IME Life
Beema Board

सिद्धार्थ इन्स्योरेन्समा जागिर खान एस वा एपेक्स कलेज पढेको हुनु पर्ने !

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शुक्रवार ‘जव भ्याकेन्सी’ को सार्वजनिक सूचना जारी गर्यो । उक्त सूचनामा प्रष्ट सँग आवेदकको योग्यतामा एस र एपेक्स कलेजबाट एमबिए गरेको हुनु पर्ने उल्लेख छ । सिद्धार्थ इन्स्योरेन्समा एस वा एपेक्स कजेज निकट सम्बन्ध होला तर यो दोस्रो बजारमा सूचिकृत पब्लिक कम्पनी हो ।

एउटा पब्लिक कम्पनीले तोकेरै अमुक कलेजमा अध्ययन गरेको हुनु पर्छ भन्नु आफैमा विडम्बना हो । अहिले एमबिए अध्यापन गराउने दजर्नौ  कलेज  छन् । ति कलेजबाट उत्पादन भएका बिद्यार्थिले रामै सँग काम गरिरहेका छन् । तर निश्चित व्यक्तिको स्वार्थका कारण कलेजले सबैलाई समान व्यवहार गर्नुको साट्टो तोकिएका कलेजमा पढेकै हुनु पर्ने गरि योग्यता तोक्दा अन्य कलेजमा पढेकाहरुलाई अन्याय हुन्छ ।

Prabhu
Crest

कम्पनीले ब्रान्च इन्चार्चका लागि कर्मचारीको माग गरेको छ । उपत्यका बाहिरका लागि भोजपुर, तुलसीपुर, घोराही दाङ, लामही दाङ र काठमाडौं भित्रका लागि कीर्तिपुर, नक्साल र कालिमाटीमा कर्मचारीको माग गरिएको छ । न्युनतम शैक्षिक योग्यता एमपिए तोकिएको छ तर उक्त सूचनामा एसिइ र एपेक्स कलेजबाट एमबिए गरेको र तीन वर्षको मार्केटिङको अनुभव भएको हुनु पर्नेछ भनिएको छ ।

यहिबाट पनि प्रष्ट हुन्छ कम्पनीले उक्त कलेजको प्रमोसन र व्यक्तिगत सम्बन्धका कारण यो हर्कत गरिरहेको छ । कम्पनीहरुले भित्रि रुपमा विभिन्न सेटिङको काम गरिरहेको भएता पनि यस कम्पनीले भने सार्वजनिक सूचनामै यसरी कलेज तोकेको हो । प्रायः पब्लिक कम्पनीहरुले यसरी सूचना सार्वजनिक गर्ने गरेको पाइदैन अर्को तर्फ एकोहोरो रुपमा कुनै कम्पनीले सम्बन्धका आधारमा अमुक कलेजलाई मात्रै प्राथमिकता दिनु अन्य कलेजमा पढेका योग्य र दक्ष जनशक्तिको उपहास गर्नु हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS