IME Life New

३२ हजार ४४८ जनाले लिए सहुलियतपूर्ण कर्जा, ६% ब्याजमा ऋण लिएर व्यवसाय गर्ने बढे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा लिनेको संख्या ३२ हजार ४४८ पुगेको छ । नेपाल राष्ट्रय बैंक गत आर्थिक वर्षको देशको वित्तीय अवस्था सार्वजनिक गर्दै प्रकाशित प्रतिवेदनमा गत असार मसान्तसम्ममा सहुलियतपूर्ण कर्जा लिनेको संख्या ह्वात्तै बढेको देखिएको हो ।

राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा कूल ५९ अर्ब ५६ करोड रुपैयाँ सहुलियतपूर्ण रुपमा बैंकहरुबाट कर्जा प्रवाह भएको जनाएको छ । सो मध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २४ हजार ७६३ जना कृषक उद्यमीले ५४ अर्ब ११ करोड रुपैयाँ कर्जा लिएर उद्यम गरिरहेका छन् भने अन्य कर्जा शिर्षकको सहुलियतपूर्ण कर्जा लिनेको संख्या सात हजार ६८५ ऋणी रहेको छ । उनीहरुले पाँच अर्ब ४५ करोड कर्जा उपयोग गरेका छन् ।

Esewa
Crest

सरकारले युवाहरुलाई कृषि तथा अन्य उद्यम गरी स्वदेरोजगार बनाउने उद्देश्यले अघि सारेको कर्जा कार्यक्रम अन्तर्गत बार्षिक ६ प्रतिशत ब्याजदरमा कर्जा पाइन्छ । कृषि आयोजनाहरुमा प्रवाह भएका यस्ता कर्जाबाट मुलुकको कृषि उत्पादन बृद्धि हुनेछ भने विदेश जाने युवा जनशक्ति स्वदेशमै रहनेछन् । सरकारले अघि सारेको सहुलियतपूर्ण कर्जा लिएर व्यवसाय गर्नेहरुको संख्या लगातार बढ्ने क्रममा रहेको देखिएको छ ।

त्यस्तै, २०७७ असार मसान्तसम्ममा बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा सात अर्ब ४९ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । सो अन्तर्गत साधारण पुनरकर्जा ५ अर्ब ८८ करोड र भूकम्प पीडितलाई प्रवाह गरिएको पुनरकर्जा एक अर्ब ६१ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS