IME Life

अभिकर्ता लाइसेन्स नविकरणका लागि यथाशिघ्र चार वटा कागजात पेश गर्न प्राधिकरणको निर्देशन, नत्र नविकरण हुँदैन !

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका अभिकर्ताहरुलाई अभिकर्ता नविकरणका लागि यथाशिघ्र चार प्रकारका कागजातहरु बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले अभिकर्ताहरुलाई आफु कार्यरत बीमा कम्पनीको कार्यालयमा यथाशीघ्र सम्पर्क गर्न सूचित गरेको छ ।

अभिकर्ताहरुले आफु कार्यरत बीमा कम्पनीको शाखा कार्यालयमा गएर एसएलसी वा सो भन्दा माथिको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र पेश गर्नु पर्नेछ । अभिकर्तालाई सकेसम्म आफ्नो अधिकतम शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न अनुरोध गरिएको नेपाल बीमा प्राधिकरणका सहायक निर्देशन तथा अभिकर्ता विभागका प्रमुख शम्भु प्रसाद मिश्रले जानकारी दिए ।

Prabhu
Crest

अभिकर्ताले नेपाली नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । त्यस्तै पासपोर्ट साईजको फोटो एक थान र स्थायी लेखा नम्बर प्यान कार्ड समेत उपलब्ध गराउनु पर्ने प्राधिकरणले जनाएको छ ।

बीमा ऐन २०७९ को दफा ९१ को उपदफा ७ बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले सम्पुर्ण अभिकर्ताहरुलाई आफु कार्यरत बीमकका कार्यालयहरुमा यथाशीघ्र सम्पर्क गरेर यस्तो विवरण पेश गर्ने निर्देशन दिएको हो ।

तोकेबमोजिमका उक्त कागजातहरु यथाशीघ्र बीमा कम्पनीको शाखा कार्यालयमा नबुझाए बीमा अभिकर्ता इजाजतपत्र नविकरण नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पटक पटक फरक फरक किसिमका कागजपत्र आह्वान गरेर बीमा कम्पनी तथा अभिकर्ताहरुलाई हैरान पारिरहेको छ । सफ्टवेयर प्रणालीलाई एकै पटक विकास गर्न नसक्दा यस्तो अवस्था आएको हो ।

प्राधिकरणले अभिकर्ताको लागि गएको वर्षमै सफ्टवेयर तयार पारेको थियो । तर उक्त सफ्टवेयरमा अहिले भनिएका विवरण उल्लेख छैन् । त्यतिवेला पनि बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताको विवरण सफ्टवेयर प्रणालीमा इन्ट्रि गरिसकेका छन् । केहि समय अगाडी अभिकर्ताहरुको प्यान कार्ड र नागरिकता नम्बरका साथै अंग्रेजीबाट नाम राख्न निर्देशन दिएको थियो । यसरी पटक पटक फरक फरक किसिमका विवरण सहितको निर्देशन दिदा बीमकहरुले आक्रोश पोख्दै आएका छन् ।

बीमकहरुले आक्रोस पोखे पनि नेपाल बीमा प्राधिकरणले भने ऐन अनुसार एक अभिकर्ता एक बीमा कम्पनीको कानुनी व्यवस्था कार्यान्वयन गर्नु पर्ने बाध्यताका कारण यस्तो गर्नु परेको जनाउदै आएको छ । अहिले एउटै व्यक्ति दुई वा दुई भन्दा बढी कम्पनीमा अभिकर्ताको काम गर्दै आइरहेका छन् । पुरानो ऐन अनुसार यो काम गैर कानुनी थिएन । तर नयाँ ऐनले पहिला भइरहेको कामलाई स्वत गैर कानुनी बनाउदा अभिकर्ता र बीमा कम्पनीले हैरानी भोग्नु परेको छ ।

अभिकर्ताको यस्तो विवरण प्राधिकरणको अनलाइन प्रणालीमा इन्ट्रिका लागि कम्पनीहरुलाई आवस्यक मात्रामा युजर दिन सकिने प्राधिकरणले जनाएको छ । यहि चैत मसा्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण गरिसक्नु पर्ने बाध्यता रहेको छ । यदि बीमा कम्पनीहरुले अहिलेदेखिनै अभिकर्ताको उक्त विवरण प्रणालीमा इन्ट्रि गरिसक्ने हो भने चैत ८ गते भित्र सम्पुर्ण कागजपत्र इन्ट्रि भइसक्ने र प्रणालीबाटै दोहोरो अभिकर्ता लाइसेन्सको फिल्टर सुरु हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले अनलाइन प्रणालीबाटै नविकरण गर्न मिल्ने व्यवस्था मिलाएको हुँदा अहिले इन्ट्रि गरिएका विवरणहरु प्यान नम्बर र नागरिकता नम्बरले सहज बनाउनेछ ।  नागरिकता नम्बर एउटै हुन सक्ने हुँदा दोहोरो अभिकर्तालाई फिल्टर गर्न नसकिने भए पछि प्राधिकरणले अहिले प्यान नम्बरबाट फिल्टर गर्ने प्रयास गरेको छ । प्यान नम्बरमा पनि त्रुटी आउन सक्ने सम्भावनालाई हेर्दै अभिकर्ताको अन्य सहयोगी कागजात  समेत पेश गर्न निर्देशन दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

74%

खुसी

0%

दु :खी

4%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS