IME Life
Beema Board

अभिकर्ताले खुलाएको बाटो: शिक्षकदेखि सफल व्यवसायीसम्म, खोटाङका गणेश अधिकारीको सफलताको कथा

SPIL
NIC ASIA

काठमाडौं । हजारौं अभिकर्ताका लागि राम्रो आम्दानीको स्रोत बनेको छ बीमा क्षेत्र । थुप्रै अभिकर्ताहरु मध्येका एक सफल अभिकर्ता हुन् विराटनगरका गणेश अधिकारी । उनी वि.स. २०५८ सालदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय अभिकर्ताको रुपमा रहेका छन् । २० वर्षको समय अवधिमा उनले थुप्रै जनाको जीवन विमा गराइसकेका छन् । उनको सक्रियताकै कारण नेपाल लाइफ इन्स्योरेन्सले धेरै पटक उनलाई सम्मान गरेको छ भने थुप्रै देशको यात्रा गरिसकेका छन् । हाल उनी कम्पनीको सिनियर एजेन्सी म्यानेजरको रुपमा रहेका छन् भने स–परिवार नै अभिकर्ताको रुपमा सक्रिय रहेका छन् ।

Prabhu
Crest

उनकी श्रीमति हौसला अधिकारी पनि यस पेशामा सक्रिय छिन् । विएडसम्मको अध्यन गरेकी हौसलाको साथ र सहयोगले नै यहाँसम्म आइपुगेको अधिकारी बताउछन् । उनका दुई छोराहरु करुण अधिकारी र आलोक अधिकारी एमडिआरटी बन्न सफल भइसकेका छन् । करण अधिकारी एमडिआरटीका साथै सिओटी बन्न सफल भइसकेका छन् । कृषि विज्ञानमा स्नातक गरेका करुण हाल स्नातकोत्तर गर्दै छन् । अर्का छोरा आलोक भने बिएफआइएम अन्तिम वर्षमा अध्ययन गरिरहेका छन् ।

 

खोटाङ जिल्लाको ज्यामिरे ९ मा जन्मेका उनले जीवनको लामो समय शिक्षण पेशामा विताए । शिक्षण पेशामै रहेको बेला उनले वि.स. २०५४ सालमा पहिलो पटक जीवन बीमा गराएका थिए । जुन समय उनी शिक्षण पेशामै आवद्ध थिए । उनैलाई जीवन बीमा गराउने अभिकर्ताबाट प्रेरित भएका उनले २०५८ सालमा विराटनगर झरेर अभिकर्ताको तालिम लिए । सोही समयदेखि उनी यस क्षेत्रमा निरन्तर लागि परिरहेका छन् । बीमा क्षेत्रको संलग्नताले उनलाई अन्य पेशामा समेत सफल बनाएको छ । हाल उनि अभिकर्ताका साथै शैक्षिक संस्था एबं होटल व्यवसायीको रुपमा समेत स्थापित भएका छन् ।

२०६८ सालमा उनी खोटाङबाट विराटनगर बसाई सरेका थिए । विराटनगर झरेसँगै उनले शिक्षण पेशा छोडेर पूर्ण रुपमा अभिकर्ता पेशामा संलग्न भएका थिए । उनले सुरुवाती समयमा अभिकर्ता बन्नका लागि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रोजेका थिए । उनले यो पेशामा लागि पर्दै गर्दा धेरैलाई जीवन वीमाको बारेमा जानकारी थिएन । तर जुन स्थानमा उनी पुग्थे सानोतिनो भएपनि वीमा गराउन राजी गराउँथे । त्यस समय मानिसहरु सानो सानो रकमको बीमा गराउन रुचाउने उनको अनुभव छ । उनले बीमा क्षेत्रमा हालसम्म कुनै खाले असफलता व्यहोरेका छैनन् ।

नेपाली लगानीकर्ता भएकोले यसै कम्पनीमा आवद्ध हुने उनको अठोटले अन्तत उनलाई एक सफल अभिकर्ताको चिनारी दिलाएको छ । कम्पनीकै सहयोगमा उनले देशदेखि विदेशसम्मको यात्रा गरिसकेका छन् । यति मात्र नभई विगत ७ वर्षदेखि उनलाई कम्पनीले लगातार सम्मान गर्दै आइरहेको छ ।

नेपाल लाइफमा २ पटक एमडीआरटी भइसकेका अधिकारी सिओटी समेत बन्न सफल भइसकेका छन् । बीमा अभिकर्ताका रुपमा मात्र नभई एक सफल समाजसेवीका रुपमा पनि उचि परिचित छन् । उनी विराटनगर लाइन्स क्लवको अध्यक्षको रुपमा रहेका छन् । क्लवको माध्यमबाट उनले विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै आइरहेका छन् । यसका अलावा विभिन्न संघसंस्थामा समेत आवद्ध छन् ।

जिवनको दुई दशक बीमा क्षेत्रमा लागि परेका उनले थुप्रै अनुभव बटुलेका छन् । उनको नजरमा एक सफल बीमा अभिकर्ता बन्नका लागि बीमा सम्बन्धी पूर्ण ज्ञान हुन आवश्यक छ । यसका साथै प्रत्येक अभिकर्तामा स्पष्ट बोल्न सक्ने क्षमता हुनुपर्छ । बीमितले सोधेको प्रश्नमा सहि जवाफ दिन सक्नु पर्छ ।

लामो समयदेखि बीमा क्षेत्रमा आवद्ध अधिकारी हाल अभिकर्ता संघर्ष समितिका संयोजक समेत छन् । बीमा कम्पनीले तोकेको वोनसदर अभिकर्तालाई प्रदान नगर्ने, जसका कारण बीमा अभिकर्ता मारमा पर्दै आएकाले अभिकर्ताको हकहितका लागि उनी संयोजकको भूमिकामा अघि सरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS