IME Life
Beema Board

प्राधिकरणले वित्तीय प्रतिवेदन सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै,यस्ता छन् प्रावधान

SPIL
NIC ASIA

काठमाडाै‌ं। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका लागी वित्तीय प्रतिवेदन सम्बन्धमा नयाँ निर्देशिकाकाे मस्याैदा सार्वजनिक गरेकाे छ। सार्वजनिक गरिएकाे निर्देशिकामा जीवन, निर्जीवन, पुनर्बीमा र लघु बीमा सबैका लागी वित्तीय विवरण सम्बन्धी प्रावधान समावेश गरिएका छन् ।

नयाँ निर्देशिकामा बीमांकी मूल्यांकन भएकाे अवधिमा दायीत्व सिर्जना भइसकेकाे तर बीमकसमक्ष दाबी नगरिएकाे दायीत्वकाे हकमा बेग्लै व्यवस्था गर्नुनपर्ने भएकाे छ । याे प्रावधानले दायीत्व सिर्जना भई भुक्तानी हुन बाँकी दाबीवापतकाे दायीत्वका लागी ११५ प्रतिशत व्यवस्था गर्नुपर्ने साबिककाे प्रावधानबाट बीमकलाई केही राहत मिल्ने भएकाे छ।

Prabhu
Crest

निर्देशिकामा शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनीले काराेबार गर्न इजाजत पाएकाे मितिले तीन वर्षसम्म सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने पुरानाे प्रावधान यथावतै राखिएकाे छ । यसैगरी
(२) शेयर वा म्युचुअल फण्डमा गरेको लगानी प्रचिलत कानून बमाेजिम धिताेपत्र बजारको सूचीबाट हटेमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्छ ।

साथै कर्जामा नोक्सानी भएमा पनि वितरण याेग्य मुनाफाबाट नाेक्सानी बराबरकाे रकम घटाउनुपर्ने भएकाे छ। निर्देशिकाकाे निर्देनशन नम्बर १७ (१) मा बीमकले प्रवाह गरेको कुनै कर्जाको भाखा नाघेमा सो कर्जा रकम बराबरको रकम वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने र बीमकले वित्तीय विवरणमा कर्जाको  नाेक्सानी व्यवस्था गरेको अवस्थामा व्यवस्था गरी खर्च लेखाङ्कन गरेको रकम भन्दा उपदफा (१) बमोजिम घटाउनुपर्ने रकम बढी भएमा सो बढी रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान रहेकाे छ ।

बीमकले यस अघि देखाएको असमाप्त जाेखिम वापतको व्यवस्थान रकमलाई जीवन बीमा काेष अन्तर्गत बीमालेख अन्तर्गतकाे दायीत्व हिसाबमा देखाउनुपर्नेछ। यसबाहेक बीमितलाई १० वर्ष सम्म भुक्तानी हुन नसकेकाे दाबीवापतकाे रकमलाई बीमकले बीमित हित स‌ंरक्षण काेषमा सार्नुपर्नेछ । बीमा ऐन २०७९ काे प्रावधान अनुसार यस्ताे काेषकाे व्यवस्था पहिलाे पटक लागू गरिन लागेकाे हाे ।

यसैगरी बीमकले बीमक, पुनर्बीमक, ब्राेकर वा अन्य आसामीबाट लिन बाँकी देखाएकाे हिसाबकाे लागी गरेकाे इम्पेयरमेन्ट खर्च ताेकिएकाे रकमभन्दा कम भएमा साे रकमलाई वितरणयाेग्य मुनाफा गर्दा घटाउनुपर्ने प्रावधान समेत रहेकाे छ।

क्र‍.सं.  रकम बक्याैता रहेकाे अवधि बीमक, पुनर्बीमक, ब्राेकर वा अन्य आसामीबाट लिन बाँकी रकम
चार वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकम लिन बाँकी रकमकाे शत प्रतिशत
तीन वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकम लिन बाँकी रकमकाे पचहत्तर प्रतिशत
 दुई वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकम लिन बाँकी रकमकाे पचास प्रतिशत
 एक वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकम लिन बाँकि रकमकाे पच्चीस प्रतिशत

नयाँ निर्देशिका जारी भएपछि प्राधिकरणबाट जारी गरिएका निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुकाे एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७, पुनर्बीमा बीमा व्यवसाय गर्ने बीमकहरुकाे एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७,जीवन बीमा व्यवसाय गर्ने बीमकहरुकाे एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ खारेज हुनेछन् । यसबाहेक प्राधिकरणबाट जारी भएकाे मिति २०७५।०६।११ को बी.स. १० च.नं. १११८ र मिति २०७५।०९।१२ को बी.स. ६१ च.नं. २६१४ को नेपाल वित्तीय प्रतिवेदनमान अनुसारकाे वित्तीय विवरण सम्बन्धी निर्देशन खारेज गरिनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS