IME Life

‘बीमाले धेरै कुरा सिकाउँदो रहेछ, सबैभन्दा ठूलो कुरा त काम गर्ने संस्कार सिकायो’, सन्त बहादुर श्रेष्ठ

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । मोरङको बेलबारी २ स्थित लालभित्तीका सन्त बहादुर श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्सका ‘सिनियर एजेन्सी म्यानेजर’ हुन् । उनी  बीमा क्षेत्रमा प्रवेश गरेको जम्मा पाँच वर्ष मात्र पुग्दैछ भने,यही पाँच वर्षे अवधिमा नै आफ्नो जीवनमा ठूलो परिवर्तन भएको कथा सुनाएका छन् । कतिपयलाई उनले सुनाएका कथा, अनुभव सहजै पत्याउन मुस्किल पनि पर्ने गरेको छ । मुस्किल नहोस् पनि कसरी ? अहिलेको त्यो अन्तराष्ट्रिय अवार्ड लिइरहेको सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर अनि हिजो पाँच वर्ष अघिको एक सामान्य ‘ट्रयाक्टर ड्राईभर’ । त्यो पनि अरुको ट्रयाक्टर चलाउँने व्यक्ति जसले बीमा क्षेत्रमा लागेर नै आफ्नै पैसाले दुईवटा गाडी र टिपर किन्न सफल भए ।

अझ गहिराईमा जाने हो भने उनको जन्मथलो ताप्लेजुङ रहेको र त्यहाँ आफ्नो बुवाआमाले अर्काको घरमा खेती, किसानी, हलीको भूमिका निभाएर आफ्नो बाल्यकाल गुजारेको उनले निर्धक्क सुनाएका छन् । आफू पनि हली गरेर, अर्काको अधियाँ गरेर बल्ल ट्रयाक्टर ड्राईभर बन्न सकेको इतिहास सुनाउँछन् ।

Crest
Meta Holidays

सिनियर एजेन्सी म्यानेजर श्रेष्ठले इन्स्योरेन्स खबरसँग भने, ‘मेरो पृष्ठभूमी भनेको म एउटा ट्रयाक्टर चालक हो । त्यही भएर मलाई पहिले सबैले ट्रयाक्टर ड्राईभरको रुपमा मात्रै चिन्ने गरेका थिए । विगतमा मेरो इतिहास त्यस्तो थियो भने जब मैले इन्स्योरेन्सको एजेन्सी म्यानेजर बन्ने अवसर पाए अनि मेरो जीवनशैलीमा नै धेरै परिवर्तन आयो । यी सबै परिवर्तनका श्रेय म बीमा क्षेत्रलाई नै दिन चाहान्छु ।’

श्रेष्ठले हालसम्म बीमासँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु समेत हात पार्न सफल भएका छन् । बीमा क्षेत्रमा रातदिन नभनी खटेका उनी सिटिजन लाइफ इन्स्योरेन्सको सिनियर एजेन्सी म्यानेजर मात्रै बनेका छैनन् लाखौ युवाहरुका लागि असल प्रेरणाको स्रोत समेत बन्न सफल भएका छन् ।

यसरी सुरु भएको थियो श्रेष्ठको बीमा क्षेत्रको यात्रा
उनले सिटिजन लाइफ इन्स्योरेन्समा आज भन्दा करिब चार वर्ष अघि बीमा क्षेत्रको यात्रा सुरु गरेका थिए । अहिले उनले बीमा क्षेत्रको यात्रा सुरु गरेको पाँचौ वर्ष पुगेको छ भने यस अवधिमा हाँसिल गरेका अधिकांश उपलब्धिका लागि सिटिजन लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिन चाहेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफूलाई काम गर्ने संस्कार सिकाएको र त्यो उनलाई आफ्नो जीवनको निकै ठूलो उपलब्धि समेत लाग्ने गरेको बताएका छन् । पैसाले नै मानिसको जीवनमा धेरै परिवर्तन ल्याउँछ भन्ने कुरा उनलाई बीमा क्षेत्रले सिकाएको सुनाउँछन् ।
उनले आफूसँग अहिले पनि विगतमा ट्रयाक्टर चलाएको तस्बिरहरु राखेको र त्यस्ता तस्वीरहरु देख्दा आफ्नो जीवनमा निकै ठूलो परिवर्तन आएको महशुस गर्छन् । यो कुरा उनले आफूले मात्रै महशुस गरेको कुरा होइन । उनलाई केही दिन अघि पाँच वर्ष अघिका फोटोहरु सामाजिक संजालमा राख्दा शुभचिन्तकहरुले दिएको प्रतिक्रीया पनि हो । उनका साथीहरुले बीमाले पनि व्यक्तिको जीवनमा यति धेरै परिवर्तन ल्याउँदो रहेछ भन्ने किसिमका सकारात्मक प्रतिक्रिया दिएको उनी सम्झन्छन् । पैसा कमाउँदै जाँदा मानिसको जीवनमा आउँने परिवर्तनलाई उनले बीमा क्षेत्रकै कारण नजिकबाट नियाल्ने अवसर पाए ।

उनी भन्छन् इतिहास बिर्सनु हुँदैन
आफूभन्दा अग्रजहरुको कुरा सुन्न नरुचाउँने अधिकांश यूवा पुस्ताहरुलाई उनले इतिहासको सम्मान गर्नु पर्ने सन्देश दिएका छन् । उनले आफूले सुरुवात गरेको पहिलेका कतिपय व्यवसाय, कतिपय ठूलाबडाका अनुभवहरु नै जीवनको ठूलो इतिहास हुने भएकाले त्यस्तो कामहरु झट्टै बिर्सन नहुने सुझाव दिएका छन् । आफूले दु:ख गरेर नै बीमा क्षेत्रमा स्थापित भएको सम्झदै उनले सजिलै सफलता मिल्ने कुरा भन्दा पनि मेहनतको फल मिठो हुने बताउँछन् ।

भान्जाको सहयोगमा छिरे बीमा क्षेत्र
उनलाई आफ्नै भान्जाले बीमा क्षेत्रको यात्रामा आवद्ध गराए । भान्जा अभिकर्ता थिए भने उनकै सहयोगमा श्रेष्ठले पनि अभिकर्ता बन्ने सुनौलो मौका पाए । त्यसरी बीमामा छिरेका उनले एजेन्सी  म्यानेजर हुँदै सिनियर एजेन्सी  म्यानेजर हुन पाएकोमा त्यसको जस आफ्ना बीमितहरुलाई समेत दिन चाहेका छन् । हालसम्म उनले दुई सय ५९ जना अभिकर्ताहरुलाई बीमा क्षेत्रमा आवद्ध गराएका छन् । त्यस्तै, ६ सय ५८ जनाको बीमा गराएका छन् भने उनले बीमा गराएका तीनजना बीमितहरुको निधन पनि भईसकेको अवस्था छ ।

धेरैजनाको घर परिवारलाई सुरक्षण दिन पाउँदा उनलाई भित्रभित्र खुशी समेत मिल्ने गरेको छ । ठोस र साच्चो कुरा बोल्नेले  बीमा क्षेत्रमा सबैको विश्वास जित्दै जाने उनको बुझाई छ ।

बीमा अभिकर्ता पेशामा लागेपछि बीमालाई नजिकबाट नियाल्न पाए
उनले बीमा क्षेत्रमा लागेपछि नजिकैबाट बीमालाई नियाल्ने मौका पाएको बताएका छन् । कसैको मृत्यु भएको ठाउँमा पनि पहिला दुई, चारवटा स्याउँ बोकेर जाने उनले बीमाकै कारण आठ, दश लाखको चेक बोकेर जाने अवसर पनि पाए । त्यतिबेला उनलाई फलफूल लगेर जानु र लाखौको चेक बोकेर जानुमा निकै फरक महशुस भयो । बीमितहरुले आफूलाई भगवान जतिकै पूजेको सम्झिदै उनले बीमा पेशाप्रति निकै गर्व लाग्ने गरेको सुनाए ।

बाल बीमा सम्बन्धि रोचक घटना
केही वर्ष पहिले उनले एक परिवारमा सम्झाई बुझाई गरेर बालबीमा गराएका थिए । हकवालाको मृत्यु हुँदा १५,२० वर्षसम्म पढ्ने खर्च बीमाले दिँदा बीमित निकै खुशी भएका थिए । त्यस्तै, खोलामा बालुवा चालेर गुजारा गर्ने धेरै घर परिवारहरुलाई उनले जीवन बीमामा समेटेका छन् ।
ठूलो रोग लाग्दा गाउँमा चन्दा मागेर उपचार गराउँने घर परिवारलाई पनि उनले बीमाको माध्यमबाट रक्षावरण गर्न सिकाएका छन् ।

कमजोर आर्थिक अवस्थाका कारण रोकिएको थियो शैक्षिक यात्रा
उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण विगतमा एसएलसी भन्दा धेरै पढ्ने अवसर नपाएको बताउँछन् । अध्ययनले कमी भएर मात्रै बीमामा काम गर्न छेक्दैन भन्ने उनलाई लाग्छ । उनले बीमाकै कारण डिग्री पढेको मान्छेले सरह मेहनतको डिग्री र इमान्दारीताको डिग्रीले पनि मानिसलाई सफलता दिलाउँछ भन्ने अनुभव गर्न पाएका छन् ।

उनले बीमालाई विगतको जस्तो हिसाबले हेर्नु गलत हुने भएकाले अब यसको वास्तविकता सबैले बुझ्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै, आज बिरुवा रोप्दा भोलि लामो समयमा मात्रै रुख बने जस्तै आज काम सुरु गर्दा भोलिको सुन्दर भविष्यको ख्याल गरेर काम गर्नु पर्ने उनी बताउँछन् ।

परिवार र छिमेकीलाई पनि बीमा बुझाऔं 
उनले एक जनाले मात्रै बीमा बुझ्दा बीमा गराउँन सहज नहुने सुनाउँछन् । सबै घर परिवार र छिमेकीले बीमा बुझे भने मात्रै बीमाले धेरै जनाको घर परिवारको चुल्हो बाल्न सघाउँने र सबैको भविष्य बनाउँछ भन्ने ज्ञान फैलिने उनी विश्वास गर्छन् ।
उनले सिटिजन लाइफका ब्राण्ड एम्बेस्डर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायले कम्पनीसँगको सहकार्यमा बीमा चेतना फैलाउँन पुर्याएको योगदानको पनि स्मरण गर्न चाहेका छन् । बीमा भनेको हाम्रो जीवनमा नभई नुहने चिज हो भन्ने ज्ञान ब्राण्ड एम्बेस्डरले बुझाए जस्तै यो बुझ्नेले राम्रो गर्दै गएको सुनाउँछन् ।

उनले सवारीको बीमा गर्न तम्सिने अधिकांश नागरिकहरुले आफ्नै जीवन बीमा नगरेको देख्दा अचम्म लाग्ने गरेको बताउँछन् । त्यस्ता नागरिकहरुलाई आफ्नो कमाईको दुई प्रतिशत मात्र भए पनि बीमामा लगानी गर्न उनले सुझाव दिएका छन् । उनले बीमाले जोखिम बहन गर्ने र  बचत गर्ने दुई किसिमका काम एकसाथ गर्ने भएकाले बीमाको यो पक्ष पनि उनलाई निकै महत्वपूर्ण लाग्ने गरेको छ ।

भोलिको दिनमा कसैलाई घातक रोग लाग्दा अरुसँग हात थाप्नु भन्दा पनि आफ्नै खाताबाट पैसा चलाउदा धेरै फरक पर्ने भन्दै सिनियर एजेन्सि म्यानेजर श्रेष्ठले बीमाको महत्व बुझ्न र बीमा गरी हाल्न जो कोही पछि पर्न नहुने सुझाव दिएका छन् । उनले आफ्नै घरपरिवारमा चार जना सदस्य रहेको र सबैको जीवन बीमा गराएको  पनि बताए ।

कुनै दिन आफ्नो छोरीको एशियन लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएको र आफूले जम्मा ३२ सय ५० रुपैयाँ मासिक किस्ता तिर्न नसकेको उनले सम्झिएका छन् । तर, अहिले उनले आफ्नो छोरीको दुई लाख ७७ हजार रुपैयाँ किस्ता तिरेर बीमा गरिरहेका छन् । आफूलाई यस्तो स्तरमा पुग्न मद्धत गरेको भन्दै उनले बीमा क्षेत्रको योगदानकै कारण पूरा जीवन बदलिएको आभाष हुने गरेको सुनाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%

खुसी

0%

दु :खी

6%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x