IME Life

हरिबहादुर र मदनबहादुर बीचको बीमा संबाद

SPIL
NIC ASIA

म : हरिबहादुर जी । ओ हरिबहादुर
ह: को हरिबहादुर ? को .. को .. ?
म : तिमी हरिबहादुर । आफ्नो नाम पनि था’छैन कि के हो ।
ह: मेरो नाम त ह्यारी हो, ह्यारी ।
म: ए ह्यारी ! ह्यारी हो कि स्यारी हो । सुन, तिमीसंग यौटा कुरा गर्नुछ ।
ह: यौटा हैन आधा कुरा गर । म बिजी छु । ठूलो मान्छे हु नि त ।
म: हो ल ल भनिहाले । तिमीले जीवन बीमा गर्यौ ? इन्स्योरेन्स  ।
ह: गरिसकें ।
म: कहाँ गर्यौ ? कतिको गर्यौ ?
ह: यातायातमा । दुइ हजार जतिको ।
म: ए धेरै राम्रो । ठूलो मान्छेले यातायातमा गर्ने रैछन जीवन बीमा है ? के भन्नु र खै.. धोका दिनेलाई ।
ह: नभन्नु न त
म: सुन यता
ह: सुनिसके
म: जीवन बीमा भनेको तिमीलाई केहि भयो भने आर्थिक क्षतिपूर्ती मिल्छ
ह: कस्तो क्षतिपूर्ती
म: तिम्रो मृत्यूपछि …
ह: म काँ मर्छु …
म: तिमी त फलामको मान्छे । काँ मर्छौ र ?
सुन । मानौ तिम्रो मृत्यू भयो भने तिमीले कबुल गरे अनुसारको बीमाङ्क रकममा आर्जित बोनससहित तिम्रो परिवारले बीमा कम्पनीबाट क्षतिपूर्ती पाउछ ।
ह: बाचे भने नि ?
म: बाचेमा पनि अवधि सकिएपछि बीमाङ्क रकममा बोनससहित फिर्ता पाउछौ ।
ह: ए.. !
म: दुर्घटनाबाट मृत्यू भएमा बीमाङ्कको दुइ गुणासम्म पाइन्छ । दुर्घटनाकै कारण पूर्ण अशक्त भएमा बीमांक रकम पाइन्छ साथै आफूले तिर्नुपर्ने बीमाशुल्क तिर्नुपर्दैन उल्टो अवधिभर मासिक तलब पनि पाइन्छ ।
ह: हो र ?
म: हो नि । घातक रोगहरु लागेमा पनि निश्चित रकम फिर्ता हुन्छ ।
ह: अं ?
म: तेति मात्र हो र, गाह्रोसाह्रो पर्दा बीमा गरे अनुसार ऋण पनि पाइन्छ ।
ह: अरु ?
म: काजक्रिया खर्च समेत दिन्छ ।
ह: अरु ?
म: के अरु अरु । के बुझ्यौ ?
ह: बुझें । आफू र आफ्नो परिवारको भविष्यको लागि जीवन बीमा गरे पछि ढुक्कले निदाउन सकिनेरैछ ।
म: हो नि । इज्जत पनि बढ्छ
ह: ओ हो । काँ गएर गर्ने त ?
म: भन्दैछु सुन । बीमा कम्पनीमा गएर एकचोटी राम्रोसँग बुझ ।
ह: एकचोटी किन दुइचोटी, तीनचोटी बुझ्छु ।
म: ल ल । एकचोटीमा बुझ्न त हुनु पनि पर्यो नि ।
ह: के ?
म: केहि होइन । सुन, बीमामा अभिकर्ता भई राम्रो कमाइ पनि गर्न सकिन्छ ।
ह: कसरी ?
म: अफिस गएर बुझ । सबै यहाँ भनेर हुन्छ ?
ह: हस्त नमस्ते , म हिनिहाले ।
म: कता ?
ह: बीमातिर नि
म: हस्त शुभ यात्रा ।

(श्रेष्ठ सिटिजन लाइफको जमल शाखाको शाखा प्रबन्धक हुन् ।)

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS