IME Life New

३० मिनेट अघि नै काउण्टर बन्द गर्ने सूचना पछि हवाई यात्रुले दिए यस्तो प्रतिकृया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी निजी वायू सेवा कम्पनी श्री एयरलाइन्सले यात्रुलाई उडान हुनु कम्तीमा ३० मिनेट अगावै बोर्डिङ पास लिई सक्न अनुरोध गर्दै सूचना जारी गर्‍यो । यती एयरलाइन्सले पनि उस्तै व्यहोराको सूचना जारी गर्दै २० मिनेट अगावै चेक इन(यात्रु दर्ता) काउण्टर बन्द गर्ने जानकारी दियो।

उडानमा अनावश्यक ढिलासुस्ती हुन नदिने प्रयास स्वरूप वायू सेवा कम्पनीले यस्तो सूचना जारी गरेपछि यात्रु पनि के कम। उनीहरूले पनि दुबै वायू सेवा कम्पनीको फेसबुक पेजमा तातो प्रतिकृया दिएका छन् ।

Esewa
Crest

यती एयरलाइन्सको फेसबुक पेजमा प्रतिकृया दिंदै आभा पोखरेलले पूर्वनिर्धारित तालिकाको उडान हुनु २० मिनेट अघि कि उडान ढिलो उड्नु २० मिनेट अगावै काउण्टर बन्द हुने ?, भन्दै जिज्ञासा राखेकी छिन् । यसैगरी श्री एयरलाइन्सको फेसबुक पेजमा प्रकाशित सूचनामा पनि यात्रुले प्रजय घिमिरेले प्रतिकृया दिंदे भनेका छन्, तोकिएको उडान समय कि वास्तविक(बिलम्ब) उडान समय ?

उडान हुने अन्तिम मिनेटसम्म पनि हस्याङफस्याङ गर्दै विमानस्थलस्थित वायू सेवा कम्पनीको काउण्टर पुग्ने प्रवृत्तीले उडान ढिलो हुन थालेपछि यात्रुसँग यस्तो अनुरोध गर्नु परेको वायू सेवा कम्पनीको दाबी छ।

आन्तरिक उडानमा वायू सेवा कम्पनीले सुरक्षा चेकजाँच, लगेज र यात्रु दर्ताका लागि पर्याप्त समय आवश्यक पर्ने भएकाले कम्तीमा १ घण्टा अगावै विमानस्थल पुग्न सूचना दिंदै आएका छन् । तर कुनै पनि विमानस्थलबाट कुनै पनि गन्तव्यमा पूर्व निर्धारित समयमा उडान नहुने समस्याका कारण आजित यात्रुहरू ढिलो गरी विमानस्थल पुग्ने गरेका छन् ।

त्रिभूवन विमानस्थल कार्यालयले सार्वजनिक गरेको उडान समय तालिका अनुसार बुधबार अपरान्ह पछिका सबै उडान ३० मिनेट देखि २ घण्टा ३० मिनेटसम्म ढिलो गरी उडान भएका छन् । बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्स मध्ये कुनै पनि वायू सेवा कम्पनीको एउटा पनि उडान पूर्व निर्धारित समयमा भएको छैन।

त्रिभूवन विमानस्थल कार्यालयका अनुसार बाक्लो हुस्सु र तुवालोका कारण बुधबार दिनभर तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा, सुर्खेत र धनगढी विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरणका लागि एउटा मात्र धावन मार्ग भएकाले कुनै एउटा उडान ढिला भएलगत्तै त्यसको प्रत्यक्ष प्रभाव बाँकी सबै जहाजको उडान र अवतरणमा पर्छ। काठमाडाैंको माइती घर मण्डलामा कुनै प्रदर्शन हुँदा बानेश्वर चोकदेखि रत्नपार्क, त्रिपुरेश्वर देखि पुलचोकसम्मको सवारी आवागमन प्रभावित भए झैं त्रिभूवन विमास्थलमा एउटा उडानको समय गडबड हुँदा देशैभरका आन्तरिक विमानस्थलबाट हुने उडानको समय तालिका प्रभावित हुन पुग्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS