IME Life
Beema Board

संस्थागत अभिकर्ताका फाइदाहरु, व्यक्तिलाई संगठित हुने अवसर

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बुधबार संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । यस निर्देशिकाले व्यक्तिगत अभिकर्ताको रुपमा काम गरिरहेकालाई संगठित हुने अवसर सिर्जना भएको छ ।

यस निर्देशिकाले व्यक्तिगत अभिकर्ता, बीमा कम्पनी र सरकार तीन वटै पक्षलाई फाइदा पुग्ने देखिन्छ । व्यक्तिगत रुपमा अभिकर्ताको काम गरिरहेकाले यस निर्देशिका बमोजिम संस्थागत अभिकर्ताको लाइसेन्स लिएर काम गर्न पाउने भएकाले उनिहरुको अहिलेको व्यवसाय पनि दिर्घकालिन हुने विज्ञहरु बताउछन् ।

Prabhu
Crest

जीवन तथा निर्जीवन बीमा व्यवसायका लागि छुट्टा छुट्टै अभिकर्ताको लाइसेन्स लिनु पर्छ तर उनिहरुले संस्थागत अभिकर्ताको लाइसेन्स लिने हो भने दुबै किसिमका बीमा गराउन सक्छन् । यसरी स्थापना भएको संस्थागत अभिकर्ताको अवधारणाले बीमा कम्पनी, व्यक्तिगत अभिकर्ता र राज्यलाई नै फाइदा पुग्ने विज्ञहरुको राय छ ।

अहिले देशभर छरिएर रहेका अभिकर्ताहरुले संघठित भएर काम गर्ने अबसर खुलेको छ । जसले अभिकर्तालाई मूल्य पेसा मानेर काम गरिरहेका छन् । उनिहरुले बैधानिक रुपमा कम्पनी स्थापना गरेर काम गर्न सक्छन् । संस्थागत रुपमा स्थापना भएका अभिकर्ताले नयाँ           टेक्नोलोजिको प्रयोग गर्न सक्छन् । उनिहरुले आफ्नै सफ्टवेयर निर्माण गरेर थप सेवाहरु दिन सक्छन् ।

व्यक्तिगत अभिकर्तालाई हुने फाइदाहरु

सबै जनाले अहिले व्यक्तिगत रुपमा अभिकर्ताले काम गरिरहेका छन् । उनिहरु संघठित छैनन् । तर यस निर्देशिकाले भोलिका दिनमा व्यक्ति व्यक्ति मिलेर संस्था खोल्ने बाटो खुलेको छ । यसै क्षेत्रका स्थापित अभिकर्ताहरु आफुले मिलेर खोलेको संस्थागत अभिकर्ताले थप गुडविल शिर्जना गर्न सक्छन् । आफ्नै गुडविल बचाउनका लागि पनि उनिहरुले संस्थागत रुपमा आफूलाई अगाडि बढाउन सक्छन् ।

जसरी वकिलले ल फर्म, चार्टर्ड एकान्टेन्टले अडिट फर्म खोलेर व्यवसाय गरिरहेका छन् अभिकर्ताले पनि आफ्नो संस्थागत अभिकर्ताको लाइसेन्स लिएर कार्यलाय नै स्थापना गरेर अभिकर्ताको काम गर्न सक्छन् ।

संगठित रुपमा एकता नहुँदा आजका दिनमा व्यक्तिगत अभिकर्ताको माग खासै संवोधन भैरहेको छैन । तर उनिहरुले संस्थागत रुपमा आफ्ना माग राख्दा चाढो सुनुवाइ हुन्छ । अर्को तर्फ उनिहरुले नियाम नियका बीमा समिति र बीमा कम्पनीहरु सँगको वार्गेनिङ पावर बढ्छ । आफ्नो अभिकर्ताको पेसालाई थप विस्तार गर्न र नेटवर्क बनाउन संस्थागत अभिकर्ता उत्तम विकल्प हुन सक्छन् । जसरी वकिलले ल फर्म, चार्टर्ड एकान्टेन्टले अडिट फर्म खोलेर व्यवसाय गरिरहेका छन् अभिकर्ताले पनि आफ्नो संस्थागत अभिकर्ताको लाइसेन्स लिएर कार्यलाय नै स्थापना गरेर अभिकर्ताको काम गर्न सक्छन् ।

यसरी काम गर्दा उनिहरुले अरु पेसाको बारेमा सोचिरहनु पर्दैन । आफ्नै कम्पनीमा कर्मचारी नियुक्त गर्न सक्छन् । आफ्नो व्यक्तिगत उपस्थिति विनानै देशव्यापी रुपमा सञ्जाल विस्तार गर्न सक्छन् ।

प्रायः मानिसको स्वभाव अभिकर्ता नबन्ने तर जागिर पाए चाही थोरै तलबमा भए पनि काम गर्ने खालेको हुन्छ । उनिहरुलाई जागिरे अभिकर्ता बनाउन सकिन्छ । संस्थागत अभिकर्तामा काम गरेकाले भोलिका दिनमा आफ्नो प्रोफाइल देखाउन सक्छन् । मैले यो अभिकर्ता संस्थामा यति समय काम गरेको थिए भनेर देखाउन सजिलो हुन्छ । अर्को तर्फ संस्थागत रुपमा काम गर्दा संस्थाले आर्जन गरेको मुनाफामा सरिक हुन पाइन्छ । आजका दिनमा समाजमा अभिकर्ताको जुन पहिचाहन छ संस्थागत रुपमा काम गर्ने वित्तीकै सामाजिक परिचय नै फेरिन्छ ।

कम्पनीलाई फाइदा

संस्थागत अभिकर्ता मार्फत व्यवसाय ल्याउने प्रणालीको विकास भएको खण्डमा अहिले जसरी व्यक्तिलाई विभिन्न इन्सेन्टिभ दिनु परिरहेको छ त्यो संस्थागत अभिकर्तालाई दिनु पर्दैन । बीमा समितिले त्यस्ता अभिकर्तालाई नियम अनुसार कमिसन बाहेक अन्य कुनै पनि सुविधा दिन नपाउने व्यवस्था गरिदिएको छ ।

यस्तो प्रणालीको विकास हुने वित्तीकै कम्पनीको सञ्चालन खर्च नै कम हुन्छ । कम खर्चमा पोलिसी बिक्री हुने वित्तीकै बीमितले पाउने मुनाफामा पनि बृद्धि हुनेछ । कम्पनीहरुको अर्बौ रुपैयाँ अभिकर्ताको विभिन्न च्यानलका लागि खर्च हुने गरेको छ । यस्तो खर्चमा केहि कटौती हुने हो भने बीमितले पाउने बोनसदरमा केहि बढ्ने कम्पनीहरु बताउछन् ।

संस्थागत अभिकर्ताको रुपमा स्थापना भइसके पछि यसमा स्थायित्व कायम हुन्छ । एउटा व्यक्ति अभिकर्ता बनिसकेपछि अन्य क्षेत्रमा पनि काम गर्ने हुनाले उसले ल्याउने व्यवसायमा स्थायित्व हुँदैन । त्यसैले गर्दा कम्पनीहरुले भेटेजति सबैलाई अभिकर्ता बनाउनु परिरहेको छ ।

तर संस्थागत अभिकर्ता कम्पनीको रुपमा खडा हुने भएकाले अभिकर्ताकै काम गर्ने उद्देश्यका साथ स्थापना हुन्छ । उनिहरुमा स्थायित्व रहन्छ । जसले कम्पनीलाई नियमित व्यवसाय प्रदान गर्छ । यस्तो प्रणालीले कम्पनीलाई दिर्घकालिन फाइदा पुग्छ । साथै बाटोमा भेटेजति सबैलाई लाइसेन्स बाँड्दै हिड्नु पनि पर्दैन । संस्थागत रुपमा प्रतिनिधित्व जनाउने अभिकर्तालाई नियमित तालिम दिन पनि कुनै समस्या हुँदैन । अर्को तर्फ संस्थागत अभिकर्तामा काम गर्ने व्यक्ति बढि व्यवसायिक हुन्छन् । जसरी अभिकर्ताले मिससेलिङ गर्दा बेला बेलामा दुर्घटना हुने गरेको छ । त्यो पनि कम हुँदै जान्छ । किनकी संस्थागत अभिकर्तालाई बीमा समितिले पनि नियमनको दायरामा ल्याएर  कारबाही गर्न सक्छ ।

निश्चित पूँजी सहित संस्था खोले पछि टिक्नै पर्ने बाध्यता भएकाले उसले ल्याउने व्यवसायको आकार पनि ठुलो हुने र दिर्घकालिन पनि हुन्छ । संस्थाले व्यक्तिलाई जागिर दिएर राख्ने भएकाले पाए बीमा गराउछु होइन भने केहि छैन भन्ने अवस्था रहदैन । यसले जागिर बचाउनका लागि पनि व्यवसाय खोज्नै पर्ने हुन्छ ।

अहिले बीमा कम्पनीहरुले मार्केटिङ डिपार्टमेन्टमा धेरै कर्मचारी नियुक्त गरिरहेका छन् । यदि कम्पनीले नै संस्थागत अभिकर्ता स्थापना गरेर सोही मार्फत व्यवसाय भित्र्याउन चाहेमा सम्भव पनि हुन्छ । आफ्नै कम्पनीले दिएको कमिसनले मार्केटिङ विभाग सहायक कम्पनीको रुपमा सञ्चालन हुन सक्छ ।

कम्पनीहरुले नै प्रादेशिक स्तरमा संस्थागत अभिकर्ता खोलेर त्यसैलाई शाखा विस्तार गराएर काम गर्ने हो भने धेरै वटा शाखा खोल्नु पर्ने बाध्यता पनि हुँदैन । संस्थागत अभिकर्तालाई नै शाखा विस्तार गर्न दिने हो भने कम्पनीको सञ्चालन खर्च नै कम हुन्छ ।

राज्यलाई हुने फाइदाहरु

संस्थागत अभिकर्ताले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनै पर्छ । दर्ता हुने वित्तीकै केहि फाइदा भइहाल्छ । कम्पनीले हरेक वर्ष लेखापरिक्षण गर्नु पर्छ । लेखापरिक्षण हुँदा राज्यले राजस्व तथा कर प्राप्त गर्न सक्छ ।

कम्पनी खोल्ने वित्तीकै व्यवस्थापनका लागि कर्मचारी राख्नु पर्ने हुन्छ । यसले देशमा रोजगारी सिर्जना हुन्छ । व्यक्तिगत अभिकर्ता हुँदा कसैले पनि जागरि खाएको हुँदैन । त्यहि काम संस्थागत हुँदा कर्मचारी राख्नु पर्छ ।

यदि भोलिका दिनमा कसैले ठुलो पूँजी भएको मानौ १० करोड चुक्ता पूँजी भएको कम्पनी खोल्ने योजना बनायो भने त्यस कम्पनीले सानोदेखि ठुलो पदका लागि कर्मचारी राख्न सक्छ ।

बजारमा पछिल्लो समय भुक्तानी सेवा प्रदायक कम्पनीलाई मात्रै संस्थागत अभिकर्ताको लाइसेन्स दिन यो निर्देशिका ल्याइएको भन्ने चर्चा चलिहरेको छ । यदि त्यस्ता च्यानललाई मात्रै प्रोत्साहन गरिएको खण्डमा नेपालको बीमा व्यवसाय अगाडि बढ्न सक्दैन । तर अहिले भैइरहेकै अभिकर्तालाई पनि संस्थागत हुने अवसर सिर्जना हुँदा राम्रै हुन्छ । संस्थागत रुपमा आएका अभिकर्ताले व्यवसाय विस्तारमा इनोभेटिभ आइडिया प्रयोग गर्न सक्छन् । अहिलेको डिजिटल समाजमा डिजिटल माध्यमबाट मार्केटिङ गर्न सक्छन् । यो संस्थागत मार्केटिङ भएकाले बीमितले पनि थप विस्वास गर्ने अवस्था सिर्जना हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS