IME Life
Beema Board

स्नातकोत्तर पढ्दै बीमा गराउँदै, छ वर्षमै तुलसी बनिन् चिफ बिजनेश म्यानेजर

SPIL
NIC ASIA

सानैदेखि सामाजिक कार्यप्रति रुचि राख्ने तुल्सी थापा ‘दर्शन’ सानै छँदा नै विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध हुँदै आईन् । विभिन्न बाल क्लब, किशोरी क्लबहरुमा जोडिदैँ बालबालिका तथा महिलाका हक हितमा लागि काम गर्दै अघि बढिन् । विभिन्न संस्थाहरुमा जोडिदै आएकी ‘दर्शन’ समयसँगै मोबाइल कम्पनीमा मार्केटिङको जागिर गर्न पुगिन् ।

मोबाइल कम्पनीमा मार्केटिङको जागिर गर्ने शिलसिलामा तुलसीको शंकर लामिछानेसँग भेट भयो । लामिछाने त्योे बेला नेशनल लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता थिए । अहिले उनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका नेपाल प्रथम अभिकर्ता हुन् । त्यो भेट नै तुल्सीको जीवनको टर्निङ पोइन्ट बन्न पुग्यो । लामिछानेकै प्रेरणामा २०७१ सालबाट थापा बीमा अभिकर्ता पेशालाई अगाल्न पुगिन् ।

Prabhu
Crest

बीमा अभिकर्ता पेशाको लाइसेन्स हात पारे पछि तुल्सीले शुरुको बीमा आफ्नै आफ्न्तबाट गरिन् । शुरुको बीमा सहज रुपमा गर्न सफल भएपछि उनलाई अभिकर्ता पेशामा नै केही पर्छ भन्ने हिम्मत जाग्यो, जसले आजको रुपमा ल्याईपुर्यायो ।

छ वर्षअघि मात्रै बीमा अभिकर्ता पेशामा प्रवेश गरेकी तुल्सी अहिले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा चिफ विजनेश म्यानेजर पदमा पुगिसकेकी छिन् । अभिकर्ता पेशामा मै जोडिएपछि दर्शनको जीवनशैली मात्रै फेरिएन, विचार र सोचाई समेत फेरियो । बीमा अभिकर्ता बनेपछि तुलसी आफैले आफ्नो जीवन नै परिवर्तन भएको अनुभव सुनाउँछिन् । अभिकर्ता पेशामा प्रवेश गरेपछि कसरी बोल्ने, कसरी हिड्ने लगायतका साना साना कुराहरुदेखि ठुलाठुला कुराहरुमा समेत परिवर्तन भएको महशुस उनले गरिन् । त्यसमाथि आम्दानीमा भएको बृद्धि, सानै उमेरमा गरेको उनको आर्थिक प्रगतिले दाङ र आसपासका क्षेत्रमा बीमा अभिकर्ताहरुले समेत प्रेरणा लिने व्यक्ति बन्दा दंगत समेत छिन् । हरेक तह र तप्काका मान्छेहरुसँग भेट हुने हुँदा समाजको अध्ययन गर्ने अवसर मिलेको थापाको अनुभव छ ।

अभिकर्ता पेशामा मै जोडिएपछि तुलसीले आफ्नो पढाईलाई निरन्तरता दिँदै फुर्सदको समयमा व्यवसाय गरेर सान, मान र दाम सबै आफ्नो पक्षमा पार्न सफल भएकी छिन् । अभिकर्ता पेशामा मै लागे पछि समाजले आफुलाई हेर्ने नजरमा फरकपन पाएकी तुलसी भन्छिन्, “समाजमा सामाजिक कार्य गर्दा शुरु मै मलाई सम्झि हाल्छन्, केही गरि समाजमा प्राकृतिक विपत्ति आई लागे पनि समाजले मलाई शुरु मै सम्झन्छ, जुन मेरो लागि ठुलो कुरा हो जस्तो लाग्छ ।” अभिकर्ता पेशामा प्रवेश गरेपछि आर्थिक रुपमा सक्षम हुन पुगेको उनले बताईन । परिवारमा पनि आर्थिक निर्णय गर्दा होस् वा क्ुनै पनि स साना निर्णय गर्दा पनि उनकै भुुमिका महत्वपूर्ण हुने गर्छ ।

बीमा अभिकर्ता पेशामा प्रवेश गर्नु अगावै बीमा व्यवसायको सानोतिनो ज्ञान दर्शनमा थियो । उनका ठुला बा नेपाल लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ता थिए । उनैबाट बीमाका बारेमा धेरथोर ज्ञान लिएको उनी बताउछिन् । त्यति बेला उनले इन्स्योरेन्स पनि मार्केटिङ नै रहेछ भनेर बुझेकी थिईन् । त्यो बेला नै दर्शनलाई बीमा अभिकर्ता पेशा राम्रो लाग्थ्यो उनले विगत सम्झदै भनिन् ।

अभिकर्ता पेशामा प्रवेश गरेपछि आफ्नो जीवनशैलीमा नै परिवर्तन पाएकी दर्शन यो पेशामा प्रति सन्तुष्ट छिन् । सन्तुष्ट नहुन् पनि कसरी, यहि पेशाले उनलाई समाजमा हेर्ने दृष्टिकोण फेरिएको छ । त्यति मात्रै हैन् आर्थिक रुपमा सक्षम हुन पुगेकी छिन् । र, बचेको पैसाले समाज सेवा समेत गर्न पाउँदा निकै खुशी हुने गरेकी छिन् ।

अभिकर्ता पेशालाई सामाजिक पेशाका रुपमा हेर्ने दर्शन भन्छिन्, बीमा अभिकर्ता पवित्र पेशा हो, अभिकर्ताले कसैको सुरक्षाको लागि काम गर्छ । एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुणहरु हुनु पर्ने तर्क उनको छ । अभिकर्ता आफ्नो पेशा प्रति लगनशिल भएर लाग्नुपर्ने उनको भोगाई छ । निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यो पेशामा सफल हुन सक्ने अनुभव छ दर्शनसँग । एउटा इन्स्योरेन्स गराँउन ११ पटक सम्म पनि लागि परिरहेको उदाहरण दिँदै दर्शनले अभिकर्तामा धैर्यता हुनुपर्ने बताईन । मेहनती, इमान्दार, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने गुण भएको तुलसीको धारणा छ । यीनै विभिन्न गुणहरु कै कारण त आज उनी सफल छिन् ।

जुनसुकै पेशामा पनि राम्रा पक्षका साथै नराम्रा पक्ष पनि हुन्छन् । अभिकर्ता पेशामा पनि राम्रा पक्षका साथमा नराम्रा पक्ष हुने उनको तर्क छ । फाइनान्सियल एकदमै राम्रोसँग ग्रोथ हुनु, समाजमा साथै विश्वमा नै राम्रो परिचय बन्छ, निरन्तर रुपमा लागि परेर काम गर्ने अभिकर्ताले जे कुरालाई पनि फराकिलो रुपले अध्ययन गर्न सक्षम हुन्छ यीनै बीमा अभिकर्ता पेशाका राम्रा पक्ष हुन्, तुलसीले बताईन् ।

आफु हुँदै र आफु पछि पनि आर्थिक रुपमा आफ्नो सहभागिता जनाई राख्नु बीमा हो उनले भनिन । बीमा बचत गर्ने प्रमुख आधार हो । बीमा भनेको एकदमै महत्वपूर्ण कुरा हो ।

बीमितलाई बीमा प्रस्ताव लिएर जाँदा उसको पारिवारिक अवस्था बुझेर जानुपर्ने उनको भोगाई छ । बीमा प्रस्ताव लिएर जाँदा उसको आर्थिक अवस्था, आम्दानीको अवस्था, परिवारमा पहिले नै बीमा भएको छ छैन् साथै आर्थिक श्रोत के छ हेरेर मात्रै आफुले बीमाको प्रस्ताव अघि बढाउने गर्ने गरेको उनुभव तुलसीले साटिन् ।

बीमा अभिकर्ता पेशामा पछिल्लो समय केही चुनौतिहरु देखा परेको उनको तर्क छ । अभिकर्ता पेशाको लाइसेन्स वितरण प्रक्रिया फितलो हुनु बीमा अभिकर्ता पेशामा देखिएको मूख्य चुनौति रहेको उनले बताइन् । बीमा अभिकर्ता भएर काम गर्न शैक्षिक योग्यता एलएसी पास मात्रै भएकाले गर्दापनि यस्तो खालको विकृति बीमा बजारमा देखा परेको उनको अनुभव छ । बीमा अभिकर्ता भएर काम गर्नका लागि शैक्षिक योग्यता संशोधन गर्न नियामक निकायकले ध्यान दिनु जरुरी रहेको उनले सुझाव दिइन् ।

त्यस्तै, बीमा अभिकर्तामा देखा परेको अर्को चुनौति कमिशन छुट हो । मार्केटमा जादाँ बीमितहरुले कमिशन छुटको कुरा गर्ने गरेको उनले बताईन् । जुनसुकै पेशामा काम गर्ने कामदारले आफ्नो कामको प्रकृति अनुसार पारिश्रमिक पाउँने गर्छन् जुन उनीहरुको कर्तव्य हो । त्यस्तै अभिकर्ताहरुले पनि बीमा गराएपछि आउने कमिशन लिन पाउनु उनीहरुको अधिकारको कुरा हो उनले भनिन । त्यस्तै अर्को समस्या भनेको मृत्यु दावी भुक्तानीको हो । बीमा दावीको बेला कागजपत्र केके चाहिन्छ, बीमा दावीको प्रोसेस के हो यी सबै कुरा बीमा अभिकर्ताले बुझाउनु पर्ने उनले बताइन् ।

बीमा अभिकर्ता पेशामा जोडिने सबै अभिकर्ताहरु आफ्नो पेशामा सफल हुदैनन् नै । अभिकर्ता पेशामा सक्षम हुनका लागि स्वयम आफैमा भर पर्ने उनको अनुभव छ । काम गर्ने तरिका सबैको एकै हुदैन, त्यसैले आफ्नै खालका तरिका, योजना र लक्ष्यमा अडिग भएर काम गर्दा बीमा अभिकर्ता पेशामा सफल हुन सक्ने उनको भोगाइ छ ।

विभिन्न चुनौति पनि सामना नगर्नु नपरेको भने होईन । आफ्ना सामु आईपरेका अफट्यारा देखेर उनलाई अभिकर्ता पेशा नै छोडौ जस्तो पनि लागेको थियो । तर पनि आफुले देखेको सपनालाई पूरा गर्न आफ्ना सामू आइपरेका हरेक चुनौति अनि समस्यालाई दर्शनलेआत्मसाथ गर्दै अघि बढिन् ।

तुल्सीले यस अवधिमा विभिन्न चुनौति पनि सामना नगर्नु नपरेको भने होईन । आफ्ना सामु आईपरेका अफट्यारा देखेर उनलाई अभिकर्ता पेशा नै छोडौ जस्तो पनि लागेको थियो । तर पनि आफुले देखेको सपनालाई पूरा गर्न आफ्ना सामू आइपरेका हरेक चुनौति अनि समस्यालाई दर्शनलेआत्मसाथ गर्दै अघि बढिन् ।

बीमा अभिकर्ता पेशामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई लक्षित गर्दै उनले निरन्तर रुपमा लागि परेर काम गर्दा आम्दानीको हिसाबले अभिकर्ता पेशा राम्रो रहेको बताईन् । लाइफमा बायोडाटामा थपिने पेशा हो, बीमा संसारभरि नै अवलम्बन गरिएको पेशा हो, उनले भनिन । समय भन्दा अगाढि नै परिपक्क बनाउने पेशा बीमा अभिकर्ता पेशा हो । आर्थिक रुपमा सबल हुने पेशा भएकाले यो पेशा राम्रो छ । उनले भनिन् ।

अभिकर्ताहरुले आफ्नो कर्तव्य निर्वाह गरेमा यो पेशा सम्मानि तथा मर्यादित हुने उनले बताईन । अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउन कम्पनीहरुको तथा बीमा समितिको पनि उत्तिकै भुमिका रहने उनको बुझाई छ । समितिले हालसालै ल्याएको प्यान अनिवार्यलाई राम्रो पक्षको रुपमा लिने दर्शन भन्छिन, एउटा अभिकर्ताले वर्षमा कत्ति ट्याक्स तिर्यो भन्ने कुरा यहाँबाट प्रस्ट हुनुका साथै राज्यको आर्थिक समवृद्धिका लागि अभिकर्ताले कस्तो भुमिका निर्वाह गरेका छन् भन्ने कुरा पनि यसले प्रस्ट्याई दिन्छ ।

बीमाको पहुँचमा पुग्न नसकेका मानिसहरुलाई बीमाको दायरामा समेट्न बीमा समिति, सरकार, बीमा कम्पनी साथै बीमा अभिकर्ताको उत्तिकै महत्वपूर्ण भुमिका रहने उनको तर्क छ । साथै मिडियाको पनि राम्रो भुमिका हुनुपर्ने कुरामा उनले जोड दिईन् । सरकाले अस्पतालमा बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा जस्ता कार्यक्रम ल्याई दिए राम्रो हुने उनले बताईन् । सरकारले नै जीवन बीमा प्रबद्र्धन गर्न स्पष्ट नीति नियम ल्याईदियो भने आम मानिसलाई बीमाको दायरामा ल्याउन सक्ने तर्क दर्शनको छ ।

वि.सं. २०५३ सालमा दैलेखमा जन्मिएकि तुल्सी दर्शन मानवशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । छोटो अवधीमा पनि टिममा उनी आईडिल अभिकर्ता बन्न सफल भएकी दर्शन जीवन बीमा अभिकर्ताकै कारण मुलुकमा बीमाको पहुँच बृद्धि भएको र यसले समग्रमा जनताको पैसा बचत भएको सन्दर्भ उल्लेख गर्दछिन् । जीवन बीमा व्यक्तिगत लाभ र सुरक्षा तथा राष्ट्रको आर्थिक समृद्धिका लागि पुँजि निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षेत्र भएकोले सबैले जिम्मेवारसाथ काम गर्नुपर्ने धारणा राख्छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS