IME Life
Beema Board

बीमा बिक्री गर्नु भनेको बीमा बेच्नु मात्र होइन ! बिक्री पूर्णतः कला हो

SPIL
NIC ASIA

दुनियाँमा अस्तित्वमा रहेका या अस्तित्व भन्दा बाहिर रहेका भलै ती हाम्रो वशमा नहोस्, सम्पूर्ण चिजहरु बिक्रीका लागि योग्य छन् तर आफैंमा भने बिक्रीयोग्य हुँदैनन् । यसको लागि बिक्रेताको जरुरी पर्दछ । जोसँग बिक्री क्षमता/कला छ उसले उक्त चिजहरु सजिलै बिक्री गरिदिन सक्छ । बिक्री पूर्णतः कला हो र विज्ञान पनि । तसर्थ बिक्रेता एक कलाकार हो र बिक्रेतामा वैज्ञानिक सोच पनि हुन जरुरी छ । बिक्रीका लागि वस्तुगत ज्ञान मात्रले पुग्दैन। यसका लागि प्रस्तुतीकरण, भाषा शैली, सेवाभाव आदिको जरुरी पर्दछ ।

साथै सफल र दीर्घकालिन बिक्रीका लागि ग्राहकको आवश्यकता, गतिशिलता, बजारी ज्ञान, प्रतिस्पर्धी/परिवर्तित वातावरण, संजाल निर्माण, प्रविधीको प्रयोग, दुरदर्शिता आदिको आत्मसात गर्नुपर्दछ । भिक्टोर लुस्टिङ्ग भन्ने व्यक्तिले पेरिसको इफिल टावर तीन पटकसम्म बेचेका थिए जुन गैर–कानुनी भएता पनि यो उनको क्षमता थियो ।

Prabhu
Crest

चर्चित बास्केटबलर माइकल जोर्डनले बाल्यकालमा पुरानो लगाएको लुगाहरु धोईपखाली बेच्ने गर्दथे । सन् १९७६ मा १३ वर्षकै उमेरमा एउटा टिसर्टमा एक चलचित्र कलाकार फरा फसेटको हस्ताक्षर लिई १२५० डलरमा बेच्न सफल भएका थिए । बिक्री भनेको बिक्रेता स्वयं बेचिनु हो: सामान्यत बिक्रेता एक व्यक्ति हो । हरेक व्यक्तिले आफूलाई आ–आफ्नो क्षेत्रमा जानी नजानी बेचिरहेको हुन्छ चाहे त्यो मन्दिर,मस्जिदमा होस् वा संसद भवनमा वा अन्य कतै । जति धेरैमा आफूलाई बेच्न सक्यो त्यति नै धेरै ऊ सफल मानिन्छ । अथवा कम मूल्यमा बेचिनु वा नेबेचिनु भनेको असफल हुनु हो ।

असफलताले निराशा र हिनभावना जागृत गराउँछ, बर्वादीतिर धकेल्छ भने सफलताले सकरात्मक सोच, दृढता, आत्मविश्वास बढाउँछ । र सफल व्यक्तिको नै इतिहास रहन्छ । बिक्रेताले कुनैपनि वस्तु तथा सेवा प्रस्तुत गर्नु पहिले आफ्नो सम्बन्ध र प्रस्तुतीकरणको बिक्री गर्दछ । बिक्रेताको व्यक्तित्व, गुण, क्षमता, ज्ञान, बौद्धिकता, कला, बोली–ब्यवहार, सोच, पेशा–व्यवसाय आदि बिक्री–अस्त्रहरु हुन् । बिक्रेता यदि संस्था हो भने उसले पनि आफूलाई बेच्ने नै हो चाहे त्यो ब्राण्डको रुपमा होस् वा अन्य कुनै तरिकाले । ग्राहकलाई वस्तु तथा सेवाको आवश्यकता महशुस गराई खरिदको लागि प्रेरित गर्नु वा मनाउन सक्नु नै बिक्री कार्य हो । क्रेताको मनोभाव नै बिक्रीको मुख्य आधार हो । क्रेताको क्रय–क्षमता शून्य प्रायः हुन्छ ।

अनेक उपायद्वारा क्रय–क्षमता वृद्धि गर्नु नै सफल बिक्री क्षमता हो, दक्षता हो । क्रेताको आवश्यकता, मनोदशा, इच्छा–आकांक्षा, कमीकमजोरी, आर्थिक लाभ, भविष्य, फेशन, परिवार, डर–त्रास आदि क्रयका निर्धारकहरु हुन् । जसले क्रय(किनमेल)लाई सकृय बनाउँछ । समयक्रमसंगै बिक्री संयन्त्र पनि परिवर्तन हुने गर्दछ । प्रविधीको विकाससँगै हाल बिक्री संयन्त्रको फरक उपायहरु प्रयोगमा आएका छन्। जसलाई अवलम्बन गर्न सकेमा दीर्घकालिन बजारीकरणको लागि फलदायी हुनेछ । बीमालेख बेच्ने शुत्र: विश्वमा बीमा निर्विकल्प छ । बीमाले सबै पक्षलाई हित गर्दछ ।

बीमा व्यवसायमा त्रिपक्षीय फाइदा हुन्छ– बीमित, अभिकर्ता र बीमकलाई । बीमाको मुख्य उद्देश्य नै बीमितलाई सुरक्षित गराउनु हो । कम रकमको लगानीमा भविष्यमा आइपर्ने विभिन्न जोखिमहरु विरुद्ध आर्थिक क्षतिपूर्ति स्वयं बीमित वा परिवार (इच्छाइएको व्यक्ति)ले प्राप्त गर्दछ भने बीमकको लागि एक मात्र उद्देश्य तथा व्यवसाय बीमा प्रडक्ट बेच्नु हो जसले सम्पूर्ण उद्देश्यहरु पुरा गर्दछ । यसको लागि बजार तथा अभिकर्ताको आवश्यकता पर्दछ जुन कुरा प्रशस्त बजार भएर पनि हामीकहाँ पेशागत अभिकर्ताको कमी रहेकोछ ।

बीमा एक सेवा हो । बस्तु बेच्नु भन्दा सेवा बेच्न केहि कठिन जस्तो देखिएता पनि बिक्रेताको लागि खासै तात्विक फरक पर्दैन। बीमा अदृश्य हुन्छ साथै प्रतिफल भविष्य र जोखिमसँग निर्भर रहने भएकोले यसको बिक्रीको लागि पूर्णतः कलाको आवश्यकता पर्छ । बीमा धेरैभन्दा धेरै व्यक्तिगतरुपमा बेचिन्छ । अभिकर्ताले ग्राहकको आवश्यकता हेरी बीमाको बिक्री गर्दछ, जसले बिमित र बीमकको बीचमा सेतुको काम गर्छ। यसको भूमिका महत्वपूर्ण र अपरिहार्य छ ।

त्यसैले अभिकर्ताले बीमा बिक्री गर्दा विभिन्न शुत्रहरुको प्रयोग गर्न जान्नुपर्दछ । प्रायः बिक्रीले तत्कालको लागि आर्थिक लाभ दिने गर्दछ । तर बीमामा तत्काललाई भन्दा भविष्यमा आर्थिक तथा सामाजिक तथा अन्य लाभको प्रत्याभूति गरिएको हुन्छ । विषेशगरी जीवन बीमा अभिकर्ताको लागि आम्दानीको महासागर हो, आफ्नो क्षमता अनुसार अभिकर्ताले जति पनि आम्दनी गर्न सक्छ । यसको लागि अभिकर्ताले कम्पनीहरुको साथै उनीहरुले बेच्ने बीमालेख योजनाबारे सही जानकारी लिएको हुनुपर्छ । साथै नियमित कार्यालय आवतजावत, तालिम–गोष्ठीमा‌ सकृय सहभागिता हुनुपर्छ।

बीमितको खोजी, भेटघाट, प्रस्ताव, सम्झाई–बुझाई गर्ने, आवश्यक कागजात मिलान, बीमालेख हस्तान्तरण सम्मको प्रकृयामा अभिकर्ताको प्रत्यक्ष सहभागीता हुन्छ। केही अवस्थामा क्रेताले बिक्रयको प्रस्ताव अस्वीकार गर्न सक्छन् । त्यस्तो अवस्थामा अस्वीकार गर्नुको कारणबारे सुझबुझका साथ जानकारी लिएर क्रेतालाई‌ समाधानसहित सकारात्मकरुपमा प्रभावित पार्न सक्नुपर्छ। यसबाहेक असल अभिकर्ताकोरुपमा‌ स्थापित हुन बीमासँग सम्बन्धित दीर्घकालिन सेवा लगायत बजार विश्लेषण, प्रविधीको ज्ञान तथा प्रयोग, अवसरको खोजी, जानकारहरुको साथसहयोग आदि हुनु आवश्यक छ । तर यी सबै सामान्य तथा चलनचल्तीका शुत्रहरु हुन् । जुन विभिन्न तालिम–सेमिनार, टिभी–पत्रपत्रिका, सामाजिक संजालका माध्यमहरुबाट जानकारी लिन सकिन्छ ।

बिक्रेता वा अभिकर्ताले सर्वप्रथम त आफूलाई बिक्री गर्न सक्नुपर्दछ र क्रेताको मनोभाव बुझ्न सकेमा मात्र बीमा बिक्री सम्भव छ । तसर्थ; बिक्री = बिक्रेता स्वयं + क्रेताको मनोभाव प्रत्येक बिक्रेतालाई शुत्रको प्रयोगमा सफलता मिलोस् । शुभकामना ।

 (श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्स जमल शाखामा कार्यरत छन्। )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS