IME Life
Beema Board

यस्ता छन् नेपाल लाइफ कर्मचारी युनियनको १५ बुँदे माग, सञ्चित विदाको अवधि बढाउने लगायत यस्ता छन्

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफका कर्मचारी १५ बुँदे माग राख्दै हिजो आइतबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले लिखित सहमतिलाई समेत वेवास्ता गरी सम्पुर्ण कर्मचारीको मनोबलमा नैराश्यता आउने काम गरेको भन्दै आन्दोलन गरेका हुन् ।

समग्र कम्पनीको बृहत्तर हितको लागि नभएर कम्पनीलाई आर्थिक भार पर्ने गरी व्यवस्थापन पक्षबाट गरिएको यस दुःखद कार्यप्रति कर्मचारी युनियनले गम्भिर ध्यानाकर्षण गराएको छ । युनियनले आफ्ना १५ बुँदे मागको यथाशिघ्र सम्बोधन गरि कर्मचारीको उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइ कम्पनीलाई अझ बढी सर्वाधिक विश्वासिलो बनाउन अनुरोध गरेको छ । युनियनले निम्न १५ बुँदे माग राखेको छ ।

Prabhu
Crest

१. कर्मचारी बढुवा : कर्मचारी पदोन्नतिको व्यवस्थालाई दक्षता, जिम्मेवार, शैक्षिक योग्यता र जेष्ठताको आधारमा नियमित गराउने व्यवस्था गर्नुहुन र यो व्यवस्था आर्थिक वर्षको सुरु, अर्थात श्रावण एक गतेदेखि नै लागु गर्नु पर्ने ।

२. घरजग्गा खरिद कर्जा सुविधा : घरजग्गा साप६ कर्जा सुविधामा परिमार्जन गर्ने भनिएतापनि हालसम्म संशोधन नभएकोले यथाशक्य समयसापेक्ष परिमार्जन गर्नुपर्ने ।

३. दैनिक भ्रमण भत्ता सम्बन्धमा : कर्मचारी विनियमावली बमोजिम कर्मचारीहरुले खाइपाइ आएको दैनिक भ्रमण भत्ता रकम रोकिएकोले आगामी दिनमा पनि विद्यमान कर्मचारी विनियमावली अनुसार नै उपलब्ध गराइनुपर्ने ।

४. सार्वजनिक विदा : बीमा प्राधिकरणले जारी गरेको संस्थागत सुशासन तथा श्रम ऐनको व्यवस्था बमोजिम कर्मचारीहरुलाई सार्वजनिक विदाको दन काममा लगाउँदा सट्टा विदा वा श्रमको उच्च मूल्याङ्कन गरी सो दिनको प्रचलित नियमानुसार ओभरटाइम रकम उपलब्ध गराउनु पर्ने ।

५. पोशाक सुविधा : कम्पनीमा कार्यरत कर्मचारीलाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको कार्यालय पोशाक हाल रोकिएकोले तुरुन्तै उपलब्ध गराउनुपर्ने ।

६. बीमा : कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारीको (ज्यालादारी, करार, परिक्षणकालमा कार्यरत तथा स्थायी) अनिवार्य बीमा गराउनुपर्ने ।

७. तालिम तथा मिटिङ : कर्मचारीहरुलाई अफिससम्बन्धी कुनै सुजाव तथा निर्देशन वा तालिम दिनु परेमा कार्यालय समयभित्र गर्नुपर्ने ।

८. मिठाइ खर्च : कम्पनीको स्थापनाकालदेखि कर्मचारीहरुलाई उपलब्ध गराउदै आएको मिठाइ खर्च लगायत वार्षिकोत्सव खर्च बापतको रकम समयमै उपलब्ध गराउनुपर्ने ।

९. अतिरिक्त रकम : जोनल हेड, क्षेत्रीय प्रबन्धक, विभागीय प्रमुख, शाखा तथा उपशाखा प्रमुखहरुलाई प्रमुख सुविधा भत्ताको व्यवस्था गरिनुपर्ने ।

१०. घर तथा विरामी विदा : कर्मचारीलाई घर विदा १८० दिन र विरामी विँदा १५० दिन सञ्चित विदा कायम गरिनुपर्ने ।

११. इन्धन तथा सञ्चार सुविधा : कर्मचारीलाई उपलब्ध गराइदै आएको इन्धन तथा सञ्चार सुविधा परिमार्जन गरिनुपर्ने ।

१२. ग्रेड : आधारभुत पारिश्रमिकको ५ प्रतिशतका दरले प्रत्येक वर्ष श्रावण महिनादेखिको तलब स्केलमा एक ग्रेड थप बृद्धि गर्दै लैजानुपर्ने ।

१३. मोटरसाइकल सुविधा : कर्मचारीलाई उपलब्ध गराइदै आएको मोटरसाइकल सुविधा तथा मोटरसाइकल ऋण सुविधालाई समयानुकल हुने गरि ऋण तथा सुविधा रकम बृद्धि गरिनुपर्ने ।

१४. चारपाङग्रे सुविधा : मार्केटिङ्ग अन्तर्गत कार्य गर्ने कर्मचारीलाई बरिष्ठ अधिकृतदेखि र सहायक प्रवन्धकदेखि सम्पुर्ण कर्मचारीलाई चारपाङ्ग्रे सुविधा उपलब्ध गराइनु पर्ने ।

१५.  सरुवा : कर्मचारीको सरुवा गर्दा कम्पनीको वृहत्तर हित हुने गरि र घर पायक पर्ने गरि मात्रै गरिनु पर्न ।

कम्पनीले कर्मचारीलाई प्रोत्साहन स्वरुप प्रदान गर्दै आएका सुविधाहरु अझै समय सापेक्ष बढाउदै लैजानुपर्नेमा हाल कम्पनीबाट कटौती भएका सुविधाहरु प्रति युनियनले गम्भिर आपत्ती जनाएको छ । नेपाल लाइफले कर्मचारी विनियमावली संसोधन गर्ने प्रकृयाँमा छ । अर्को तर्फ कर्मचारीहरुको सेवा सर्तका विषयमा पनि मापदण्ड परिवर्तन गर्ने योजना बनाए पछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । तर कम्पनीका अनुसार यो विषयमा अझै पनि कम्पनीले टुङ्ग्याइसकेको छैन । तर कर्मचारीहरुले भने यस विषयमा तयार भएको मस्यौदालाई आधार मानेर विरोध जनाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

3%

दु :खी

3%

अचम्मित

5%

उत्साहित

3%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS