IME Life
Beema Board

तन्नेरी हुनुहुन्छ? तपाईलाई बीमाको झनै खाँचो छ !

SPIL
NIC ASIA
 काठमाडौं। तन्नेरी उमेर वेपरवाह हुन्छ,न कुनै जिम्मेवारी न कुनै तनाव। केही छ भने बस साथीसंगत र मस्ती । अल्लारे उमेर भनिने यो समयमा ‘एक्लो कमाई र एक्लो रजाइँ’ ले मध्यमवर्गीय परिवारका यूवालाई कुनै यूवराजको भन्दा कम अनुभूति नहुँदो हो।
तर जीवन सधैं एकनाश रहन्न। उमेर ढल्किँदै गर्दा तन्नेरी उमेर छँदै गर्नुपर्ने कतिपय तयारीहरु नगरेकोमा पछुतो हुन्छ। यस्तै पछुतो लाग्ने पक्षमध्ये पैसाको बचत र जीवन बीमा पनि हो। बिहेबारी, सन्तान प्राप्ति, आमाबुबा प्रतिको जिम्मेवारी,अवकाश प्राप्त जीवनको तनावरहित व्यवस्थापनको लागि जीवन बीमा अनिवार्य झैं हुन्छ। सकेसम्म लामो आयू बाँच्ने चाहना सबैको हुन्छ।
तर कुनै मोडमा अप्रत्याशित दुर्घटना भइदिए तपाईको अनुपस्थितिमा परिवारजनलाई कसले सम्हाल्ने? यो एकदमै गम्भीर विषय हो। भविष्यको आवश्यकता र अनिश्चिततालाई मध्यनजर गर्दै आफ्नो ‌बचत क्षमतालाई समेत विचार गरेर जीवन बीमा गर्न सके महत्वपूर्ण निर्णय हुनेछ। जति यूवा उमेरमा बीमा गर्न सक्यो उति धेरै फाइदा उठाउन सकिन्छ। बीमाशुल्क रकम तय गर्ने मुख्य आधार उमेर हो। उमेर धेरै हुनेको बीमाशुल्क धेरै र कम हुनेको थोरै लाग्छ।
जीवन बीमा गर्दा सकेसम्म लामो अवधिको लागि गर्नुपर्छ। कम्तीमा १५ वर्ष वा २० वर्षका लागि। जति लामो अवधि उति सस्तो बीमाशुल्क तर उति नै बढी बोनश आम्दानी। अझ सकिन्छ भने आजीवन कायम रहने सुविधा भएको बीमा योजना रोज्नु उत्तम हो। आजीवन बीमा योजनाको बोनश दर उच्च हुन्छ भने बीमा अवधि समाप्तीमा मात्र नभएर बाचुञ्जेलसम्मको लागि बीमा योजना अन्तर्गतको निश्चित सुविधाहरु कायमै रहन्छ। जीवन बीमा योजनामा उमेर हद पनि तोकिएको हुन्छ।
६५ वर्ष वा ७० वर्ष उमेर सम्मको लागि मात्र जीवन बीमान गर्न सकिन्छ। अर्थात् कुनै व्यक्ति अहिले ३० वर्षको छ भने उसले २५ वर्ष भन्दा लामो अवधिको लागि समेत बीमा गर्ने विकल्प उपलब्ध हुन्छ। तर ४५ वर्ष उमेरको छ भने २० वर्ष भन्दा बढी र ५० वर्षको छ भने १५ वर्ष भन्दा लामो अवधिको बीमा गर्ने विकल्प उपलब्ध हुँदैन। साथै उमेर छिप्पिदैं जाँदा उमेरका कारण हुने स्वास्थ्य अवस्थाको जोखिमले गर्दा बीमांक  रकमभन्दा धेरै बढी बीमाशुल्क तिर्नुपर्छ।
बीमाशुल्क तिर्ने पैसाको जोहो कसरी गर्ने?
एकमुष्ठ रकम जोहो गर्न सहज हुँदैन भने आफ्नो मासिक आम्दानीबाट केही रकम आफ्नै नाममा रहेको अर्को कुनै बैंक खातामा जम्मा गर्ने। अचेल मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सुविधाको कारण एउटा बैंक खातामा भएको रकम नगदै झिकेर अर्को बैंकमा रहेको खातामा जम्मा गर्नुपर्दैन।
इन्टरनेटको माध्यमबाटै एउटा खाताबाट अर्को खातामा रकम सार्न मिल्छ। मासिक रुपमा जम्मा गरेको पैसा बीमाशुल्क तिर्ने बेला भएपछि मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा मार्फत् सिधै बीमा कम्पनीको खातामा जम्मा गरिदिन सकिन्छ। यसो हुँदा खातामा जम्मा भएको रकम नगदै झिलेर खर्च गर्ने वा मासिने संभावना कम हुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS