IME Life
Beema Board

खुलेको तीन दिनमा चन्द्रागिरी हिल्समा आठ लाख भन्दा बढि आवेदन, अझै दुई दिन बाँकी

SPIL
NIC ASIA

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपिओ खुलेको आज तीन दिन मात्रै भएको छ । अनलाईन सुविधा भएकोले खुलेको तीन दिनमै आठ लाख भन्दा बढिले उक्त आईपिओको लागि आवेदन गरेका छन् । चन्द्रागिरी हिल्सको आईपिओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार अपरान्ह २ बजेसम्मको तथ्याङ्क अनुसार ८ लाख १५ हजार ६१० जनाले एक अर्ब ५९ करोड ८९ लाख ७० हजार रुपैयाँको शेयर आवेदन दिएका छन् ।

कम्पनीले निष्काशन गरेको कूल १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सो मात्रामा आवेदन परेको हो । मागभन्दा अत्याधिक बढि आवेदन परेका कारण चन्द्रागिरी हिल्सको आईपिओ गोलाप्रथामार्फत बितरण हुने निश्चित भएको छ । जम्मा एक लाख ३९ हजार ६०२ जनाले गोलाप्रथाको माध्यमबाट शेर पाउनेछन् भने बाँकी आवेदकको हात रित्तो हुनेछ । अहिलेको अवस्था हेर्दा ११ लाख भन्दा बढिले आवेदन भर्ने र हुँदा करिब नौ लाख भन्दा बढिको हात खाली हुनेछ ।

Prabhu
Crest

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियबासीका लागि आईपीओ जारी गर्ने काम सम्पन्न गरेर दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

आईपिओ पुस २८ गते बन्द हुने कम्पनीले जनाएको छ । जम्मा चार कार्यदिनको समयसीमा तोकेर गत पुस २४ गते शुक्रबार विहानदेखि आईपिओ जारी गरेको कम्पनीको आईपिओमा अझै दुई दिनसम्म आवेदन दिन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS