IME Life
Beema Board

चर्को विरोध पछि सिद्धार्थ इन्स्योरेन्सले सच्यायो ‘जव भ्याकेन्सी’, सबैलाई समान अवसर दिने कम्पनीको सिद्धान्त !

SPIL
NIC ASIA

काठमाडौं । चर्को विरोध पछि सिद्धार्थ इन्स्योरेन्स कम्पनीले जव भ्याकेन्सी सच्याएको छ । केहि दिन अगाडि ब्रान्च इन्चार्जका लागि कर्मचारी आह्वान गर्दा एउटा योग्यता एस वा एपेक्स कलेजमा अध्ययन गरेको हुनु पर्ने उल्लेख गरेको थियो ।

उक्त व्यवस्थालाई लिएर इन्स्योरेन्स खवरले सिद्धार्थ इन्स्योरेन्समा जागिर खान एस वा एपेक्स कलेज पढेको हुनु पर्ने !  शिर्षकमा समाचार लेखेको थियो । यहि विषयलाई लिएर कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालक समितिलाई उद्दृत गर्दै चर्को विरोध भए पछि विज्ञापन नै सच्याउन बाध्य भएको हो ।

Prabhu
Crest

विज्ञापन सच्याउदै सबैलाई समान अवसर प्रदान गर्ने कम्पनीको सिद्धान्त रहेको उल्लेख गरेको छ । तर केहि दिन अगाडि सिद्धान्त भन्दा ठिक विपरित विज्ञापन जारी गर्दा चर्को विरोध सहनु परेको छ । योग्यता र क्षमताका आधारमा सबैलाई समान अवसर प्रदान गर्ने भन्दै पहिलाको विज्ञापन सच्याइएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले ब्रान्च इन्चार्चका लागि कर्मचारीको माग गरेको छ । उपत्यका बाहिरका लागि भोजपुर, तुलसीपुर, घोराही दाङ, लामही दाङ र काठमाडौं भित्रका लागि कीर्तिपुर, नक्साल र कालिमाटीमा कर्मचारीको माग गरिएको छ । अव जुनसुकै कलेजबाट एमबिए गरेकाले उक्त पदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS