IME Life New

४० लाख भारु हात पार्न जीवन बीमा गरिदिएर आफ्नै नातेदारको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको कर्नाटक राज्यको प्रशासनिक जिल्ला दाभांगेरेमा फलफूल व्यवसायीको जीवन बीमाको भारु ४० लाख (६४ लाख रुपैयाँ) दाबीका लागि नजिकका नातेदारले हत्या गरेका छन्। गत आइतबार भएको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पीडितका नजिकका आफन्तसहित ४ जनालाई पक्राउ गरेको छ। हत्या गरेको २४ घन्टाभित्रै पक्राउ गरी अदालतले १४ दिनको म्याद दिएको छ।

हत्यामा परेका ३२ वर्षीय दुग्गेश रहेको दावनगढका अतिरिक्त प्रहरी उपरीक्षक विजयकुमार सन्तोषीले बुधबार बताएका छन्। अत्यधिक मदिरा सेवनका कारण उनी बारम्बार बिरामी परेका थिए। उनका नातेदार गणेश (२४ वर्ष)ले यही अवसरलाई सदुपयोग गर्न खोजे। उनले दुग्गेशको नाममा भारु ४० लाखको जीवन बीमा गराइदिए र बीमा पोलिसीको पैसा लिन दुग्गेशको हत्या गर्ने योजना बनाए।

Esewa
Crest

दुग्गेशको स्वास्थ्यमा समस्या आएपछि धेरै दिन बाँच्न नसक्ने सोचमा गणेशले यही अक्टोबर २३ तारेखमा वार्षिक भारु २ लाख ९ हजार तिर्ने गरी जीवन बीमालेख खरिद गरेको प्रहरी अधिकारीले बताए। गणेशले यस बीमाको प्रिमियम तिरे र दुग्गेशकी आमालाई इच्छ्याइएको व्यक्तिका रुपमा मनोनित गराए।

यसैबीच बस स्ट्यान्डनजिकै फलफूल बेच्ने पीडित दुग्गेशलाई यो बीमाबारे जानकारी नभएकाले आफ्नो बैंकिङ कारोबार सञ्चालन गर्ने जिम्मा गणेशलाई दिएका थिए। प्रहरीका अनुसार उनले आफ्ना तर्फबाट कागजातमा हस्ताक्षर गर्नसमेत अनुमति दिएका थिए।

अभियुक्त गणेशले मृतक दुग्गेशकी आमाबाट बीमा दाबी रकम झिक्नका लागि दुईवटा खाली हस्ताक्षरित चेक पनि राखेका थिए। तर, दुग्गेशको मृत्यु नभएको र बीमाको अर्को बीमाशुल्क किस्ता जनवरी २०२५ मा तिर्नुपर्ने भएकोले बीमालेख रद्द हुनेमा गणेश चिन्तित थिए।

यसैबीच गणेशले आफ्ना तीन साथी अनिल (१९), शिवकुमार (२५) र मारुती (२४) सँग मिलेर गत शुक्रबार राति दुग्गेशलाई मदिरालयमा लगेर जबरजस्ती मादकपदार्थ सेवन गराएका थिए। पछि उनीहरुले दुग्गेशलाई सुनसान क्षेत्रमा लगेर रुमालले घाँटी थिचेर हत्या गरेका थिए।

दुग्गेशको हत्यापछि गणेशले अत्याधिक मदिरा सेवनका कारण दुग्गेश ढलेको दाबी गर्दै अपराध ढाकछोप गर्ने प्रयास गरेका थिए। त्यसपछि उनले दुग्गेशलाई अस्पताल पुर्याए, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। तर, दुग्गेशको अनुहारमा शंकास्पद चोट देखेपछि चिकित्सकले अनुसन्धान गर्न प्रहरीलाई सुझाव दिएको थियो।

हत्यामा संलग्न चार अभियुक्तलाई सोमबार (नोभेम्बर ४) पक्राउ गरी बीएनएस धारा १०३ (हत्या) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। स्रोतः इन्स्योरेन्सन्युजबंगला

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS