IME Life

बीमा कम्पनीहरुको सूचना प्रविधि व्यवस्थापन सम्बन्धी नयाँ निर्देशिका जारी

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुको सुचना प्रविधिक व्यवस्थापन सम्बन्धी छुट्टै निर्देशिका जारी गरेको छ । बुधबार जारी नयाँ निर्देशिका अनुसार बीमा कम्पनीको केन्द्रीय कार्यालय, शाखा कार्यालय तथा बीमा अभिकर्ता र संस्थागत एजेन्टले प्रयोग गर्न सक्ने गरी एउटा सर्भर सिष्टम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

त्यस्तो डाटा प्रणालीको आफ्नो निजि क्लाउडिङ हुनुपर्ने समेत बीमा समितिद्वारा जारी निर्देशिकामा उल्लेख छ । बीमा कम्पनीहरुले विपद व्यवस्थापनमा समेत प्रयोग गर्न मिल्ने फिजिकल डाटा सेन्टर स्थापना गर्नुपर्ने र सोही डाटा सेन्टरबाट सूचनाहरु आदान प्रदान हुनुपर्ने व्यवस्था गरेको छ । नयाँ निर्देशिकाले बीमा कम्पनीको वेभसाईटलाई समेत आधिकरिता दिएको छ । वेभसाईटमा कम्पनीको विवरणका साथै सूचना अधिकारी सम्बन्धी व्यवस्था समेत स्पष्ट पार्न भनेको छ ।

Prabhu
Crest

सूचना प्रविधि सम्बन्धी निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफ्नै डोमेनसहितको पप मेलको प्रयोग गर्नुपर्नेछ । पब्लिक डोमेनको इमेल प्रयोग गर्दै आएका बीमा कम्पनीले अब आफ्नै सर्भर लिएर इमेल चलाउनुपर्ने भएको छ ।

नयाँ निर्देशिकामा बीमा कम्पनीहरुले आफ्नो कोर सफ्टवेयर प्रयोगमा ल्याउनुपर्नेछ । सफ्टवयेर पनि जुनपायो त्यही प्रयोग गर्न पाइने छैन । सफ्टवयेर प्रयोग गर्दा एनएफआरएस अनुसारको वित्तीय विवरण प्रकाशन गर्न सक्षम हुने खालको सफ्टवयेर मात्रै प्रयोग गर्न पाइने मापदण्ड तोकेको छ ।

हेरौं, निर्देशिका जस्ताको तस्तैः 

IT-Guideline-for-Insurance-Company-2076

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS