IME Life New

३५ करोडको अग्राधिकार शेयर जारी गर्ने कामना सेवा विकास बैंकको निर्णय, लाभांश दर ९%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने भएको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ३५ करोड रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ।

आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभाबाट अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्नेछ। यो अग्राधिकार शेयरको लाभांश दर ९ प्रतिशत रहने बैंकले जनाएको छ।

Esewa
Crest

अग्राधिकार संस्थागत लगानीकर्ताले मात्र खरिद गर्न पाउनेछन्। उनीहरुले मुनाफा भएको वर्षमात्र लाभांश पाउनेछन्।

हालै राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS