IME Life
Beema Board

तीजको दरमा ‘दर’ नै हराएपछि !

SPIL
NIC ASIA

काठमाडौं । हरितालिका तीजको पूर्वसन्ध्या, दर खाने कार्यक्रम लगभग लगभग अन्तिम चरणमा पुगेको छ । भोली विहान घामले किरण छर्नुअघि नै शिवालयको ढोकामा दर्शनका लागि पुग्नुपर्ने छ । सयौंको संख्यामा आउने श्रद्धालु भक्तजनको भिडलाई उछिन्दै दर्शन गर्न कम्ता मुस्किल हुँदैन । आज वेलुकीसम्म दर खाने र भोली दिनभरी निराहार व्रत बसी पूजापाठ, नाचगान गर्दै दिन विताउनुछ । वर्ष दिन भरि कर्मघरमा भोगेको सुख दुखलाई माइतीघरमा दिदी बहिनीसँग पोखाउने चाडको रुपमा लिइन्छ हरितालिका तीजलाई । तर विगत केहि वर्षयता भने तीजको नाममा देखावटीपन बढी देखिन थालेको छ । कतै यहि देखावटीले संस्कृतिलाई विकृति तर्फ त मोड्दै छैन ?

विवाहितले श्रीमानको दिर्घायुको कामना गर्दै र विवाह नभएकाले शिव जस्तै श्रीमान् पाओस् भनि तीजको दिन निराहार व्रत बस्ने गरिन्छ । यो दिन बसेको व्रतले मनोकांक्ष पूरा हुन्छ भन्ने विश्वास पनि छ । तीजको अघिल्लो दिन विशेष गरि दर (खिर) सहित अन्य परिकार खाने गरिन्छ । दिदीबहिनी माइत आई खुशीसाथ मनाइने तीजलाई आधुनिक बन्ने जमर्काे गर्दै गरेको नेपाली समाजले पार्टी प्यालेससम्म तानेको छ । तीज आउनुभन्दा एक महिना अगावै पार्टी प्यालेसमा दर खाने निम्तोले भ्याई नभ्याई छ नेपाली दिदीवहिनीलाई । आफ्नो अथवा श्रीमानको कमाइले धानोस् कि नधानोस्, महंगो साडी र नयाँ नयाँ डिजाइनको गहनाले झपक्क ढाकेर दिनहुँ पाटी गर्न धाउनु सामान्य नै भइसक्यो । अरुभन्दा के कम भन्ने सोचले तीज तीज जस्तो नभई गरगहना र साडी प्रदर्शन गर्ने चाड जस्तै बनेको छ ।

Prabhu
Crest

एक महिना अगाडीदेखि सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राम तीजको फोटोले भरिएको छ । ‘जेलैमा हो जेलैमा चरी जेलैमा’ भन्दै हातमा वियर, रक्सीको गिलास ठड्याएको भिडियो यत्रतत्र देख्न पाइन्छ । थरिथरिका परिकार र ब्रान्डेड रक्सीले भरिएको टेबलमा यो गीत गुन्जदा केहि नमिलेको हो कि जस्तो भान हर कोहिलाई भएको छ । अझ भन्नुपर्दा, दर खाने दिनमा दरलाई ‘दारु’ले रिप्लेस गरेको छ, दर नै हराएको छ । यसले गर्दा हाम्रो संस्कार संस्कृति नै हराउने हो कि भन्ने भान हुन थालेको छ ।

विशेषत हिन्दु नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तीज आज भोली भने हरेक समाजका महिला दिदीबहिनीहरुले मनाउने गरेका छन् । कुनै समुदायको संस्कृतिलाई अर्काे समुदायले अपनाउनु आफैमा गर्वको कुरा हो । तर संस्कृतिको महत्व नै हराउने गरि नयाँपन ल्याउनु भने पक्कै पनि संस्कृतिको अपमान गर्नु हो, संस्कृति मास्नु हो ।

पछिल्लो समय महिला वर्गलाई आकर्षित गरेको तीजले सबै बर्ग जातजाति र विभिन्न समुदायलाई तानेको देखिन्छ। तीज मनाउन हुरुक्क भएर रेष्टुरा, होटल र पार्टी प्यालेसमा जम्मा भएर दरका नाममा रमाईलो गर्नमा महिलाहरुको होडवाजी छ । पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले पनि तीज कार्यक्रमलाई प्रथामितामा राखेर तीज मनाउँदै आइरहेको पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS