IME Life
Beema Board

बैंकको बेस रेट घट्यो, कर्जा सस्तो हुँदै

SPIL
NIC ASIA

काठमाडौं । सस्तो ब्याज की महँगो ब्याज ? यसलाई निर्धारण गर्ने प्रमुख तत्व भनेको आधारदर अथवा बेस रेट हो । बेस रेटमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह हुन्छ । सामान्यतया बैंकले महँगो दरमा निक्षेप संकलन गर्दा बेस रेट धेरै हुने र सस्तोमा निक्षेप संकलन गर्दा बेस रेट कम हुने गर्छ ।

केही समय देखि बैंकको निक्षेपको ब्याज दर घट्दै छ । पुष महिनामा वाणिज्य बैंकहरुको औसत  निक्षेपको ब्याज दर ८ दशमलव ५१ प्रतिशत रहेकोमा माघमा ८ दशमलव ४१ हुँदै फागुनमा ८ दशमलव ३७ प्रतिशत पुगेको छ । यसरी हेर्दा दुई महिनाको अवधिमा शून्य दशमलव १३ प्रतिशत विन्दुले निक्षेपको औसत ब्याज दर घटेको छ ।

Prabhu
Crest

निक्षेपको ब्याज घट्दा वाणिज्य बैंकको बेस रेट पनि केही सस्तिएको छ । बेस रेट पनि दुई महिना देखि घट्दो ट्रेण्डमा छ । पुष मसान्तमा बेस रेट १० दशमलव ९१ प्रतिशत रहेकोमा अहिले घटेर १० दशमलव ६४ प्रतिशत पुगेको छ । यसरी हेर्दा दुई महिनाको अवधिमा शून्य दशमलव २८ प्रतिशत विन्दुले बेस रेट  घटेको छ ।

कर्जाको ब्याज भने फागुनसम्म घटिसकेको छैन । माघमा वाणिज्य बैंकको औसत कर्जाको ब्याज १३ दशमलव ०३ रहेकोमा फागुन महिनामा पनि त्यही रहेको छ तर कर्जाको ब्याज बढ्ने प्रवित्तिमा भने ब्रेक लागेको छ । आधार दर घट्ने सुरु भएकोले अब विस्तारै कर्जाको व्याज दर घट्ने देखिन्छ । फेरी वैशाख देखि वाणिज्य बैंकले निक्षेपको ब्याज एकल अंकमा झारेका छन् यसले पनि भविष्यमा ब्याज घटाउन सहयोग पुग्ने देखिन्छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS