IME Life New

३० प्रतिशत बजार हिस्सा सहित नेपाल लाईफ पहिलो स्थानमा, अरुको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म नयाँ तथा पुराना जीवन बीमा कम्पनीहरुले ५० अर्ब १५ करोड खुद बीमा शुल्क आर्जन गरेको छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी संचालनमा रहेकोमा सबै भन्दा धेरै बजार हिस्सा नेपाल लाईफ इन्स्योरेन्सको रहेको छ। नेपाल लाईफले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५ अर्ब १९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। नेपाल लाईफको यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्मको खुद बीमा शुल्क आर्जन रकमको आधारमा बजार हिस्सा ३० दशमलव २९ प्रतिशत रहेको छ ।

नेपाल लाईफ पछि सबै भन्दा धेरै बजार हिस्सा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको रहेको छ। लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८ अर्ब ७९ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा कम्पनीको यस आर्थिक वर्षको बजार हिस्सा १७ दशमलव ५३ प्रतिशत रहेको छ ।

नयाँ जीवन बीमा कम्पनीक रुपमा उदय भएको युनियन लाईफ इन्स्योरेन्सले यस चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म दुई पुराना जीवन बीमा कम्पनीलाई उछिनेको छ । यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म युनियन लाईफको बजार हिस्सा ३ दशमलव २५ प्रतिशत रहेको छ भने पुराना जीवन बीमा कम्पनी मध्यका सूर्या लाईफ इन्स्योरेन्स र गुराँस लाईफ इन्स्योरेन्सको बजार हिस्सा क्रमश २ दशमलव ९८ प्रतिशत र २ दशमलव २३ प्रतिशत रहेको छ ।

Esewa
Crest

सबै भन्दा थोरै बजार हिस्सा भएको जीवन बीमा कम्पनीमा महालक्ष्मी लाईफ इन्स्योरेन्स पर्दछ ।महालक्ष्मी लाईफ इन्स्योरेन्सको बजार हिस्सा ० दशमलव ०७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS