IME Life

एक अर्कालाई टक्कर दिएका मुक्तिनाथ र गरिमा विकास बैंकमा को तगडा ?

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ र गरिमा विकास बैंक एक अर्कालाई टक्कर दिने विकास बैंक हुन् । दुवै बैंकले चालु आर्थिक वर्ष ८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा : गरिमा विकास बैंक लिमिटेडको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रहेको छ भने मुक्तिनाथ विकास बैंक लिमिटेडको चुक्ता पुँजी ७ अर्ब ४ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : गरिमा विकास बैंक लिमिटेडको जगेडा कोषमा २ अर्ब ६५ करोड रहेको छ भने मुक्तिनाथ विकास बैंक लिमिटेडको जगेडाकोषमा ३ अर्ब ५ करोड रहेको छ ।

रिटेन्ड अर्निङको आधारमा : गरिमा विकास बैंक लिमिटेडको रिटेन्ड अर्निङमा १० करोड रहेको छ भने मुक्तिनाथ विकास बैंक लिमिटेडको रिटेन्ड अर्निङमा १ करोड रहेको छ ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा गरिमा विकास बैंक लिमिटेडले ८२ अर्ब ८२ करोड निक्षेप संकलन गरी ६४ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ भने मुक्तिनाथ विकास बैंक लिमिटेडले १ खर्ब १० अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानीको आधारमा : चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा गरिमा विकास बैंक लिमिटेडले २ अर्ब ५१ करोड खुद ब्याज आम्दानी गरेकोमा मुक्तिनाथ विकास बैंक लिमिटेडले ३ अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको छ ।

संचालन नाफा : चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा गरिमा विकास बैंक लिमिटेडले ९७ करोड संचालन नाफा गरेकोमा मुक्तिनाथ विकास बैंक लिमिटेडले १ अर्ब २६ करोड संचालन नाफा गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा गरिमा विकास बैंक लिमिटेडले ६८ करोड खुद नाफा गरेकोमा मुक्तिनाथ विकास बैंक लिमिटेडले ८७ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : गरिमा विकास बैंक लिमिटेडको किताबी मूल्य १४८.५५ रुपैयाँ छ भने मुक्तिनाथ विकास बैंक लिमिटेडको किताबी मूल्य १४३.४८ रुपैयाँ छ ।

वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा गरिमा विकास बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १६.०४ रुपैयाँ छ भने मुक्तिनाथ विकास बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १६.५० रुपैयाँ छ ।

खराब कर्जा: गरिमा विकास बैंक लिमिटेडको खराब कर्जा २.९७ प्रतिशत हुँदा मुक्तिनाथ विकास बैंक लिमिटेडको खराब कर्जा २.०२ प्रतिशत छ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS