काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले सिन्धुज्वाला हाइड्रोपावरसँग रहेको अपर नेश्यम ४३ मेगावाट र अपर नेश्यम ए २१ मेगावाट गरी कुल ६४ मेगावाट क्षमताको जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।
ती आयोजनामा कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर कायम हुने गरी लगानी गर्नेछ।












