IME Life New

८० % लगानीकर्ताले भने “लकडाउनमा शेयर बजार खोल्नु हुँदैन” !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाली शेयर बजारले पूर्ण स्वचालित अनलाईन कारोवार प्रणाली पाउँन नसक्दा आज लगानीकर्ताले शेयर कारोवार गर्न पाएका छैनन् । सुरुवाती चरणमा धेरै लगानीकर्ताहरुले बजार बन्द गर्ने माग गरे पनि अहिले भने शेयर कारोवार खुलाउनु पर्ने माग कता कता सुनिन थालेको छ।

अब लकडाउनको समय थपिदै जाने अनि शेयर कारोवार त्यही अनुरुप बन्द गर्दै जानपनि ठीक नहुने केही लगानीकर्ताको धारणा छ तर धेरै लगानीकर्ताहरु भने स्वास्थ भन्दा ठूलो शेयर बजार नभएको भन्दै आएका छन् ।

Esewa
Crest

यसै बीच हामीले शेयर बजारको चर्चित फेसबुक ग्रुप SHARE BAZAR (शेयर बजार, बिचार हजार) मा सर्वेक्षण गरेका थियौ। सो ग्रपमा लगानीकर्तालाई सोधिएको प्रश्न यस प्रकार थियो :

लकडाउनको कारणले धेरै समय देखि नेपाली शेयर बजार बन्द छ। कतै कतै शेयर बजार खुलाउनु पर्ने माग पनि आउँदै छ ! लकडाउनमा शेयर बजार खोल्नु हुन्छ की हुँदैन ?

सो सर्वेक्षणमा एक हजार २५ जना लगानीकर्ताले आफ्नो मत दिएका थिए । लकडाउन अवधिमा शेयर बजार खोल्नु हुँदैनमा सर्वाधिक ८२५ मत प्राप्त भएको थियो । जुन कुल मतको ८० दशमलव ४९ प्रतिशत हो।

त्यस्तै लकडाउन अवधिमा थोरै समय कारोवार गराएर भएपनि शेयर बजार खोल्नु पर्छमा १५५ मत प्राप्त भएको थियो। जुन कुल मतको १५ दशमलव १२ प्रतिशत हो।

त्यस्तै लकडाउन अवधिमा पूर्ण रुपमा शेयर बजार खोल्नु पर्छ भन्नेमा ४५ मत प्राप्त भएको थियो जुन कुल मतको ४ दशमलव ३९ प्रतिशत हो।

सर्वेक्षण गरिएको लिंक हेर्न यहाँ क्लिक गर्नुस 

नोट : बैशाख ६ गते दिउँसो ३ बजेर ४५ मिनेटसम्मको मत लिइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS