IME Life New

८ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २८ अर्बमाथि, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनाको अवधिसम्ममा २८ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा २८ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

Source :Beema Samiti

८ महिनाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा ६ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ६१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।तेस्रोमा यूनियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा २ अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, एलआईसी (नेपाल)ले २ अर्ब ३५ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ४६ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ४४ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, ज्योति लाइफले १ अर्ब २१ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब २० करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, समितिको तथ्याङ्क अनुसार रिलायन्स लाइफले १ अर्ब ५ करोड रुपैयाँ, मेट लाइफले ९८ करोड रुपैयाँ, प्राइम लाइफले ९५ करोड रुपैयाँ, आइएमई लाइफले ८३ करोड रुपैयाँ, सानिमा लाइफले ८१ करोड रुपैयाँ, प्रभु लाइफले ६२ करोड रुपैयाँ, सन नेपाल लाइफले ६० करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS