IME Life
Beema Board

चन्द्रागिरी हिल्सको आईपीओ आज १० बजदेखि खुल्दै, सबै सर्वसाधारणले शेयर भर्न पाउने

SPIL
NIC ASIA

काठमाडौं । राजधानीमै केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स नामक कम्पनीले जारी गर्न लागेको १५ लाख कित्ता भन्दा बढि आईपिओ आज विहान १०ः०० बजेदेखि बिक्री खुल्ला हुँदैछ ।

चन्द्रागिरी हिल्स कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयरका लागि आवेदन खुल्ला गरेको हो । सो शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता, सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर छुट्याएर बाँकी रहेको कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

चन्द्रागिरी हिल्सको आईपिओमा न्यूनतम् १० कित्ताको दरले भाग जाने भन्दा कैयौं गुणा बढि आवेदन पर्ने हुँदा सर्वसाधारणले गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले शेयर पाउने देखिएको छ । आजदेखि आवेदन खुल्ला गरिएको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

आजबाट आवेदन लिन सुरु गरिएको चन्द्रागिरी हिल्सको आईपीओ निष्काशन छिटोमा पुस २८ गते बन्द हुने चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय सर्वसाधारणको लागि आईपिओ निष्काशन गरिसकेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको कूल चुक्ता पुँजि एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

कसरी भर्ने आईपिओ ?
अनलाईनबाटै आईपिओ भर्न सकिन्छ । सबै सर्वसाधारणले आवेदन दिन पाउने हुँदा बैंक खाता भएका सबै नेपाली नागरिकहरुले उक्त आईपिओमा आवेदन भर्न पाउनेछन् । बैंक खाताको अतिरिक्त शेयर भण्डारणको लागि क्यापिटल मार्केट कम्पनीमा डिम्याट खाता खोल्नु अनिवार्य छ । डिम्याट खाता भएका जो सुकैले अनलाईन आवेदनका लागि मेरो शेयरको युजर आईडी तथा पासवर्ड लिएर (जुन डिम्याट खाता खोल्ने बेलामा सँगै पनि लिन सकिन्छ ।) आवेदन दिन सकिन्छ ।

मेरो शेयरको अतिरिक्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा गएर पनि डिम्याट एकाउन्ट सहित आवेदन दिन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS