IME Life
Beema Board

मर्जर पछि सानिमा रिलायन्स लाइफको सिइओमा शिवनाथ पाण्डे भित्रिदै

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई भित्र्याउन लागेको बिशेष स्रोतले इन्स्योरेन्स खबरलाई बताएको छ । दुबै कम्पनीको आज सम्पन्न साधारणसभाले मर्जरको विशेष प्रस्ताव पारित गरि सकेको छ । दुबै कम्पनीले आगामी चैत  महिना भित्रै एकिकृत कारोबार गर्ने योजना बनाएका छन ।

मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दुबै कम्पनीको संयुक्त मर्जर कमिटीले विद्यमान सिइओ भन्दा तेस्रो व्यक्तिको रुपमा पाण्डेलाई भित्र्याउने निर्णय गरेका हुन् । पाण्डे साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । पाण्डेले थोरै कार्यकाल बाँकी छदै पदबाट राजिनामा दिएर बाहिरिएका थिए । उनले बीमा क्षेत्रबाटै बाहिरिने भन्दै राजिनामा दिएका थिए ।

Prabhu
Crest

उनि २०७७ मंसिर एक गतेदेखि बीमा क्षेत्रबाट बाहिरिएका थिए । उनि बीमा क्षेत्रमा २ वर्ष भन्दा लामो अवधि पछि पुनः फर्किएका हुन् । पाण्डे सूर्या लाइफमा प्रवेश गर्नु अगाडी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । तत्कालिन सूर्या लाइफका अध्यक्ष तथा नेपाल सरकारका पुर्व सचिव केशव प्रसाद भट्टराईले उनलाई प्रमुख कार्यकारी अधिकृतमा आउन अनुरोध गरे पछि बीमा क्षेत्रमा भित्रिएका थिए ।

चार्टर्ड एकाउन्टेन्ट पाण्डेका लागि तत्कालिन समयमा बीमा क्षेत्र बिल्कुल नयाँ थियो । क्षेत्र नयाँ नै भए पनि उनले कम्पनीलाई केही माथि ल्याउन सफल पनि भए । हक्की स्वभावका पाण्डे जीवन बीमा कम्पनीहरुको उच्च व्यवस्थापकहरुको छाता संगठन ‘नेपाल जीवन बीमक संघको संस्थापक अध्यक्ष समेत हुन् ।

सानिमा र रिलायन्स लाइफको मर्जर कमिटी हालका सिइओहरु प्रति सन्तुष्ट छैन । त्यसैले मर्जर कमिटीले दुबैलाई डिसिइओमा बस्न अफर गर्नेछन् । यदि उनिहरु डिसिइओमा बस्न नमानेमा कम्पनीले भिआरएस सुविधा सहित विदा गर्ने योजना बनाएको छ । यसै क्रममा मर्जर पछि बन्ने कम्पनीको नेतृत्व गर्न हक्की स्वभावका पाण्डेलाई नियुक्त गर्न लागेको हो ।

हाल सानिमा लाइफको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया छन् । उनि २०७७ असोजदेखि सानिमा लाइफको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनको अझै २ वर्ष कार्यकाल बाँकी छ । त्यस्तै रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल छन् । उनि २०७८ पुसदेखि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनको अझै तीन वर्ष कार्यकाल बाँकी छ ।

अहिलेसम्म मर्जर सम्पन्न भएका बीमा कम्पनीहरुले दुई कम्पनी मध्ये एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई नै दोहोर्याएका छन् भने अर्को कम्पनीको सिइओलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%

खुसी

22%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS