IME Life

विदेशमा रहेका नेपालीले नेपालमा आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने ? कृष्ण गिरीको लेख (भाग –१)

SPIL
NIC ASIA

पृष्ठभूमी

नेपालभित्रै संगठित रुपमा पर्याप्त मात्रामा रोजगारीको अभाव रहेको हुँदा विभिन्न तरिकाबाट विदेशिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो दरमा रहेको देखिन्छ । विशेषगरी काम गर्ने उद्देश्यका साथ रोजगारीका लागि खुला गरिएका देशहरुका साथै विद्यार्थीको रुपमा एवं विभिन्न आवासिय भिसा योजना अन्तर्गत ठूलो संख्यामा काम गर्ने उमेर समुहका नेपालीहरु विदेशिने क्रम बढिरहेको छ । एक अनुमान अनुसार करिब ५० लाख भन्दै धेरै जनसंख्या हाल विदेशमा रहको मानिन्छ । जसमध्ये वैदेशिक रोजगारीमा गएको संख्या कुल १५ लाख ५५ हजार ९ सय ६१ घरबाट २१ लाख ९० हजार ५ सय ९२ रहेको तथ्यांक हालै प्रकाशित राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ । यसमा अनौपचारिक रुपमा भारत लगायतका वैदेशिक क्षेत्रमा रहेको नेपालीका साथै विद्यार्थीको रुपमा तथा विभिन्न प्रकृतिका आवासिय भिसामा नेपाल बाहिर रहेका तथा विदेशी नागरिकता हासिल गरेका नेपालीहरुको ठूलो संख्या अझै पनि अटाउन नसकेको अनुमान गर्न सकिन्छ ।

Prabhu
Crest

यसरी विदेशिएका नेपालीहरुले विदेशी भूमिमा आफ्नो ज्ञान, सीप र परिश्रम गरी आर्जन गरेको रकमलाई विप्रेषणको रुपमा पठाउने क्रम विदेशिने नेपालीको संख्या सँगै वार्षिक रुपमा वृद्धि भइरहेको छ । यसै कारण नेपालको कुल गाहस्र्थ उत्पादन अर्थात जिडिपिमा विप्रेषणको भार २२ प्रतिशत रहेको छ । जुन विप्रेषणको सहयोगमा नेपालले विदेशी वस्तु तथा सेवाहरुको खरिदमा विदेशी मुद्रा अभावलाई न्यूनीकरण गर्न सहज भइरहेको समेत यथार्थ हो । यस्तै चालु आर्थिक वर्षमा करिब १० अर्ब अमेरिकी डलर बराबरको विप्रेषण नेपाल भित्रिने अपेक्षा सरकारले गरेकामा करिब ६.५ अर्ब अमेरिकी डलर बराबरको विप्रेषण भित्रिसकेको अनुमान गरिएको छ ।

यसरी विदेशिएका नेपालीहरुले विदेशी भूमिमा आफ्नो श्रम, ज्ञान तथा सीपका आधारमा आर्जन गरेको रकम सही माध्यमबाट नेपालभित्र विप्रेषण गरुन भन्ने उद्देश्यले यस आ.व.को बजेटबाटै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाली पूँजी बजारमा भित्र्याउन पहल गर्ने लक्ष्य राखिएकोमा नेपाल धितोपत्र बोर्डबाट त्यसका लागि आवश्यक नीति सहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्टै कोटाको सिर्जना गरी प्राथमिक बजारबाट शेयरबजारमा लगानी गर्न सक्ने वातावरण तयार गरेपछि विस्तारै वैदेशिक रोजगारीमा रहेका नेपालीहरु समेत शेयर बजारतर्फ आकर्षित हुँदै गएको देखिन्छ । यद्यपि विभिन्न देशमा रहेका नेपालीहरुले यस अघि पनि आफ्नो पहलमा आफ्नो लगानी अनुभव तथा ज्ञानका आधारमा नेपाली प्राथमिक तथा दोश्रो बजारमा ठूलो रकम लगानी गर्दै आएकामा पछिल्लो नीतिले शेयर बजारको पहुँच विस्तारमा थप भूमिका खेलेको अनुभव गर्न सकिन्छ ।

यसै परिप्रेक्ष्यमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले नेपालमा वर्तमान परिप्रेक्ष्यमा कसरी आफ्नो लगानी व्यवस्थापन गर्ने भनेर जानकारी दिने उद्देश्य यो लेखको रहेको छ ।

नेपालमा वर्तमान समयमा उपलब्ध लगानी औजार तथा लगानीको अवसर

वर्तमान परिप्रेक्ष्यमा नेपालभित्र लगानी गर्नका लागि विभिन्न लगानी औजारहरु उपलब्ध रहेकाछन् । त्यसमध्ये सबैभन्दा बढि प्रचलित भनेको घरजग्गा नै हो । घरजग्गामा लगानी गर्न ठूलो लगानी चाहिने भएका कारण अहिलेको अवस्थामा सानो लगानी रकमलाई घरजग्गामा लगानी गरिहाल्न त्यति सहज भने छैन । यसबाहेक पनि अन्य उपलब्ध लगानी औजारहरु निम्न प्रकारका रहेका छन् ।

  • सुनचाँदी तथा गरगहना
  • निश्चित आम्दानी प्रदान गर्ने वित्तिय औजारहरु जस्तै फिक्स्ड डिपोजिट अर्थात मुद्दति निक्षेप र कर्पोरेट डिबेन्चर तथा विभिन्न सरकारी ऋणपत्रहरु
  • शेयर बजार
  • विभिन्न पेन्सन तथा सामाजिक सुरक्षा योजनाहरु
  • विभिन्न जिवन वीमा योजनाहरु
  • सामुहिक लगानी योजना, आदि ।

(क) सुनचाँदी तथा गरगहनामा लगानी

सुन चाँदी तथा गरगहनामा लगानी गर्ने नेपालीहरुको परापूर्व कालदेखिकै चलन हो । त्यसै कारण सुन चाँदीमा गरिएको लगानीलाई सर्दाको गहना असर्दाको धन भन्ने गरिन्छ । सुनको मुल्यलाई हेर्ने हो भने यो पनि वर्षेनी बढ्दो दरमा रहेको देखिन्छ । केही वर्ष अघि तोलाको ५०–६० हजार पर्ने सुन हाल तोलाको १ लाख भन्दा माथि रहेको छ । यो लगानी थोरै समयको लागि उतारचढाव पूर्ण रहेता पनि दिर्घकालिन अवधिका लागि गरिन्छ भने यसलाई न्यून जोखिम युक्त लगानी मान्ने गरिन्छ ।

(ख) निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजारहरु जस्तै फिक्स्ड डिपोजिट अर्थात मुद्दति निक्षेप र कर्पोरेट डिबेन्चर तथा विभिन्न सरकारी ऋणपत्रहरु

यस्तै विदेशमा दुःख गरी कमाएको धनलाई जोखिम रहित रुपमा लगानी गर्न चाहने नेपालीहरु निश्चित प्रतिफल प्रदान गर्ने विभिन्न प्रकारका वित्तिय औजारहरुमा लगानी गर्न सक्दछन् । विशेषगरी मुद्दति निक्षेप अर्थात बैंकमा फिक्स्ड डिपोजिट गर्ने लगानीकर्ताहरुले बैंकबाट त्रैमासिक वा अर्धवार्षिक वा वार्षिक रुपमा निश्चित दरमा ब्याजको स्वरुपमा प्रतिफल प्राप्त गर्दछन । तर यसरी फिक्स्ड डिपोजिट गर्नको लागि समेत एकैपटक ठूलो रकम आवश्यक पर्ने हुन सक्छ । त्यसैकारण यो लगानी सबैका लागि सहन नहुन पनि सक्दछ । तसर्थ यसमा पनि अर्को मुद्दति निक्षेप योजना जसलाई रिकरिंग फिक्सड डिपोजिट भन्ने गरिन्छ त्यसबाट पनि निश्चित वर्ष सम्मको लागि मुद्दति निक्षेपको स्वपरुपमा बचत एवं लगानी गर्न सकिन्छ । रिकरिंग मुद्दति निक्षेप गर्दा शुरुवाती निश्चित रकम र मासिक रुपमा आफूले चाहे अनुसारको रकम जम्मा गर्दै जान सकिन्छ ।

यसबाहेक विदेशमा रहने नेपालीहरु विभिन्न कर्पोरेट कम्पनीहरुले जारी गर्ने कर्पोरेट बण्ड तथा डिबेन्चरहरुलाई शेयर जस्तै प्राथमिक निष्काशनबाट वा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भइसकेपछि दोश्रो बजारबाट खरिद गरी आफ्नो लगानी क्षमता अनुसार लगानी गर्न सक्दछन् । यस्तो कर्पोरेट बण्ड प्राथमिक निष्काशनबाट खरिद गर्न न्युनत २५ वटा युनिट रु. १ हजारका दरले गरेर रु. २५ हजार लगानी गर्नुपर्ने हुन्छ ।

यसका साथै नेपाल सरकारले बेलाबेलामा जारी विभिन्न बैदेशिक बचत पत्र तथा अन्य सरकारी ऋणपत्रहरुमा समेत लगानी गर्न सक्दछन । सरकारबाट जारी हुने यस्तो बचत पत्र तथा ऋणपत्रहरु लगानीका हिसाबले सबैभन्दा सुरक्षित लगानी औजार मानिने गरिन्छ ।

(ग) शेयर बजार

हाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि भनेर निष्काशित शेयरको १० प्रतिशतको कोटा नै छुट्याएर प्राथमिक निष्काशन शेयरबजारमा लगानीका लागि प्रबद्र्धन गरिरहेको छ । शेयरबजारको बारेमा निकै थोरैमात्रै जानकारी हुने विदेशमा रहेका जो कोहीले समेत तोकिएको विधिअनुसार डिम्याट खाता र बैंक खाता खोली प्राथमिक बजारबाटै दिर्घकालिन अवधिका लागि शेयरबजारमा लगानी गर्न सक्दछन् । यसका साथै शेयरबजार सम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता भएका नेपालीहरुले हाल नेप्से अन्तर्गत सञ्चालित ५० धितोपत्र दलाल मध्ये जोकोहीबाट दोश्रो बजार अन्तरगत सूचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्न सक्दछन् । दोश्रो बजारबाट सूचीकृत कम्पनीहरुको शेयरमा लगानी गर्नुपूर्व भने यस बजारमा लगानी गर्दा हुन सक्ने नाफा घाटा तथा सम्भावित जोखिमका बारेमा आवश्यक सम्पूर्ण ज्ञान, सीप र दक्षता भएपछि मात्रै आफैले लगानी गर्नुपर्ने हुन्छ । किनकी दोश्रो बजारमा सूचिकृत भएका कम्पनीहरुको शेयरमा धेरै नै उतारचढाव हुने र कहिलेकाही हामीले गरेको लगानीमा ठूलो घाटा पनि हुन सक्दछ ।

शेयर बजारमा आफैंले गर्न पर्याप्त समय नभएमा वा ज्ञान सीप र दक्षता नभएको खण्डमा यस सम्बन्धी लगानी व्यवस्थापन सेवा प्रदान गर्ने विभिन्न क्यापिटल वा लगानी व्यवस्थापन कम्पनीहरुबाट समेत शेयर बजारमा लगानी गर्न सकिन्छ । यसरी सेवा लिँदा तपाईंहामीलाई सेवा प्रदान गर्ने संस्था भने लगानी व्यवस्थापन सेवा प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त संस्था हो वा होइन भनेर पहिले बुझेर मात्रै सेवा लिनुपर्ने हुन्छ । हिजोआज जो कसैले पनि मैले व्यक्तिगत रुपमा वा आफ्नो कम्पनीले लगानी व्यवस्थापन सेवा प्रदान गर्दछु भन्न सक्छन् तसर्थ यस्तो सेवा लिँदा भने नेपाल धितोपत्र बोडबार्ट अनुमति प्राप्त भए नभएको बुझनुपर्ने हुन्छ । नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन सेवा प्रदान गर्न अनुमति लिएका संस्थाहरुले सो सेवा प्रदान गर्ने विज्ञता भएको आधारमा मात्रै अनुमति पाउने भएको हुँदा यस्तो सेवा प्रदान गर्ने संस्थाले नियमनको दायराभित्र रहेर काम गर्नुपर्ने भएको हुँदा विदेशबाट तपाईंहरुले गरेको लगानी सुरक्षित हुने तथा यस क्षेत्रमा काम गरेको अनुभव भएका विज्ञबाट तपाईंहरुको लगानी व्यवस्थापन कार्य हुन्छ । साथै तपाईंहरुलाई सो सेवा अन्तरगत हुने कारोबारको जानकारी प्रदान गर्ने अनलाइन माध्यमको व्यवस्था गरिएको हुन्छ ।

शेयरबजारमा गरिने लगानी बजार जोखिममा निहित हुने भएको हुँदा यसबाट जति जोखिमको सम्भावना हुन्छ समयक्रममा ठूलो लाभको समेत सम्भावना रहन्छ । सामान्यतय बजार परिसूचक झरेर निकै तल आएको बेला गरिने लगानीमा सम्भावित क्षतिको जोखिम न्यून रहन्छ भने बजार परिसूचक उच्च विन्दुमा भएका बेला गरिने लगानीमा सम्भावित क्षतिको जोखिम अत्याधिक रहने गर्दछ । यसका साथै हामीले लगानी गर्ने कम्पनीको आफ्नो व्यवसायको क्षेत्र, उसको सञ्चालन तथा नाफानोक्सान, कम्पनीका सञ्चालक तथा व्यवस्थापकका कारण समेत मुल्यमा उतारचढाव हुने गर्दछ । तसर्थ शेयर बजारमा लगानी गर्नुपूर्व दोश्रो बजारमा निहीत हुने जोखिमका सबैपक्षका बारेमा बुझेर मात्रै आफू स्वयं वा लगानी व्यवस्थापन सेवा मार्फत लगानी गर्नुपर्दछ ।

यसरी शेयर बजारमा आफैंले लगानी गर्दा न्यूनतम रु. १००० बाटै लगानी शुरुवात गर्न सकिन्छ । विस्तारै अनुभव बढ्दै गएपछि लगानी रकमहरु थप्दै जान सकिन्छ । सामान्तय छोटो अवधिको कारोबार भन्दा लामो समयको अवधिको लागि राम्रो मुनाफा आर्जन गर्ने र लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने कम्पनीको छनौट गरेर लगानी गर्न सकेमा दिर्घकालमा शेयरबजारबाट समेत राम्रो मुनाफा आर्जन गर्ने सम्भावना रहन्छ । (क्रमश)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS