IME Life New

९ स्थानमा ग्लोबल आइएमई बैंकले संचालनमा ल्यायो शाखारहित बैंकिङ्ग सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यी ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको छ ।

Esewa
Crest

बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं ३, दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका वडा नं १, देउराली बजार तथा वडा नं ६, रिष्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं ४, पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका वडा नं ४, बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ११, खार्मी, नुवाकोट जिल्लाको लिखु गाँउपालिका वडा नं। ४, चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ४, भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं ६, बाँकेटारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS