IME Life New

७५ हजार रूपैयाँ धराैटीमा तारेख बोक्दै प्राधिकरणका पूर्व अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष सूर्य प्रसाद सिलवालसँग विशेष अदालतमा ७५ हजार रूपैयाँ धराैटी बुझाएर तारेखमा रिहा भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान अायोगले भ्रष्टाचारको अभियोगमा सिलवाल विरूद्ध मुद्दा दायर गरेपछि बयानका लागि बिहीबार सिलवाल अदालतमा उपस्थित भएका थिए ।

पहिलो दिनको सिलवालको अदालत समक्ष बयान र थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले धरौटी माग गरेको हो। धरौटी बुझाएर सिलवाल साधारण तारेखमा रिहा भएका छन्।

Esewa
Crest

सिलवालले नेपाली नागरिकतामा जन्म मिति किर्ते गरेको, फरक फरक विवरण पारेर नागरिकता प्राप्ती गरेको र अवैधरूपमा सरकारी तलबभत्ता उपभोग गरेको अभियोगमा आयोगले गत २४ मंसिरमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएलगत्तै उनी पदमुक्त भएका थिए।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्ती अनुसार गृह जिल्ला पर्साको जिल्ला प्रशासन कार्यालयबाट २४ फागुन ०३२ मा जारी नागरिकता प्रमाणपत्रमा उनको उमेर १६ वर्ष उल्लेख छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि प्राप्ती १७ वैशाख ०६६ मा जारी प्रतिलिपिमा जन्म मिति २२ कात्तिक २०१६ उल्लेख गरिएको छ। सिलवालले उच्च शिक्षा अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति १५ साउन २०१५ उल्लेख छ। निजामति किताब खानाको विवरणमा सिलवालको नोकरी तथा वैयक्तिक विवरणमा समेत ट्रान्सक्रिप्टको नै जन्ममिति उल्लेख छ । १५ साउन २०१५ को जन्म मितिका अाधारमा सिलवालले १ साउन २०४३ मा राजपत्रांकित तृतीय श्रेणी ९शाखा अधिकृत० पदमा नियुक्ति लिएका थिए।

५८ वर्षे सेवा अवधिका आधारमा उनले १५ साउन २०७३ मा अनिवार्य अवकाश प्राप्त गरेका थिए। सिलवालले अनिवार्य अवकाश हुनु अघि सेवारत अवस्थामै राहदानीमा फरक जन्म मिति उल्लेख गरेको समेत फेला परेको अख्तियारको दाबी छ।

अख्तियारले सबैभन्दा बढी उमेर देखिने जन्ममितिका आधारमा सिलवालले २०८० सालको १५ साउनमै ६५ वर्षे उमेरहदका कारण नेपाल बीमा प्राधिकरणबाट अवकाश पाउनुपर्ने तर्क गरेको छ। अवकाशको उमेर पछि पनि पदमा बहाल रहेर सरकारी कोषबाट ३६ लाख ६२ हजार १५४ रुपैयाँ दुरूपयोग गरेको भन्दै अख्तिरयारले बिगो र सो बराबर जरिवाना सहित असुल उपर गर्न विशेष अदालत समक्ष माग दाबी पेश गरेको छ।

मुद्दा दायर भएलगत्तै सिलवालको बैंक खाता,शेयर कारोबार, निजी सम्पत्ती लगायत सबै रोक्का गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS