IME Life
Beema Board

आजको बजार वृद्धिको ट्रेण्ड र ठूला ब्रोकरको फ्लोरसिटलाई हेर्दा के देखियो ?

SPIL
NIC ASIA

काठमाडौं । सरकारले जग्गाको कित्ता काट खोल्नु, प्रणालीमा तरलता सहज र केही वित्तीय सस्थाहरूले कर्जाको विज्ञापन गर्दा आर्थिक क्रियाकलाप वृद्धि हुने अपेक्षा सहित आज नेप्से परिसूचकमा वृद्धि भएको देखिन्छ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १५ दशमलव १३ अंकले वृद्धि हुँदै १९२० दशमलव १२ विन्दुमा बन्द भएको छ ।

आजको बजार वृद्धिको ट्रेण्ड हेर्दा सुरूको १५ मिनेट बजार आक्रामक सिधा भर्टिकल लाईनमा वृद्धि भएको र त्यस पश्चात बजारमा विक्री चाप देखिएको थियो तर बजार बन्द हुनु ३० मिनेट अघि बजारमा पुन खरिदकर्ता आएसंगै बजारमा दोहोरो अंकको वृद्धि देखिएको हो ।

Prabhu
Crest

बजारले आज इण्ट्राडेमा १९०३ को विन्दुलाई न्यून विन्दु बनाएको छ । यसले गर्दा पनि बजारले १९०० को मनोबैज्ञानिक क्षेत्रलाई सपोर्ट बनाएको देखिन्छ ।

आज ब्रोकरहरूको कारोबारलाई हेर्दा ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोबार भएको देखिन्छ । ब्रोकर नम्बर ५८ बाट १९ करोड ४७ लाखको कारोबार भएको छ । जसमा ४ करोड ७२ लाखको खरिद र १४ करोड ७५ लाखको विक्री भएको देखिन्छ । सर्वाधिक कारोबार गरेको ब्रोकर नम्बर ५८ बाट खरिदको तुलनामा १० करोड धेरै विक्री भए पनि आज ५८ नम्बर ब्रोकरबाट ८ करोड ८३ लाखको स्वावलम्बन लघुवित्तको सस्थापक शेयर विक्री भएको हो । सो सस्थापक शेयर म्याचिङ्ग नभएर अरू ब्रोकरबाट खरिद भएको कारणले गर्दा ब्रोकर नम्बर ५८ को खरिद र विक्रीमा ठूलो अन्तर देखिएको हो ।

त्यस्तै आज शेयर कारोबार गर्ने शिर्ष ५ ब्रोकरलाई हेर्दा दोश्रो, तेश्रो र चौथो नम्बरमा रहेका ब्रोकरले विक्रीको तुलनामा खरिद धेरै गरेका छन् भने पाँचौ स्थानको ब्रोकरबाट विक्री धेरै भएको छ ।

 

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS