IME Life

नेपाल पुनर्बीमाको तेस्रो त्रैमासःखुद बीमा शुल्क आर्जन ४५ प्रतिशतले घट्दा दाबी भुक्तानीमा भने सामान्य बृद्धि

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७९ /८० को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिको तुलनामा कम्पनीको जीवन बीमा तर्फको खुद बीमा शुल्क आर्जन बढेको छ भने निर्जीवन बीमा तर्फको खुद बीमा शुल्क घटेको छ ।

समिक्षा अवधिमा निर्जीवन बीमा तर्फबो जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख संचिती रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा निर्जीवन बीमा तर्फ ३ अर्ब ९१ करोड संचिती थियो । अघिल्लो वर्षको तुलनामा यस अवधिमा निर्जीवन बीमा तर्फको जगेडा कोष बलियो भएको हो । त्यस्तै, यस अवधिमा जीवन बीमा तर्फको जगेडा कोषमा ६० करोड २५ लाख संचिती छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको जीवन बीमा तर्फको संचिती ५९ करोड ५ लाख रहेको थियो । अघिल्लो वर्षको तुलनामा जगेडा कोषमा संचिती बढेको हो ।

Crest
Meta Holidays

समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसायबाट कम्पनीले ५२ करोड ९ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ६० करोड २१ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमा व्यवसायको नाफामा गिरावट आएको छ । त्यस्तै, यस समिक्षा अवधिमा कम्पनीले जीवन बीमा व्यवसायबाट ६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा जीवन बीमा व्यवसायतर्फको नाफा २ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क ४५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ४ अर्ब २६ करोड ७० लाख ३२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये जीवन बीमा व्यवसायतर्फबाट १ अर्ब ४६ करोड अर्जन गरेको हो भने निर्जीवन बीमा व्यवसायतर्फबाट २ अर्ब ७९ करोड ८२ लाख आर्जन गरेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ अर्ब ८६ करोड ८९ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । जसमध्ये ६ अर्ब ५३ करोड निर्जीवन बीमा व्यवसायतर्फको खुद बीमा शुल्क हो भने १ अर्ब ३२ करोड जीवन बीमा व्यवसाय तर्फको खुद बीमा शुल्क हो । अघिल्लो वर्षको तुलनामा जीवन तर्फको खुद बीमा शुल्क बढेको छ भने निर्जीवन तर्फको घटेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६ दशमलव ४० प्रतिशतले बढेको छ । यस अवधिमा कुल ४ अर्ब ३२ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जसमध्ये निर्जीवन तर्फ ३ अर्ब २५ करोड २५ लाख खुद दाबी भुक्तानी भएको छ भने जीवन तर्फ १ अर्ब ७ करोठ खुद दाबी भुक्तानी भएको छ । अघिल्लो वर्षको तुलनामा निर्जीवन र जीवन दुबै तर्फको खुद दाबी बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ८२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा रहेको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x