IME Life

सामाजिक सुरक्षा कोषमा ३३ बीमा कम्पनी सूचिकृत, के के पाउँछन् कर्मचारीले सुविधा ?

SPIL
NIC ASIA

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ३३ वटा बीमा कम्पनीहरु सूचिकृत भएका छन् । कोषमा अझै ७ वटा बीमा कम्पनी सूचिकृत हुन बाँकी छ ।  ३३ वटा बीमा कम्पनी सूचिकृत भए पनि अधिकांस  बीमा कम्पनीले कर्मचारीको योगदान बापतको रकम भने बुझाएका छैनन् । कोषका अनुसार हालसम्म बीमा कम्पनीहरुका १५२८ जना कर्मचारीहरुले मात्रै योगदान गरेका छन् । उनिहरुले हालसम्म ४ करोड २१ लाख रुपैयाँ योगदान बापतको रकम भुक्तानी गरेका छन् । तर अझै पनि कतिपय बीमा कम्पनीहरु कोषमा आवद्ध हुन आनाकानी गरिरहेका छन् ।

कोषले बैंक, बीमा कम्पनी तथा अन्य वित्तीय संस्थाहरुलाई आकर्षित गर्न विभिन्न स्किमहरु सार्वजनिक गरेको छ । यसै क्रममा सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को पछिल्लो संसोधनले रोजगारदाता कम्पनी तथा श्रमिकलाई आकर्षित गर्न खोजिएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए ।

Prabhu
Crest

सरकारले बजेट वक्तव्य मार्फत श्रमिकले सामाजिक सुरक्षा कोषमा चालु आर्थिक वर्षको जेठ र असार महिनाको योगदान बापतको रकम सरकारले नै बेहोर्ने घोषणा गरेको छ । यसै क्रममा कोषले आवद्ध नभएका कम्पनीहरुलाई समेत आकर्षित गर्ने उद्देश्यले यदि कुनै पनि रोजगारदाता कम्पनीले चालु आर्थिक वर्षको असार मसान्तभित्र सूचिकृत भइ बैशाख एक महिनाको योगदान बापतको रकम जम्मा गरेमा जेठ र असार महिनाको रकम सरकारले हालिदिने ज्ञवालीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारी तथा श्रमिकले तलबको २८.३३ प्रतिशत ६० वर्ष कटे पछि मात्रै पेन्सनको रुपमा पाउने व्यवस्थालाई संसोधन गरेको छ । सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ लाई संसोधन गर्ने क्रममा बृद्ध अवस्था सुरक्षा योजनालाई ब्रेक डाउन गरिएको ज्ञवालीले जानकारी दिए । अवदेखी निवृत्तभरण योजनामा २० प्रतिशत र अवकास सुविधा योजना अन्तर्गत ८.३३ प्रतिशत काटिनेछ । अव कर्मचारीले योगदानको २० प्रतिशत रकम अवकास हुने वित्तीकै निवृत्तभरणको रुपमा प्राप्त गर्नेछन् भने बाँकी ८.३३ प्रतिशत रकमबाट पेन्सको रुपमा आजिवन प्राप्त गर्न सक्ने छन् ।

कोषले श्रमिक तथा कर्मचारीलाई थप आकर्षित गर्न यहि असार मसान्तसम्म आवद्ध हुने रोजगारदाता कम्पनीका श्रमिकले यस योजना बापतको २८.३३ प्रतिशत रकम नै निबृत्ती भरणका रुपमा प्राप्त गर्न सक्ने गरि स्पेसल अफर सार्वजनिक गरिएको ज्ञवालीले जानकारी दिए ।

धेरै तलब सुविधा लिनेको हकमा

जसले धेरै तलब सुविधा बुझिरहेका छन् उनिहरुको यस कोषमा जान इन्कार गरिरहेका छन् । उनिहरुले आफ्नो तलब २० प्रतिशत रकम कोषमा जम्मा गरेर बृद्धा अवस्थामा मात्रै पाउदा घाटा हुने बताउदै आएका छन् । यति ठुलो रकम आफैले कतै लगानी गरेर काम गर्न सकिने अवस्थामा कोषमा जम्मा गर्नु पर्दा नोक्सानी हुने भन्दै आलोचना भैरहेको छ । उनिहरुले धेरै तलब सुविधा बुझ्ने कर्मचारीहरुको हकमा निश्चित  रकम तोकिदिने र सोहि आधारमा योगदान गर्न सकिने भन्दै आएका थिए ।

यसै कुरालाई संवोधन गर्दै कोषले न्युनतम पारिश्रमिकको तीन गुणासम्मको रकमलाई सिलिङ तोकेर सोहि अनुसार योगदान गर्न सकिने बनाइएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए । उनले भने ‘लाखौ रुपैयाँ तलब सुविधा हुनेहरुले स्वेच्छाले आफ्नो तलबको तीन गुणासम्मको रकमलाई आधार मानेर पेन्सनमा राख्ने र बाँकी तलब सुविधालाई निवृत्तीभरणमा राख्न पाउने सुविधा प्रदान गरिएको छ ।’

सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम

यस कोषमा श्रमिकको आधारभुत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गर्नु पर्ने हुन्छ । जस मध्ये रोजगारदाता कम्पनीले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत रकम योगदान गर्नु पर्छ ।

यसरी श्रमिकले योगदान गरेको रकमलाई कोषले सञ्चालन गरेका विभिन्न योजनाका लागि बाँडफाँड गर्छ । कोषले हाल चार वटा योजना सञ्चालन गरिरहेको छ । जसमा औषधि उपचार, स्वास्थ्य तथा मतृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्ध अवस्था सुरक्षा योजना रहेका छन् ।

श्रमिकले योगदान गरेको आफ्नो पारिश्रमिकको ३१ प्रतिशत रकम मध्ये २८ दशमलब ३३ प्रतिशत  रकम बृद्धि अवस्था सुरक्षा योजनामा छुट्टाइन्छ । यस योजनालाई पनि दुई भागमा वर्गिकरण गरिएको छ । जस अन्तर्गत निवृत्तभरण योजनामा २० प्रतिशत र अवकास योजनामा ८.३३ प्रतिशत रहेको छ । पहिलाको व्यवस्थामा यो रकम ६० वर्ष उमेर पुगे पछि मात्रै प्राप्त गर्न पाउने थियो । अव यो रकम श्रमिकले अवकास पाउने वित्तीकै प्राप्त गर्न सक्छन् ।

त्यस्तै ३३ प्रतिशत योजदान रकम मध्ये १.४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजनामा बाँडफाँड गरिन्छ । कोषले अर्को एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा र ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजनामा बाँडफाँड गर्नेछ ।

उदाहरण

मानौ श्रमिकको आधारभूत पारिश्रमिक १० हजार रुपैयाँ रहेको छ । श्रमिकको १० प्रतिशत यानकी रुपैयाँ १००० रुपैयाँ काटिन्छ । त्यस पछि रोजगारदाता कम्पनीले २० प्रतिशत यानकी २००० रुपैयाँ थप गरी कुल ३१०० रुपैयाँ कोषमा जम्मा गर्नु पर्छ । अव श्रमिकको न्युनतम पारिश्रमिक १० हजारको एक प्रतिशत अर्थात १०० रुपैयाँ औषधि उपचार सञ्चालन तथा मातृत्व सुरक्षा योजनामा जम्मा गरिन्छ । त्यस्तै उक्त आधारभुत पारिश्रमिकको १.४ प्रतिशत अर्थात १४० रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा बाँडफाँड गरिन्छ । आधारभुत पारिश्रमिकको ०.२७ प्रतिशत अर्थात २७ रुपैयाँ आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुन्छ र बाँकी २८.३३ प्रतिशत अर्थात २८३३ रुपैयाँ बृद्ध अवस्था सुरक्षा योजनामा जम्मा हुन्छ ।

स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना

अघि श्रमिकले आफ्नो स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजनामा जम्मा गरेको रकम बापत वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउन सकिन्छ । श्रमिकले नेपालका जुनसुकै अस्पतालमा गएर उपचार गर्न सक्छ तर उपचार बापतको रकम दाबी भुक्तानी गर्दा कोषले सरकारी अस्पताले तय गरेका दस्तुरलाई आधार मान्छ । सामाजिक सुरक्षा कोषमा जादा श्रमिकको वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको सुविधा पाउन सकिन्छ ।

त्यस्तै पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवति भइ नियमित गर्न परिक्षण गराउँदाको खर्चदेखि लिएर अस्पताल भर्ना भइ प्रसुति सम्बन्धी शल्यक्रियासम्मको उपचार खर्च पाउन सकिन्छ । सुत्केरी भएको ६ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशुको उपचार बापतको खर्च पनि पाउन सकिन्छ । योगदानकर्ता महिला भएको खण्डमा प्रसुती विदाबापत ६० दिन भन्दा माथिको थप ३८ दिनसम्मको पारश्रमिक रकम भुक्तानी पाउन सक्छिन ।

यो सुविधाका लागि कोषमा लगातार तीन महिनासम्म योगदान गरेको हुनु पर्छ । त्यस्तै योगदानकर्ताले योगदान गर्न छाडेको तीन महिनासम्म यो सुविधा प्राप्त गर्न सक्छन् ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना   

यस योजनामा श्रमिकले ७ लाख रुपैयाँसम्मको दुर्घटना बापतको सुविधा पाउन सक्छन् । त्यस्तै श्रमिकको काम सँग सम्बन्धित दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारको सम्पुर्ण खर्च प्राप्त गर्न सकिन्छ ।

दुर्घटना बापतको सुविधा योगदान गरेकै मितिबाट प्राप्त गर्न सकिन्छ र योगदान गर्न छाडेपछि यो सुविधा लिन सकिदैन । श्रमिकको काम सँग सम्बन्धित दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारको हकमा भने योगदान गर्न सुरु गरेको दुई वर्ष पछि मात्रै लागु हुन्छ र योगदान गर्न छाडेको दुई वर्ष पछिसम्म भुक्तानी हुन्छ । श्रमिकले दुर्घटनामा परेको ७ दिन भित्र कोषलाई जानकारी गराउनु पर्नेछ ।

दुर्घटनाबाट श्रमिक अस्थाइ वा पूर्ण असक्तता भएको खण्डमा निज श्रमिक काममा नफर्किदासम्म आधारभुत पारिश्रमिकको ६० प्रतिशतका दरले विदा अवधिको भुक्तानी पाउने सुविधा छ । स्थायी आंसिक असक्तता भएको खण्डमा असक्तताको प्रतिशतको आधारमा भुक्तानी पाउने व्यवस्था छ । स्थायी पुर्ण असक्तता भएको अवस्थामा आधारभुत पारिश्रमिकको ६० प्रतिशत आजिवन असक्तताबृत्ती पाउन सक्ने छन् ।

आश्रीत परिवार सुरक्षा योजना

योगदानकर्ताको मृत्यु भएमा यस योजना अन्तर्गत आश्रित परिवारलाई विभिन्न सुविधा प्रदान गरिन्छ । योगदानकर्ताको पति वा पत्नीले निवृत्तभरण, सन्ततिले पाउने शैक्षिक वृत्ती, आश्रित बाबु आमाले पाउने सुविधा, अन्तिम संस्कार खर्च पाउन सक्छन् ।

यस योजना अन्तर्गत आश्रित परिवारले वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम तथा त्यसले आर्जन गरेको प्रतिफल एकमुष्ठ फिर्ता पाउन सक्छन् । पति वा पत्नी वा बाबुआमाले योगदानकर्ताको आधारभुत पारिश्रमिकको ६० प्रतिशत आजिवन आश्रित पेन्सन पाउन सक्छन् । छोरा छोरीले १८ वर्षको उमेरसम्म (पढाई निरन्तर भएमा २१ वर्षसम्म) ४० प्रतिशत शैक्षिक सन्ततिवृत्ती र २० हजार रुपैयाँ अन्तिम संस्कार खर्च पाउन सक्छन् ।

सम्पुर्ण जीवन बीमा कम्पनीहरु सामाजिक सुरक्षा कोषमा जान तयार

बृद्धावस्था सुरक्षा योजना

कोषले योगदातकर्ता तथा रोजगारदाता कम्पनीहरुलाई आकर्षित गर्न नयाँ स्किम ल्याएको छ । २०७८ असार मसान्त भित्र कोषमा आवद्ध हुने योगदानकर्ताले स्पेसल अफरको रुपमा कम्पनी छाड्दा २८.३३ प्रतिशत रकम नै झिक्न पाउने भएका छन् ।

अन्यथा योगदानकर्ताको अवकाश उमेर पुरा भएपछि निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने छन् । कुनै योगदानकर्ताको सुविधा  प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ प्रदान गरिनेछ ।

निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तिमा १८० महिना योगदान गरेको हुनुपर्नेछ । योगदानकर्ताले १८० महिनाको योगदान नगर्दै साठी वर्ष उमेर पुरा भएको रहेछ भने निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ लिन वा सो रकमलाई १६० ले भनग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण लिने मध्ये कुनै एउटा विकल्पको छनोट गर्न सक्ने छन् ।

अवकाश सुविधा योजना

कोषमा जम्मा भएको रकम र सो रकममा प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम योगदानरक्ता अवकास हुँदाका बखत वा निजको रोजगारीको अन्त्य भएको अवस्थामा योगदानकर्ताले र योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको हकवालाले एकमुष्ठ भुक्तानी पाउने छन् ।

कोषमा जम्मा भएको रकमबाट तीन वर्ष लगातार योगदान गर्ने योगदानकर्ताले अवकाश सुविधा रकममा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सकिनेछ । योगदानकर्ताले २६ महिना योगदान गरेपछि अधिकतम एक करोड रुपैयाँसम्मको विभिन्न कर्जा प्राप्त गर्न सक्ने छन् । कोषले आगामी असार पछि नियमित रुपमा व्याजदर सार्वजनिक गर्ने व्यवस्था मिलाउने ज्ञवालीले जानकारी दिए । महालेखापरिक्षकको कार्यालयबाट गत वर्षको लेखा परिक्षण हुन बाँकी रहेकाले गत वर्षको बोनस दर निर्धारण गर्न सकेको छैन । आगामी वर्षदेखि समयमै लेखापरिक्षण सम्पन्न गर्ने र समयमै बोनसदर निर्क्यौल गर्ने कोषले जनाएको छ ।

ssf-investment-procedure-2077

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS