IME Life
Beema Board

बीमाबाट दाबी पाउन दाङका टिप्पर धनीले गरेका थिए फुल इन्स्योरेन्स, पाउलान् दाबी भुक्तानी ?

SPIL
NIC ASIA

काठमाडौं । विप्लव नेतृत्वको नेकपा सहित चार कम्युनिष्ट पार्टीले हिजो संयुक्त विज्ञप्ती जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेका थिए । प्रायः विप्लवको बन्द हिंसात्मक हुने गरेको छ । विप्लब नेत्रृत्वको आन्दोलनकारीहरुले नेपाल बन्दको अवज्ञा गर्ने सवारीसाधनलाई क्षति पुर्याउनेदेखि लिएर बम राख्नेसम्मको काम गरे ।

सोही क्रममा विभिन्न स्थानबाट घटनाको विवरण आउने क्रममा दाङमा रा १ ख १६९४ नम्बरको टिप्पर जलाएको घटना एका विहानैको पहिलो समाचार बन्यो ।

Prabhu
Crest

तर प्रहरीले घटना भएको स्थलमा गएर अनुसन्धान गर्दा उक्त घटना आन्दोलनकारीले नघटाएको संका गर्यो । संकाकै भरमा प्रहरीले टिप्परका चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर केरकार गर्ने क्रममा उनिहरु आफैले सवारी साधनधनीले बताए अनुरुप आगो लगाएको बयान दिएका छन् । उनिहरुको यस्तो बयान सँगै प्रहरीले सवारीधनी धनेश्वर भण्डारीलाई पनि नियन्त्रण लिइसकेको छ ।

दाङ जिल्ला प्रहरी कार्यकालयका एसपि सुरेश काफ्लेका अनुसार सवारीधनी भण्डारीले ४ महिना अगाडी नेपाल इन्स्योरेन्स कम्पनीमा फुल इन्स्योरेन्स गरेका थिए । उनले जुसुकै क्षति भए पनि दाबी पाउने गरी ४० लाख ४३ हजार रुपैयाँ बीमाङ्कको बीमा गरेका थिए ।

टिप्पर धेरै नै बिग्रिएको र थप मर्मत गरेर सञ्चालन गर्दा धेरै नै लागत लाग्ने भए पनि सवारीधनी भण्डारीले यस्तो जुक्ति निकालेको पाइएको छ । यसरी सुनियोजित रुपमा गराइएको घटनाबाट सवारीधनीले दाबी पाउलान् त ? प्रचलित कानुनी व्यवस्था अनुसार यदि सवारीधनी आफैले बीमा कम्पनीबाट दाबी पाउने नियतले सवारी साधन जलाएमा दाबी नपाउने बीमा समितिका उपनिर्देशक विरोध भट्टले जानकारी दिए । तर सवारीधनीलाई थाहाँ नदिइ चालक तथा सहचालकले सवारी साधन नष्ट गरिदिने नियतले जलाएमा भने दाबी पाउने उनले बताए ।

प्रहरीले भने पक्राउ परेका तीनै जनामाथि आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ को उपदफा १ र २ बमोजिमको परिभाषित कसूरमा सोही दफाको उपदफा ३ ‘ग’ बमोजिम एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।

बीमा आकस्मिक रुपमा हुने दुर्घटनाको क्षतिपुर्ती पाउनका लागि गरिन्छ । जहाँ क्षतिको सम्भावना रहन्छ तर क्षति पुग्छ भन्ने निश्चित हुँदैन । बीमा नाफाका लागि नभई क्षति हुँदा क्षतिपुर्तीका लागि गरिने भएकाले एउटै सम्पत्तीको बीमा दुई वा सोभन्दा बढि कम्पनीमा गर्न मिल्दैन । बीमा कम्पनीहरुले पनि बीमा शुल्कका लागि एउटै सम्पत्तीको बीमा गरेका रहेछन् भने दाबी भुक्तानी एउटा कम्पनी मात्रै प्राप्त हुन्छ । त्यसैले बीमा क्षतिपुर्तीको सिद्धान्त अनुरुप सञ्चालन हुन्छ ।

सवारी साधन पुरानो हुँदै गएपछि मर्मत गर्न लाग्ने लागतको आकार बढ्दै जाने हुँदा सवारी धनीहरुले योजना बनाएर आगो लगाउने गरेका छन् । हुलदंगा, हड्तालमा आगो लाग्दा बीमा दाबी गर्न सजिलो हुने भएकोले पनि सवारीधनीहरुले यस्ता मौका हेर्ने गरेका छन् ।

नेपालमा सवारीसाधनको बीमा अनिवार्य छ । बीमा नगरी सवारीधनी पुर्जा पनि नविकरण नहुने साथै तेस्रो पक्ष बीमा नभइ चलाउन पनि नपाइने व्यवस्थाका कारण पनि लगभग सबैले बीमा गर्छन् । बीमा गर्दैमा क्षतिपुर्ती पाइन्छ भन्ने हुँदैन । यसका निश्चित मापदण्डहरु छन् ।

निम्न अवस्थामा सवारीधनीले बीमा दाबी रकम पाउन सक्छन् :- 

१. आगलागी, चट्याङबाट सवारी साधन वा सोमा जडित पार्ट पूजाको विष्फोट भएमा,

२. बाढी, पहिरो, डुवान, भू–स्खलन,

३. भूकम्प, आँधीबेहरी, असिना, हिउँ, तुषारो,

४. आकस्मिक दुर्घटनाजन्य वाह्य कारणहरु,

५. सवारी साधनको प्रयोगबाट भएको ह्रासको परिणम स्वरुपवा यान्त्रिक वा विद्युतिय अवरोध, टुटफुटको कारणले सवारी साधन दुर्घटना भई भएको क्षति, हानि नोक्सानी,

६. चोरी, सेंधमारी वा नकवजानी, सडक, रेल, आन्तरिक जलमार्ग, लिफ्ट वा एलिभिेटरमा ओसार पसार गर्दा सवारी साधनमा हुने क्षतिपूर्तिलाई बीमकले भुक्तानी दिने गरेको छ ।

त्यस्तै निम्न अवस्थामा सवारीधनीहरुले आफ्नो सवारीसाधनको क्षति भएपनि दाबी रकम पाउन सक्दैनन्:-

१. सवारी साधनको प्रयोगाट भएको ह्रास यान्त्रिक वा विद्युतिय अवरोध टुुटफुट भएको अवस्थामा,

२.  सवारी साधन दुर्घटना नभएको अवस्थामा भएको टायर, ट्युबको क्षति,

३. सवारी साधनको चोरी नभएको अवस्थामा भएको पार्टपूर्जा मात्रको चोरी, सेंधमारी वा नकवजी,

४, चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको कारणले भएको क्षति, हानि नोक्सानी,

५. सवारी साधनप्रति बीमितको हक हित पपिरवर्तन वा समाप्त भएको पैतिस दिन नाघेको अवस्थामा भने क्षतिपूर्ति प्राप्त गर्न सकिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS