IME Life
Beema Board

१२ सूचकलाई दाँजेर हेर्दा एनआईसी एशिया र नबिल बैंकमध्ये कुन देखियो तगडा ?

SPIL
NIC ASIA

काठमाडौं । व्यवसायिक र वित्तीय रूपमा नबिल बैंक र एनआईसी एशिया बैंक एक आपसमा टक्कर दिँदै आएका स्थापित वाणिज्य बैंक हुन् । दुई वाणिज्य बैंकले चालु आर्थिक वर्ष ७९/८० तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले १२ प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest
चुक्ता पुँजीको आधारमा :  एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ भने नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ०५ करोड रहेको छ । एनआईसी एशिया बैंकले विगत दुई आर्थिक वर्ष देखि लाभांश दिएको छैन ।

रिटेण्ड अर्निङ्गको आधारमा :  रिटेण्ड अर्निङ्गलाई हेर्ने हो भने एनआईसी एशिया बैंक अघि छ । एनआईसी एशिया बैंकको रिटेण्ड अर्निङ्गमा ३ अर्ब ०२ करोड रहेको छ भने नबिल बैंकको रिटेण्ड अर्निङ्गमा १ अर्ब ७७ करोड रहेको छ।

जगेडा कोषको आधारमा :  जगेडा कोषलाई हेर्ने हो भने नबिल बैंकको बढी छ । नबिल बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड रहेको छ भने एनआईसी एशिया बैंकको जगेडा कोषमा १४ अर्ब १९ करोड रहेको छ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ७९/८० तेश्रो  त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले ३ खर्ब १४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले ३ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी ३  खर्ब २३ अर्ब कर्जा प्रवाह गरेको छ।

खुद व्याज आम्दानीको आधारमा :  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकले ९ अर्ब २१ करोड खुद व्याज आम्दानी गरेकोमा नबिल बैंकले १२ अर्ब १० करोड खुद व्याज आम्दानी गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ७९/८०को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले ४ अर्ब ०१ करोड खुद नाफा गरेकोमा नबिल बैंकले ५ अर्ब ११ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : एनआईसी एशिया बैंकको किताबी मूल्य २४८ रुपैयाँ ८८ पैसा छ भने नबिल बैंकको किताबी मूल्य २०१ रुपैयाँ ०७ पैसा छ।

वार्षिक प्रति शेयर आम्दानी :  वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकको वार्षिक प्रति शेयर आम्दानी ४६ रुपैयाँ छ भने नबिल बैंकको वार्षिक प्रति शेयर आम्दानी २५  रुपैयाँ छ ।

बजार मूल्य :  वैशाख ७ गतेको बजार मूल्य अनुसार एनआईसी एशिया बैंकको बजार मूल्य ७३४ रूपैयाँ रहकोमा नबिल बैंकको बजार मूल्य ६२० रूपैयाँ रहेको छ।

वितरण योग्य मुनाफा : आर्थिक वर्ष ७९/८० तेश्रो त्रैमासम्मको वित्तीय विवरणको आधारमा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ०२ करोड रहेकोमा नबिल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रहेको छ।

खराब कर्जा :  एनआईसी एशिया बैंकको खराब कर्जा शुन्य दशमलव ८५  प्रतिशत रहेकोमा नबिल बैंकको ३ दशमलव ८७ प्रतिशत छ ।

मूल्य आम्दानी अनुपात :  वैशाख ७ गतेको बजार मूल्य अनुसार एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात १५ गुणा रहेको छ भने नबिल बैंकको २४ गुणा रहेको छ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर  कारोवार प्रयोजनका लागि होइन।  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

9%

दु :खी

9%

अचम्मित

9%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS