IME Life

नयाँ वर्षमा नयाँ सँकल्पः पहिले सुरक्षा अपनाऔं अर्थात बीमा गरौं

SPIL
NIC ASIA

काठमाडौं । मानव जीवनको बिकाशक्रमसंगै नयाँ वर्षमा नयाँ नयाँ सँकल्पहरु लिने चलन चलिआएको छ । विशेषतः पश्चिमा मुलुकहरुमा यो प्रचलन बेशी चलेको पाइन्छ । हाम्रो जस्तो विकाशोन्मुख मुलुकमा पश्चिमा देशहरुबाट धेरै कुराहरुको नक्कल अर्थात सिको गरिन्छ तर प्रायः नचाहिने कुराको । यसैकारणले पनि समाजमा विकृती फैलिएको हुन्छ । हामी राम्रो कुराको सिको गर्नमा भने पछि पर्छौ । यसको एक उदाहरण हो, बीमा ।

बिकसित देशमा बीमाको प्रयोग भरपूर मात्रामा गरिएको हुन्छ । उनीहरु बीमाकै कारणबाट कुनैपनि भवितव्य अर्थात घटना–दुर्घटनाबाट हुनसक्ने क्षतिबाट पूर्व सुरक्षित रहेका हुन्छन् । जस्तोसुकै परिस्थितीमा पनि उक्त देशका नागरिकहरुको  जीवनस्तरमा खासै कुनै भिन्नता हुदैन, केहि घटनाबाट क्षति हुदा पनि उनीहरुको दिनचर्या अर्थात जीवनयापनमा खासै फरक पर्दैन । यसको एउटै मात्र कारण भनेको बीमा हो । सरकारी तवरबाट नै बीमालाई अनिवार्य गरिएको हुन्छ । उनीहरुलाई बिभिन्न माध्यमबाट अग्रिम बीमाशुल्क भुक्तान गर्न लगाइन्छ । त्यसो त जीवन बीमाको इतिहास यूरोपियन राष्ट्रमा करिव ४ सय बर्ष लामो छ भने नेपालमा पचास बर्ष लामो इतिहास पनि छैन ।

Prabhu
Crest

हाम्रो जस्तो बिकाशोन्मुख मुलुकमा बीमाको आवश्यकता धेरै भन्दा धेरै रहेको हुन्छ तर यसको बारेमा सचेतना जगाउने काम र प्रयोग भने नगन्य मात्रामा भएको छ । नेपालमा २० ओटा निर्जीवन बीमा, १९ ओटा जीवन बीमा र २ पूनर्वीमा कम्पनीहरु गरी ४१ ओटा बीमा कम्पनीहरुले काम गरेता पनि यसको परिणाम सन्तोषजनक देखिदैन । बिशेषगरी जीवन बीमा अभिकर्ताहरुले सहि र सत्य सुचना भन्दा पनि भ्रामक, उत्तेजक, लोभ–लालच, डर र करकापमा पारी व्यवसाय गर्नुले यसको औचित्य साँघुरिएको छ ।

जीवन बीमाले बिमितको मृत्युपछि मात्र भुक्तानी गर्दछ भन्ने आम सर्वसाधरणको बुझाई छ जुन अर्ध–सत्य हो । यथार्थमा जीवन बीमाले बाचुञ्जेल पनि आर्थिक सहायता दिनेछ, थोरै रकममा धेरै रकमको क्षतिपूर्ती दिने गर्दछ । बीमा बचतसंगै लगानी पनि हो जसले बिरामी पर्दा, दुर्घटना हुँदा, बुढेसकालमा आर्थिक रुपमा सहयोग गर्दछ ।

हाम्रो जस्तो देशका नागरिकहरुमा कुनै पनि क्षति भएमा वा घातक रोग लागेमा घरखेत हुनुपर्दछ । उसको परिवारको विचल्ली हुन्छ । उसको साखा–सन्तानमा यसको असर नराम्रोसंग पर्दछ । यसले सिंगो परिवार मात्र नभै सिंगो समाज र राष्ट्रलाई नै नकरात्मक असर गरेको हुन्छ । तसर्थ बीमा बारे सचेतना सम्बन्धी कार्यक्रम सर्वसाधरणको पहुच पुग्ने गरी राज्यको पनि पहिलो प्राथमिकता हुनु जरुरी छ । यसको सहि प्रचारप्रसार गर्नु सरोकारवालाहरुको पनि प्रमुख दायित्व हन आउछ ।

जीवन बीमा कम्पनीहरुले बिभिन्न अवस्थाहरुमा भुक्तानी दिने गर्दछन् । बीमा अवधि पूरा भएपछि बिमित जीवित रहेमा तोकिएको रकम वा बीमाङ्कमा आर्जित बोनस थप गरी भुक्तान गर्दछ भने बीमा अवधिभित्र बिमितको मृत्यू भएमा परिवार वा इच्छाएको ब्यक्तिलाई तोकिएको रकममा आर्जित बोनस थप गरी काजकृया खर्च सहित भुक्तान गर्दछ । यदि बिमितको अवधिभित्र दुर्घटनाको कारण मृत्यू भएमा बोनस सहित तोकिएको रकममा दुइ गुणासम्म र पूर्ण अशक्त÷अंगभंग भएमा तुरुन्त तोकिएको रकम भुक्तान गर्दछ भने मासिक रुपमा केही अंश रकम अवधिभर भुक्तान गर्दछ । त्यस्तै प्राणघातक रोगहरु लागेमा पनि बीमा कम्पनीले तोकिएको रकम भुक्तान गर्दछ भने बुढेसकालमा पटक पटक गरी पेन्सनको रुपमा पनि रकम भुक्तान गर्दछ । बालबच्चाको जीवन बीमा गर्दा एक जना अविभावक सहित दुई जनाको बीमा हुनेछ अर्थात बच्चा र प्रस्तावक अविभावकको जोखिम बहन हुनेछ । बीमा योजना अनुसार भविष्यमा आइपर्ने जोखिम बहन पनि फरक फरक हुने गर्दछ । बीमा गर्नुभन्दा पहिले बीमितले केहि ध्यान दिनु जरुरी छ जस्तै बीमा कम्पनी र यसका लगानीकर्ताहरु, व्यवस्थापक समूह, कार्य शैली÷गतिबिधीहरु, वित्तिय विवरण, अभिकर्ताको नैतिक आचरण, लिखित बीमा योजना, त्यसबाट भविष्यमा पाउन सकिने सेवासुविधाहरु, भुक्तानी अवधि तथा रकम, भुक्तान हुने र नहुने अवस्थाहरु आदि ।

नेपालका १९ वटा जीवन बीमा कम्पनीहरुले करिव २ सय जीवन बीमा योजनाहरु बेचिरहेका छन् । जसमध्ये आफूलाई आवश्यक जति पनि पोलिसीहरु आफ्नो क्षमता अनुसार लिन सकिन्छ । बीमा कम्पनीहरुले बिभिन्न समयमा लाखौ÷करोडौं रकम भुक्तान गरिरहेका छन् । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अनुसार यो आर्थिक बर्ष २०७८÷७९ को दोश्रो त्रैमासिक अर्थात मात्र छ महिनामा सम्पूर्ण बीमा कम्पनीहरुबाट २३ अर्ब ३२ करोडभन्दा बेसी रकम दावी भुक्तानी भएको देखिन्छ । आवश्यक कागजात सहित सहि तरिकाले बीमा फारम भरेर नियमित बीमाशुल्क रकम बुझाउने हो भने अवधि पूरा भएपछि या अवधिभित्र बीमितलाई घटना÷दुर्घटना भएमा बीमा कम्पनीले सजिलै दावी भुक्तानी गर्दछ । प्रत्येक मानव जीवन जोखिममा बाचिरहेको हुन्छ । जति नै सुरक्षित अपनाए पनि जोखिम संगै हुन्छ ।

नयाँ वर्षको अवसरमा सम्पूर्ण ब्यक्तिले आफू र आफ्नो परिवारको जीवन बीमा गरी सुरक्षा अपनाऔं । त्यसैगरी सम्पूर्ण अभिकर्ताहरुले सहि र क्षमता अनुरुपको बीमा योजनाहरु बेची समाजलाई सुरक्षित गराऔं । सम्पूर्ण सरोकारवालाहरुले जीवन बीमा बारेमा सचेतना जगाई समाज तथा राष्ट्रलाई सुदृढ गराऔं । किन कि जीवन बीमा जरुरी छ । पहिले सुरक्षित रहौं, सम्पूर्ण जनमा नयाँ वर्षको शुभ–कामना ।

(श्रेष्ठ सिटिजन लाइफको जमल शाखाको शाखा प्रवन्धक हुन् ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS