IME Life
Beema Board

नेपाल लाइफको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गर्ला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशलाई बीमा समितिले स्वीकृत नगर्ने चर्चाले कम्पनीको शेयर मूल्यमा असर पारेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

तर बजारमा भने कम्पनीले प्रस्ताव गरेको लाभांशलाई बीमा समितिले स्वीकृत नगर्ने हल्ला चलेको छ । बजारमा चलेको यस्तो हल्लामा कुनै पनि सत्यता नभएको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । अहिले कर प्रयोजन सहित प्रस्ताव गरिएको लाभांश एक अर्ब ६ करोड १० लाख ४५ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

बीमा समिति तथा कम्पनीका अनुसार लाभांशलाई रोक्नु पर्ने कुनै पनि आधार छैन । समितिले नगद लाभांशलाई मात्रै रोक लगाएको छ । कम्पनीले बोनस शेयरको प्रस्ताव गरेको छ । कम्पनीले बीमा समितिबाटै स्वीकृत भएको भ्यालुएसनको आधारमा वित्तीय विवरण बनाएको र वित्तीय विवरण पनि स्वीकृत हुने अवस्थामा पुगेकाले लाभांश मात्रै रोक्नु पर्ने आधार नभएको समिति र कम्पनीको धारणा रहेको छ । त्यसैले अहिले शेयर बजारमा देखिएको हल्लामा कुनै आधार नभएको कम्पनीले जनाएको छ ।

हाल नेपाल लाइफको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर पछि ८ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब तोके पनि नेपाल लाइफको ७ अर्ब १९ करोड रुपैयाँ छ ।

बजारमा बीमा समितिले नेपाल लाइफको लाभांश रोकेको समाचार बाहिरिए पछि कम्पनीले बीमा समितिका उच्च व्यवस्थापन समक्ष कारण सोधेको थियो । तर समिति उच्च स्रोतले कम्पनीलाई लाभांश रोक्ने कुनै पनि निर्णय नभएको जानकारी दिएको छ ।

यदि लाभांश रोकेको हो भने आधिकारिक रुपमै पत्र मार्फत जानकारी दिनु पर्ने कम्पनीको तर्क छ । बीमा समितिको कदमले तथा सञ्चार माध्यममा सम्प्रेषण भएका अनाधिकृत समाचारले गाह्रो पारेको कम्पनीको धारणा छ । फ्युचर बोनस प्रोभिजनिङका कारण नेपाल लाइफको पोलिसी बोनस दर घटेको छ । साथै लाभांशदर पनि घटेको छ । घटेको लाभांश पनि बीमा समितिले रोक्ने विषय बाहिरिए पछि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रभावित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS