IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकले ४६.६९% ले बढायो नाफा, लाभांश क्षमता १३% माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार बैंकले समीक्षा वर्षमा ८८ करोड ९९ लाख खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्ष २०८१।८२ मा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा बैंकले १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८८ करोड ४४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि ५२.९८ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४२ करोड १ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १६.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७ करोड १४ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड २३ लाख रुपैयाँ रहेको छ। बैंकले १३.१९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ४९ करोड २३ लाख रुपैयाँ र रिजर्भमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको रिटेन्ड अर्निङमा ३६ करोड ८३ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७० करोड २९ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्ष बैंकले ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा वर्षमा बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २३.८३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षमा बैंकको ईपीएस १७.०६ रुपैयाँ थियो। बैंकको पीई रेसियो १६.९५ गुणा र प्रतिशेयर नेटवर्थ १६९.५० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS