IME Life
Beema Board

बीमा समितिमा अध्यक्ष पद रिक्त, चिरञ्जीवी चापागाईको कार्यकाल आजबाट सकियो

SPIL
NIC ASIA

काठमाडौं । बीमा समिति आजबाट अध्यक्ष विहिन भएको छ । अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल आजबाट सकिएको छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा कार्यकारी अध्यक्ष मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था छ ।

अर्थमन्त्रालयले बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त गर्ने बिषयमा छलफल सुरु भएको जनाएको छ । बीमा समितिको अध्यक्ष बन्न आधा दर्जनबढिले आकांक्षा देखाइरहेका छन् । तर चर्चामा रहेकाबाट भन्दा पनि कुनै पनि चर्चामा नरहेका मध्येबाट अध्यक्ष बन्न सक्ने सम्भावना रहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

Prabhu
Crest

२०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार पुस २४ गते बीमा समितिमा अध्यक्षको जिम्मेवारी सम्हालेका चापागाईको कार्यकाल आजबाट सकिएको छ । कार्यकाल सकिनु एक साता अघि नै चापागाई बिदामा बसिसकेका छन् ।

चापागाईले आफ्नो कार्यकालमा बीमाको पहुँच उच्च अंकले बृद्धि गर्न सफल भएका थिए । उनकै पालामा थुप्रै नयाँ कम्पनीहरु दर्ता भई गाउ गाउँमा बीमा जनचेतना पुगेको तथ्याङ्कले देखाएको छ । परम्परागत रुपमा चल्दै आएको बीमा क्षेत्रलाई चापागाईको पालामा नियमनका धेरै कोणबाट ट्रेसिङ गर्न सक्ने गरी एनएफआरएस लागू गर्ने लगायतका कामहरु भएका छन् । चापागाईकै पालामा विवादास्पद कोरोना बीमा पोलिसी जारी भएको थियो ।

बीमा समितिमा अध्यक्ष नहुँदा बीमा कम्पनीका धेरै कामहरु प्रभावित भइसकेका छन् । बीमा समितिमा अध्यक्ष नहुँदा नेको इन्स्योरेन्समा नियुक्त भएका नयाँ अध्यक्षले शपथ लिन नपाउँदा बोर्ड बैठक प्रभावित छ ।

यसैबीच, बीमा समितिले अध्यक्ष चापागाईले तत्काल बिदाई नगर्ने भएको छ । अध्यक्ष चापागाई बिदा मनाउन राजधानी बाहिर भएकोले केही समयपछि बिदाई गर्ने बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS