IME Life New

६ महिनाको अवधिमा कतिले बढ्यो वाणिज्य बैंकमा व्याजदर ? (तथ्याङ्क सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैङ्किङ्ग प्रणालीमा तरलातको अभाव संगै व्याज दर पनि निरन्तर वृद्धि हुने ट्रेन्डमा रहेको छ । मंसिर महिना सम्म निरन्तर वृद्धि भएको व्याज दर पुष महिनाका लागि भने बैंकहरुले गरेको भद्र सहमतिका आधारमा व्याज दर वृद्धि नगरेको अवस्था देखिएको छ । निक्षेपको होस् या कर्जाको व्याज दर बढ्दो ट्रेण्डमा रहेको छ ।

Esewa
Crest

२०७८ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५ दशमवल ८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९ दशमवल ०२ प्रतिशत रहेको छ ।

६ महिना अघि सम्म वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर दर ४ दशमलव ८१ प्रतिशत रहेकोमा अहिले वृद्धि भएर ५ दशमवल ८० प्रतिशत पुगेको छ भने ६ महिना अघि सम्म कर्जाको भारित औसत ब्याजदर ८ दशमलव ५३ प्रतिशत रहेकोमा अहिले ९ दशमलव ०२ प्रतिशत पुगेको छ।

तरलता अभावसँगै बैंकहरुले निक्षेपको व्याज वृद्धि गरेर निक्षेप आकर्षण गर्न प्रयास गर्छन भने जसको कारणले आधार व्याज दर वृद्धि हुँदै कर्जाको व्याज दर पनि वृद्धि हुन्छ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ कात्तिकमा शुन्य दशमलव १४ प्रतिशत रहेकोमा २०७८ कात्तिकमा ४ दशमलव ९६ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ कात्तिकमा ७ दशमलव ५७ प्रतिशत रहेकोमा २०७८ कात्तिकमा ७ दशमलव ८२ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS