IME Life New

८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै आजसम्म शेयर किन्नले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले पुस १३ गते बुक क्लोज गर्दैछन् । राधी विद्युत कम्पनीले पुस १५ गते बुकक्लोज गर्दैछ । आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले भने पुस १६ गते बुकक्लोज गर्दैछन्।

त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

आइसिएफसि फाइनान्सले पुस २९ गते, आइतबार, आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा गर्नेछ । सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६।५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सिक्लेस हाइड्रोपावरले पुस २७ गते शुक्रबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

हिमालयन डिष्टिलरीले पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औं वार्षिक साधारण सभा गर्दैछ । सभाले १० प्रतिशत बोनश शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, राधी विद्युत कम्पनीले पुस २९ गते, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा गर्ने भएको छ । वेबिनारबाट उपस्थित हुन सकिने सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

आत्मनिर्भर लघुवित्तले भने पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा गर्नेछ । सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

घोराही सिमेन्टले पनि पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं। १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने र सो बोनश शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सपोर्ट लघुवित्तले पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ वार्षिक साधारण सभा गर्नेछ । सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साना किसान लघुवित्तले पुस २९ गते, कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS