछिन् ।

बीमा पेशा भनेको कतिपयले नकारात्मक सन्देश फैलाएर केही भ्रमहरु सिर्जना गरेको भए पनि यसमा लाग्नेले देश, विदेश, विभिन्न ठूला व्यक्तिको संगत पाउने अनुभव उनले भोगेकि छिन् । बीमाको पोर्टफोलियो अन्य पेशाले दिन नसक्नेमा उनी ढुक्क छिन् । अरु पेशाका पनि आफ्नै सबल पक्ष भए पनि बीमा पेशा अरुभन्दा भिन्दै र पृथक रहेको प्रतिक्रिया पनि उनले दिएकी छिन् ।

बीमामा छिर्दा एक्लै निस्कीदा धेरै स्टमित्र हुने
उनले बीमा क्षेत्रमा लाग्दा एक्लै प्रवेश गरेको सुनाईन । आफ्नो आफन्त, घर परिवार, स्टमित्र साथीभाईहरु कोही पनि बीमामा नलागेको बेलामा उनले एक्लै यो पेशा अँगालेकी थिईन । आज उनले आफूले नसोचेका धेरै स्टमित्र आर्जन गर्न सफल भएको र त्यसको सम्पूर्ण श्रेय बीमा क्षेत्रलाई नै दिन चाहेकि छिन् । आफ्नो अनुभव सम्झिदै उनी भन्छिन्,‘बीमामा लाग्दा चाही बरु कोही एक्लै हुन सक्छ तर बीमा क्षेत्रमा लागेपछि उसका साथीसर्कलहरु धेरै नै बढ्ने रहेछ । जीवनमा हामीले केही कुरा कमाउला नकमाउला तर आफ्नो शुभचिन्क, साथीभाईहरु र राम्रो संगत कमाउनु पनि मलाई ठूलो हो जस्तो लाग्छ । अनि त्यस्तो मौका बीमा क्षेत्रले दिने रहेछ ।’

आफ्नो भेगमा बीमाको नाम लिएर सिटिजन लाइफलाई चिनाउने उनी पहिलो महिला समेत हुन् । आफूलाई २० वर्ष अघि बीमा गराउन सल्लाह दिनेले पनि बीमामा लाग्न चाही सुझाव नदिएको सम्झिदै उनले नयाँ यूवा पुस्ताहरुका लागि बीमा क्षेत्र राम्रो रोजगार गन्तव्य बनेको सम्झाएकि छिन् । उनले साँझ, बिहान आफूले आफ्नो काम गर्दा गर्दै पनि बीमाका बारेमा बुझेका कुरा अरुलाई सिकाउँन  मिल्ने भएकाले यो पेशा निकै राम्रो पेशा रहेको उनलाई लाग्छ । उनले बीमा नबुझेर मात्रै बीमाबाट टाढा हुने तर बीमाको बारेमा थाहा पाउनेले यो पेशा छाडन नचाहने बताइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS