SKIP THIS

Sun Securities
IME Life

‘बीमा अभिकर्ता बनेपछि मेरो दृष्टिकोण नै बदलियो, चौतर्फी अवसरहरु देख्न पाए´: राजेन्द्र पन्त

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ताको रुपमा छोटो समयमै आफ्नो छुट्टै पहिचान कायम गर्न सफल व्यक्ति हुन्, ‘राजेन्द्र पन्त’ । उनी नेपाल सेकेन्ड एसेन्सी म्यानेजर समेत हुन् भने उनले बीमा क्षेत्रमा आवद्ध भएको छोटो अवधिमा नै आफूलाई स्थापित गर्न सफल भए । सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा जन्मिएका उनले बीमा अभिकर्ता पेशालाई रोचक ढंगले चित्रण गरेका छन् । फाइनान्स विषयमा (मार्स्टर डिग्री) स्नातकोत्तर गरेका पन्तले त्रिचन्द्र कलेजबाट साइकोलोजी विषयमा पोस्ट ग्राजुयसन (पीजी) गरेका छन् भने एलएलबीको अध्ययनलाई पनि निरन्तरता दिइरहेको बताए ।

आफ्नो स्नातकोत्तर तहको अध्ययन सकेपछि बीमा क्षेत्रमा जोडिन पुगेका पन्तले आफ्नो क्यारियरबाट मात्रै सफलता पाएका छैनन् कैयौं नागरिकहरुलाई बीमा गराएर बीमा गराए बापत पाइने अन्तिम लाभ (बीमांक) प्राप्त गर्न योग्य समेत बनाएका छन् । पन्तले बीमा क्षेत्रको आवद्धता सुनाउँदै इन्स्योरेन्स खबरलाई भने,‘मैले बीमा क्षेत्रमा आफ्नो क्यारियर एलआईसी नेपालबाट सुरु गरेको थिए । त्यसपछि मैले छोटो समय महालक्ष्मी लाइफ इन्स्योरेन्समा काम गर्दै, सिटिजन लाइफ इन्स्योरेन्समा एरिया ब्रान्च म्यानेजर (एबीएम) को रुपमा जमलमा काम गर्ने अवसर पाए । त्यस्तै बागमती प्रदेश म्यानेजरको रुपमा आईएमई लाइफमा पनि काम गरे भने अनि फेरी एजेन्सि म्यानेजरको रुपमा सिटिजन लाइफ इन्स्योरेन्समा मैले कामलाई निरन्तरता दिइरहेको छु ।’

Crest
Meta Holidays

जागिर र व्यवसायभन्दा पनि अभिकर्ता पेशामा बढी लत
एजेन्सी म्यानेजर पन्तको उमेर ३५ वर्ष पुगेको छ । उनले यस बिचमा एक दशक अगाडी नै बीमा क्षेत्रमा आफू जोडिन पुगेको र २५ वर्षे यूवा उमेरमा जागिर खान भन्दा पनि बीमा क्षेत्रमा केही गर्छु भन्ने हुटहुटी जाँगेको अनुभव पनि सुनाए । बीमा क्षेत्रभन्दा बाहेक अन्य क्षेत्रमा पनि आवद्ध हुनुहुन्थ्यो की सिधै बीमा क्षेत्रमा आउँनु भएको हो ? भन्ने प्रश्न गर्दा उनले भने,‘मैले बीमा क्षेत्रमा आउँनुभन्दा पहिले आफ्नै पसल, व्यवसाय पनि संचालन गरेको थिए । अहिले पनि तपाईहरुलाई महेन्द्रनगरमा मेरो आफ्नो व्यवसाय रहेको जानकारी गराउँनु चाहान्छु । तर, मेरो पेशाभन्दा पनि मुख्य कुरा चाही मैले आफ्नो मास्टर्स सकेपछि मलाई जागिर खान वा व्यवसाय गर्न भन्दा पनि बीमा अभिकर्ता बन्न मन लाग्यो । मैले त्यति बेला गरेको निर्णय अहिले आएर पनि सही नै गरेछु जस्तो लागि रहन्छ । यसमा चाही मैले यो पेशाबाट कमाएका केही कुराहरुले पनि यस्तो भएको हुनसक्छ ।’उनले आफू बीमा क्षेत्रमा छिर्नुभन्दा पहिले देखेको बीमा क्षेत्र र वास्तविकतामा केही भिन्नता पाएको बताएका छन् । बीमा क्षेत्रले बीमालाई हेर्ने दृष्टिकोण मात्र नभई व्यक्तीको जीवनलाई हेर्ने दृष्टिकोण समेत बलदेकोको उनले सुनाए ।

एजेन्टलाई हेर्ने दृष्टिकोण बदलिएको छ
हिजोको दिनमा अभिकर्ताहरुलाई झोला बोकेर हिड्ने र कमिशनको लागि मात्रै बीमा गराउँने हो कि ? भन्ने सोचाई व्याप्त भए पनि अहिले त्यसमा परिवर्तन आएको पन्तको अनुभव छ । उनले अहिले बीमा अभिकर्ता भनेको आर्थिक रुपमा सबल व्यक्ती र राम्रो पढेलेखेका व्यक्ति पनि बीमा अभिकर्ता बन्न सक्छन् भन्ने उनको भनाई छ । पन्त भन्छन्,‘कसैलाई बीमा गर्नुुस् भन्दा पहिला पहिला धेरै गाह्रो हुन्थ्यो । अहिले बीमालाई नागरिकले हेर्ने दृष्टिकोणमा पनि व्यापक फेरबदल आएको अवस्था छ । अझै भनौ अहिले त पहिले पहिलेको जस्तो फोर्स सेलिङ गर्नु पर्ने अवस्था छैन । कतिपय अवस्थामा त नागरिकहरुले बीमा बुझेकै कारणले मलाई यो पोलिसी चाही चाहिएको हो भन्नेसम्मको अवस्था मैले देख्न पाएको छु । मलाई जहाँसम्म लाग्छ यो त निकै राम्रो कुरा हो ।’

उनले थपे,‘नयाँ बीमा अभिकर्ताहरु जस्ले यो पेशामा पस्न चाहानु भएको छ उहाँहरुले त अब बीमा अभिकर्तालाई पनि बैंकको कर्मचारीको जस्तौ एउटा क्यारियर नै ठान्दा हुन्छ । अहिले त नयाँ बीमा ऐन पनि आएको छ । नयाँ ऐनले धेरै मापदण्डहरु पनि खुलाएको छ । मलाई सबैभन्दा मनपर्दो विषय चाही अभिकर्ता बन्दा कम्तिमा एसएलसी पास मात्र भए पुग्नेमा अहिले त यो पेशामा लाग्नु भन्दा पहिले परिक्षा दिनुपर्ने भएकोले डिग्री बराबरको पेशा बनिसकेको छ ।’अभिकर्ता पेशाले दिने मुख्य तीन कुराहरु
अभिकर्ता पेशालो मुख्य तीन कुराहरु दिने एजेन्सी म्यानेजर पन्तको अनुभव छ । उनका अनुुसार अभिकर्ता पेशाले सबैभन्दा पहिला आवश्यक कुरा बोल्न सक्ने क्षमताको विकास गराउँदो रहेछ । बोल्ने कुरा पनि अरुको अवस्था बुझेर त्यही अनुसारको सवाल जवाफ गर्न सिकाउने रहेछ । त्यस्तै, अर्को महत्वपूर्ण कुरा भनेको अभिकर्ता पेशाले नै आर्थिक रुपमा सबल बन्न पनि मद्धत गर्दो रहेछ । यही पेशामा लागेर धेरैजनाले प्रगति गरेको आफूले देखेको उनी सुनाउँछन् भने तेस्रो नम्बरमा अहिलेको दु:खले भोलिको दिनमा समेत सुख सुनिश्चित गर्ने रहेछ ।

कर तिरेर ह्वाईट मनी खान्छन् अभिकर्ताहरु
एउटा सिमित दायरामा रहेर भन्दा पनि त्यो भन्दा बृहद रुपमा आफूले आर्जन गर्न सक्ने भएकाले पनि अधिकांश अभिकर्ताहरुले आफ्नो पेशालाई मन पराउने गर्छन् । थोरै लगानीमै सुरु हुने यो पेशाले धेरै वर्षसम्म आम्दानी र प्रतिफल दिने भएकाले पनि लाखौ अभिकर्ताहरुले यो पेशालाई अन्य पेशाभन्दा सुन्दर मान्ने एजेन्सी म्यानेजर पन्त बताउँछन् । उनी राज्यलाई अभिकर्ताहरुले कर तिर्ने भएकाले पनि आफ्नो कमाईलाई ह्वाईट मनी (सेतो धन) को रुपमा परिभाषित गर्न रुचाउँछन् । उनले कतिपय व्यवसायीहरुले करको लुप होल खोज्ने गरेको स्मरण गराउँदै बीमा अभिकर्ताहरुले खाने एक सय रुपैयाँ आम्दानीको पनि रेकर्ड बस्ने र आफूहरुले सिस्टमबाटै काम गर्ने बताएका छन् ।
यूवाहरुलाई सन्देश, विदेश जानुभन्दा बीमामा लाग्नु
विदेश गएर काम गर्नुभन्दा पनि एजेन्ट बन्ने बारेमा पनि सोच बनाउँदा राम्रो हुने एजेन्सी म्यानेजर पन्तले यूवाहरुलाई सन्देश दिएका छन् । आर्थिक क्रान्तीको बारेमा विभिन्न ठाउँमा धेरै बहसहरु हुने गरे पनि देशमा केही गर्ने कुरामा भने धेरैजना पछि नै हट्ने उनले देखेका छन् । देशमा छरिएर रहेको पूँजीलाई यही चलायमान गराउँन पनि यूवाहरुले बीमामा प्रवेश गर्दा राम्रो हुने पन्तको सल्लाह छ ।

अछामको एक गाउँमा आफूले बीमा गराएको सम्झदै भने,‘ बीमा गराएपछि बीमितको दुर्घनाबाट मृत्यु भएको थियो । कम्पनीले दश लाख रुपैयाँ दिदा बीमितको परिवारले ठूलो राहात महशुस गर्नु भयो । म त भन्छु अब चन्दा माग्ने होइन बरु बीमा गर्नुस् ।´

उनले आफूलाई यस स्थानसम्म ल्याई पुर्याउन सहयोग गर्न केही महत्वपूर्ण व्यक्तीहरुको नाम पनि लिन रुचाउका छन् । पन्तले आफूलाई सफलताको बाटोमा लाग्ने प्रेरित गर्ने धेरै व्यक्तीहरुमा भुषण रिमाल, माधव सिंह साउद, धन बहादुर राणा, जयसिंह भाट, धोज बहादुर खड्का रहेको बताएका छन् । आफ्ना शुभचिन्तकहरुले देखाएको बाटो अपनाउँदै जाँदा एकपछि अर्को सफलता मिल्दै गएकोमा समेत उनले जोड दिएका छन् । साथै, बीमा अभिकर्ताले पनि अनुभवि समूह र साथीहरुको साथ लिएर सफलता प्राप्त गर्ने पन्तले बताएका छन् ।

उनले आगामी दिनमा बीमा अभिकर्ताहरुको लागि स्वदेशमा नै राम्रो अवसर रहेकाले सो कुरालाई आम यूवा वर्गले मनन गर्न अति जरुरी रहेको बताएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x