IME Life
Beema Board

मर्जर पछि ‘हिमालयन एभरेष्ट’को चुक्ता पूँजी २ अर्ब २३ करोड पुग्ने, कस्तो होला तीन दशकका दुई कम्पनीको मिलन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले तय गरेको स्वाप रेसियो पछि चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ पुग्ने भएको छ । स्वाप रेसियो (१:०.८५) अनुसार हिमालयन इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी यथावत रहनेछ ।

तर स्वाप रेसियोका कारण एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर पूँजी भने एक अर्ब ६ करोड रुपैयाँमा सिमित हुने भएको छ । हाल एभरेष्टको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ छ । स्वाप रेसियोबाट बाँकी रहेको १९ करोड रुपैयाँ जगेडा कोषमा जानेछ । यो रकमलाई नगद लाभांशको रुपमा वितरण गर्न पाइदैन । त्यसैले यस रकमबाट कम्पनीले बोनस शेयर वितरण गर्न सक्ने छ ।

Prabhu
Crest

हाल हिमालयनको जेगडा कोषमा २२ करोड ९५ लाख रुपैयाँ रहेको छ भने एभरेष्टको ३३ करोड ९ लाख रुपैयाँ छ । मर्जर पछि स्वाप रेसियोबाट बाँकी रहेको पूँजी सहित जगेडा कोषमा ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । अव बीमा समितिले तोकेको चुक्ता पूँजी जुटाउन मर्जर पछिको कम्पनीले बोनस दिएर सजिलै पूँजी जुटाउन सक्ने छ । गत बैशाख महिनामा दुबै कम्पनीले आर्जन गरेको बीमा शल्कलाई जोड्ने हो भने २ अर्ब ५५ करोड रुपैयाँ नाघ्छ ।

मर्जर पछि कस्तो होला ?

नेपालको बीमा उद्योगमा २८/२९ वर्षदेखि सक्रिय दुई कम्पनी मर्जर हुँदा कस्तो सिनर्जी प्राप्त होला भन्ने चर्चा सुरु भएको छ । दुबैले लगभग तीन दशकको अनुभव बढुलेका छन् । यस अवधिमा एभरेष्ट इन्स्योरेन्स कम्पनी चरम संकटबाट गुज्रिएर पछिल्लो समय प्रतिस्पर्धी कम्पनीको रुपमा स्थापित भइसकेको छ ।

दुबैको वित्तीय अवस्थालाई विश्लेषण गर्ने हो भने लगभग सबै सूचकमा केहि मात्रै तल माथि छ । शेयर बजार मूल्य, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, चुक्ता पूँजी लगायतका सूचकमा खासै फरक देखिदैन । बीमा शुल्क आर्जनको संरचनामा भने केहि फरक छ । यसले कम्पनीलाई भोलिका दिनमा थप सिनर्जी दिन सक्ने देखिन्छ ।

अहिले एभरेष्ट इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै मोटर बीमामा केन्द्रित छ । एभरेष्टको कुल बीमा शुल्क आर्जनको ४१ प्रतिशत व्यवसाय मोटर बीमा अन्तर्गतछ । त्यस्तै हिमालयनको विशेषता हाइड्रोपावर हवाई बीमा तर्फ छ । नेपालका लगभग ठुला जलविद्युत कम्पनीको बीमा हिमालयन इन्स्योरेन्सबाटै हुने गरेको छ । कम्पनीको सम्पुर्ण व्यवसायमा जलविद्युतको हिस्सा २५ प्रतिशत भन्दा माथि छ भने हवाईको २२ प्रतिशत छ । तर हिमालयनको मोटर तर्फ जम्मा २१ प्रतिशत मात्रै छ । दुई कम्पनी एक आपसमा मर्ज हुँदा मोटर सँगै एभिएसन, हाइड्रोपावरको कम्विनेसले कम्पनीलाई सबल बनाउने देखिन्छ ।

शेयरधनी संरचनालाई हेर्ने हो भने दुबैको उस्तै किसिमको देखिन्छ । तर एभरेष्टको संस्थापक शेयर हकप्रद मार्फत स्थापित भएको हुँदा मर्जर पछि संस्थापकको शेयर कारोबारमा केहि समस्या आउन सक्छ ।

शाखा व्यवस्थापन र कर्मचारी व्यवस्थापन भने कर्मचारीका लागि चुनौतीपुर्ण छ । दुबै कम्पनीको अधिकाम्स प्रमुख शहरहरुमा शाखा रहेकाले १५ वटा भन्दा बढि स्थानमा दोहोरिने देखिन्छ । जस्तो बनेपा, हेटौडा, पोखरा, धनगढी, विराटनगर, सिमरा, नारायणगढ, सुर्खेत, विर्तामोड, दमक, जनकपुर, इटहरी, कावास्वती, नेपालगञ्ज लगायतका स्थानमा शाखा दोहोरिएका छन् ।

एभरेष्ट इन्स्योरेन्समा खेतान समुहको दवदवा छ भने हिमालयनमा राजकृष्ण श्रेष्ठ समुहको छ । श्रेष्ठ समुहको मात्रै लगभग ५० प्रतिशत भन्दा धेरै हिस्सा रहेको छ । त्यस्तै खेतान समुहको ३० प्रतिशत भन्दा माथि छ । एभरेष्टमा खेतान समुहकै लगानी रहेको लक्ष्मी बैंकको १५.७९ प्रतिशत रहेको छ । बैंकलाई समेत जोडेर हेर्दा लगभग ४५ प्रतिशत भन्दा माथि हुन जान्छ । अव मर्जर पछि खेतान समुह तथा लक्ष्मी बैंक सहितको हिस्सा २५ प्रतिशतमा खुम्चिनेछ ।

कम्पनीहरुले शाखा कार्यालय स्थानान्तरण गरेर सहरोन्मुख क्षेत्रमा पठाउने सक्ने भएकाले यो भोलिका दिनमा खासै ठुलो समस्या होइन । तर कर्मचारीको संख्या व्यवस्थापनमा भने केहि समस्या देखिन सक्छ । हाल हिमालयनमा १९५ जना कर्मचारी छन् भने एभरेष्टमा १७१ जना छन् । मर्जर पछि ३६६ जना नाघ्ने छन् । तल्लो तहका कर्मचारीमा खासै ठुलो समस्या नरहे पछि माथिल्लो तहमा भने केहि समस्या देखिन सक्छ ।

अहिले एभरेष्ट इन्स्योरेन्सको तर्फबाट महत्वपुर्ण भुमिका अध्यक्ष राजिभ सापकोटा र हिमालयनको तर्फबाट विजय बहादुर शाहको देखिन्छ । दुबै जना आ-आफ्नो ठाउँमा सक्षम र अनुभवी व्यक्ति भएकाले मर्जरमा केहि सहजता हुने देखिन्छ ।

दुई कम्पनीको मर्जर पछि बन्ने कम्पनीले शिखरलाई चुनौती दिने देखिन्छ । मध्यम किसिमका यि दुई कम्पनीको सफल मर्जर पछि संख्या घट्नुका साथै कम्पनीको क्षमता पनि बढ्ने देखिन्छ । अहिले एकै स्थानमा रहेका शाखालाई अन्य शाखा कार्यालयमा स्थानान्तरण गरेर नयाँ व्यवसाय भित्र्याउन सक्नेछ । साथै एकै ठाउँको व्यवसायलाई दुई वटा शाखा कार्यालयले भित्र्याइरहेकोमा मर्जर पछि एउटै शाखाले भित्र्याउने हुँदा सञ्चालन खर्चमा पनि कमि आउनेछ ।  चुक्ता पूँजी तथा पूँजीकोष नै ठुलो हुने भएकाले कम्पनीको जोखिम बहन गर्ने सक्ने क्षमता बढ्छ । कम जोखिमका व्यवसायलाई आफैले धारण गर्न सक्दा मुनाफामा उल्लेख सुधार पनि आउन सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS