IME Life New

नेपाली जीवन बीमा क्षेत्रका विकृति र विसंगतीहरु–१

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कुरा असार २०७६ को हो, लेखक २०७६ को बार्षिक लक्ष्य पुरा गरी २२ गते असारमा श्री सत्यसाई अन्तर्राष्ट्रिय युवा नेतृत्व कार्यक्रममा सहभागी हुन् भारत यात्रामा निस्किए। भगवानको आशीर्वाद सहित कार्यक्रम सकी नयाँ लक्ष्य लिएर श्रावण १७ तिर नेपाल फर्किए र शुरु गरे लक्ष्य २०७७। पहिलो भेट नै असत्य, अनैतिक, आश्चर्य र अविश्वासले भरिएको “होटलकाणड’ वारेमा आफ्ना अतिप्रीय मित्रबाट जानकारी पाए, उनले हौसिएर त्यस अवसरमा २ करोड कै बिमा लिएछन् ।

जसबाट त्यस बिमा कम्पनीको नराम्रा कुकृत्यहरु बारेमा सुन्दै मात्र गरेको कुरा सहि रहेको प्रस्ट हुदै नेपाली बीमा क्षेत्र र टुकुचा सानो भएपनि मुहानदेखि अन्त्यसम्म नै प्रदुषित रहेको निष्कर्ष निकाले तर पनि अरुको दुस्कर्मका पछाडी आफ्नो समय बर्वाद किन गर्नु भन्ने सोचेर वेवास्ता गरी बसे । तर सोही कुराका कारण कम्पनीले मेडल पाउने, अभिकर्ताले हेंडल पाउने र ग्राहकले सेंडल पाउने देखेर बिमा क्षेत्रको वेथिति बारेमा लेखक सोच्न र लेख्न बाध्य भएका हु ।

Esewa
Crest

एक नयाँ जीवन बीमा कम्पनीको बार्षिक धनफिर्ता बिमा योजनावाट प्रभावित भएका एक मित्र त्यस बर्ष ‘होटलकाण्ड’ गर्ने कम्पनीकै बिगतको बिमा गर्ने शैली पछ्याएर व्यापार बढाउन अघि बढेको नयाँ कम्पनीका पदाधिकारीले’ उनलाई ग्राहक बनाउन नसक्दा बिमा क्षेत्रमा प्रयोग गरिने अस्त्र ‘कमिशन बचाउनुस अभिकर्ता बन्न आउनुस्’ शैलीमै अभिकर्ता बनाई उनीबाट पोलीसी किनाइयो। हालाकी त्यो एउटा पोलिसी किनेपछि उनले आफ्नो पुरानो पेशागत व्यस्तताका कारण अर्को पोलिसी बेचेका पनि छैनन र सायद परिवार, साथीभाई, नातागोता बाहेक अरुलाई नबेच्लान पनि। असारको त्यो व्याज मात्र तिरेर ५ बर्ष मै डवल (२००%) दिने बाढीले उनलाई पनि अछुतो राखेन, उनी होटलकाण्ड गर्ने कम्पनीमा अभिकर्ता नै नबनी सो कम्पनीका एजेन्सी मेनेजर र त्यस क्षेत्रमा काण्ड लाई शिखरमा लाने गणेश जी भन्ने बिमाकर्मी लाई २ लाख सुम्पेर १ करोड को जीवन बीमा गराए । बिमा गराउन नगद रु. २,००,००० का साथ एउटा हस्ताक्षरित ब्ल्यांक चेक पनि दिए – डेटीङ व्याक गरी बीमीतका नाममा ऋण प्रवाह गर्न ऋण बराबरको रकम निकासा गरिदिए, यसरी नेपाली बिमा इतिहास मा पहिलो पटक बिना कमिशन छुट सयौ जना लाई एक साथ १,००,००,००० को बिमालेख १० बर्षे अबधि राखी रसिदमा बास्तविक प्रिमियम सहीत ग्राहक लाई १८०% प्रिमियम राहत मा जारी गरियो।

एक नम्बर हासिल गर्ने फण्डा नम्बर २०७६ ?

“होटलकाण्ड” का होस्ट गणेश र सारथी मोटीभेटर हिरामणीका साथ ११ जना, १७ जना, २२ जना आदि कयौं समुहलाई सम्वोधन गर्दै हाम्रो असारको लागि मात्र आएको नयाँ बिमा योजनामा सालाखाला पहिलो र दोस्रो किस्ता जोडेर मात्र जम्मा रु. २,००,०००, तेस्रो किस्ता मा ब्याज रु. १,७५,०००, चौथो किस्ता व्याज रु. २,७५,०००, पाँचौ किस्ता मा ब्याज रु. ३,७५,००० र छैठो किस्ता मा ब्याज रु. ४,७५,००० तिर्नुपर्ने र तिरेकै एक हप्ताभित्र बन्द गरेर २००%  भुक्तानी हामी दिन्छौ भनि पैसा न आउदै सेकुवाका साथमा मादकोन्मुख गरेको भोलि पल्ट ह्याङ ओभर नहुदै फर्म भर्दै, नगद रु. २,००,००० वा नगदको ठाउँमा ब्यक्तिगत चेकको साथमा हस्ताक्षरित ब्ल्यांक चेक लिदै बिमालेख जारी गरेका थिए।

यो योजना कसरी सम्भव भयो ?

आर्थिक वर्ष को ११ महिना सम्म सालाखाला व्यापार गर्ने कम्पनीले बिमा बजार मा आफ्नो अहम दम्भ देखाउन फंण्डा नम्बर २०७६ को योजना बनाई कार्यान्वयन गर्न पूर्वाधार तयार गरेको जिम्मेवारी कर्पोरेट अफिस र उच्चाधिकारी ले नै लिनुपर्दछ। पहिले कुरा गरौं योजना लागू गर्न आवश्यक तत्व ‘सरेन्डर भेल्यु’ र बोनस, एजेन्सी ऋण वा कालोधन को ।

सरेन्डर मुल्य भनेको बिमित को हितलाई मध्यनजर गरि हरेक देशमा बिमितले कारणवस बिमा चलाउन नसकेको अवस्थामा बिमा बन्द गर्न वा ऋण सुविधा लिनु पर्दा बिमा अबधि अनुसार बिमाङ्क लाई सो अवधिबाट भाग गरी चुक्ता प्रिमियममा सो अवधिमा सो बिमाङ्कबाट आर्जित बोनसलाई मानक बनाई नियामक निकाय बिमा समितिबाट प्राप्त सरेन्डर मुल्य फ्याक्टरका आधारमा बिमितलाई फिर्ता गर्नुपर्ने रकम निर्धारण गर्ने गणीतिय मापक हो, जुन छोटो अवधिमा उच्च र जति लामो अबधि त्यत्ति नै कम हुन्छ। उदाहरण का लागि : सरेन्डर मुल्य फ्याक्टर लिस्ट बोनस भनेको बिमा कम्पनी ले बिमा अबधि अनुसार बिमितलाई मुनाफा को रुपमा दिने प्रति बर्ष प्रति हजार बोनसदर लाई बिमाङ्क संग गुणा गरी आएको कुल औसत बोनस रकम हो।

के एउटै बिमालेख दुई मितिमा जारी गर्न सकिन्छ ?

नियामक निकाय ले आँखा चिम्लिरहेको अबस्थामा, आन्तरिक अडिटरले गलत अडिट रिपोर्ट बनाएसम्म, कम्पनीको आईटीले सिस्टम संग खेलेसम्म सबै सम्भावनाको प्रयोगशाला फंण्डा नंवर २०७६।

क्रमशः…

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS